Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

छैटौं ‘लडाइँ’मा माओवादी भर

\"\"‘युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता (पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री) झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’ खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् । जिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरिदिएपछि के चाहियो ? ‘यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो,’ खनालले छैटौं पटक प्रतिनिधिसभाका लागि टिकट लिँदाको अनुभव सुनाए । खनालले विगतमा जस्तो चुनौती यो निर्वाचनमा महसुस गरेका छैनन् । माओवादी साथ पाएकाले उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् जति पहिले जितेका चुनावमा पनि हुँदैनथे । ‘विगतभन्दा यस पटक मतदाताले गहिरो माया दिनुभएको छ,’ फिक्कल नगरपालिका बौद्ध धाममा भेटिएका खनालले भने, ‘त्यसकारण मलाई झन् सहज भएको छ ।’ एमाले र माओवादीबीच चुनावी गठबन्धनबाट हौस्याएका छन् उनी । कांग्रेसका पुराना कार्यकर्ता भूपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा उत्रिएका खनालको यो प्रतिनिधिसभाका लागि छैटौं प्रतिस्पर्धा हो । इलाम १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका खनालले कार्यकर्ताको आरोप र गुनासो उत्तिकै झेलिरहेका छन् । तिनै गुनासालाई कांग्रेसका उम्मेदवारले मुद्दा बनाएका छन् । कांग्रेस उम्मेदवार कट्टेलले करिब ३० वर्ष राजनीति गरेर पनि खनालले काम नगरेको आरोप लगाए । ‘उहाँ (खनाल) प्रधानमन्त्री भए पनि यो क्षेत्रमा खासै काम गर्नुभएको छ्रैन, त्यसकारण यो क्षेत्रमा नयाँ जनप्रतिनिधि आवश्यक परेको छ,’ उनले भने, ‘३० वर्षसम्म एउटै व्यक्ति उम्मेदवार हुनु निरंकुश शैली हो ।’ खनाल भने यो मान्न तयार छैनन् । यसबीच इलामले धेरै विकास र प्रगति गरेको दाबी गर्दै उनले त्यसलाई पूर्णता दिन बाँकी रहेको सुनाए । ‘कृषिलाई आधुनिकीकरण, सडकको विस्तारलगायत कामलाई पूर्णता दिन फेरि निर्वाचित हुुनुपरेको हो । जनताका गुनासा भए सम्बोधन हुँदै जान्छन् ।’ कांग्रेस उम्मेदवार कट्टेल सूर्योदय नगरपालिका फिक्कलका पुराना कांग्रेस कार्यकर्ता हुन् । २०४३ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बनेका उनले वामपन्थी उम्मेदवार खनालसँग आफ्नो दह्रो प्रतिस्पर्धा हुने बताए । प्रचारप्रसारलाई तीव्रता दिने तयारीमा फिक्कलमा भेटिएका कट्टेलले आफू जनताको सेवाका लागि राजनीतिमा लागेको बताए । ‘प्रतिस्पर्धामा हेबिवेट भन्ने हुँदैन, उहाँ (खनाल) एमालेका ठूलो नेता हो, मेरो प्रतिस्पर्धी मात्र हो,’ उनले भने । निर्वाचनको मिति तोकिनासाथ उनले इलाम १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने प्रचार गरे । जब कि एमाले नेता खनालले यही क्षेत्रबाट पुन: प्रतिस्पर्धा गर्ने टुंगो लागिसकेको थियो । कट्टेलको चाहनाबमोजिम नै पार्टीले उनलाई वाम गठबन्धनविरुद्ध उम्मेदवार तोक्यो । बहुदल आएपछिका सबै निर्वाचनमा उनले उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । हालसम्म यो क्षेत्रबाट एक पटक मात्र पराजित खनाल दुई पटकको संविधानसभा निर्वाचनसहित चार पटक विजयी भएका छन् । खनालले ०४८, ०५१, ०६४ र ०७० सालमा यो क्षेत्रबाट जितेका हुन् । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । ‘एक पटक खुट्टा जिप्टियो, मेरो लापरबाही पनि भयो,’ उनले पराजित भएको चुनाव सम्झँदै भने । मतदाताको अपेक्षाअनुसार आफ्नो क्षेत्रमा नआएको आरोप उनीमाथि छ । ‘मतदाताको चाहनाअनुसार सधैं आउन सकिँदैन, तर यहाँका मतदाता शिक्षित छन् । कुरा बुझ्छन्,’ उनले भने । माओवादी केन्द्रका जिल्ला कार्यवाहक इन्चार्ज कान्छा लावतीले गठबन्धनभित्र अन्तरघात नहुने दाबी गरे । ‘जनमतका आधारमा एक मात्र प्रदेशसभा टिकट पाएका हौं,’ उनले भने, ‘कुनै अन्तरघात हुँदैन । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा नयाँ प्रावधानअनुसार प्रतिनिधिसभामा दुई क्षेत्र कायम छन् । पछिल्लो संरचनाअनुसार इलाम १ मा माई र सूर्योदय नगरपालिकासहित रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिका छन् । स्थानीय तहमा रोङ गाउँपालिकाबाहेक एमालेले जितेको छ । एक गाउँपालिका कांग्रेसले जितेको छ । साविक १ नम्बर क्षेत्रमा कांग्रेसका पूर्वसभापतिसमेत रहेका कट्टेल चिया उत्पादक हुन् । ‘म पञ्चायतकालदेखि नै प्रजातन्त्रका लागि लडेको हुँ, अझै लडदैछु,’ उनले सुनाए । एमाले पूर्वअध्यक्ष एवं प्रधानमन्त्री खनाल ०३२ सालमा २० वर्षको उमेरमा जेल परेका थिए । कम्युनिस्ट पार्टी विस्तारको सिलसिलामा उनले बागलुङमा शिक्षण पेसा अंगालेका थिए । ०३२ सालमा उनीसहित ७ नेता मिलेर कम्युनिस्ट कोअर्डिनेसन गठन गरेका थिए । ०३९ सालमा ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव भए खनाल । ०४६ सम्म उनी महासचिवकै भूमिकामा रहे । ०६५ फागुनमा उनी एमाले पार्टी अध्यक्ष निर्वाचित भएका थिए । खनाल माओवादीको समर्थनमा ०६७ माघमा प्रधानमन्त्री निर्वाचित भएका थिए । ‘देउवाको सद्भाव’ सबै दलका शीर्ष नेतालाई जिताउन आपसी तालमेल मिलाउने समझदारी भएको चर्चा चलिरहेका बेला खनालले कांग्रेस सभापति शेरबहादुर देउवाको सद्भाव आफूलाई भएको बताए । ‘देउवाजीको मलाई सद्भाव छ, मेरो सद्भाव उहाँलाई छ,’ उनले भने, ‘तर निर्वाचनमा हामीबीच प्रतिस्पर्धा छ ।’ एमाले र माओवादीबीच गठबन्धनको अन्तर्घातको सम्भावना नभएको उनले बताए । ‘दुई पार्टी फरक पृष्ठभूमिबाट आएका हुन्, कार्यकर्ताबीच केही समस्या भए पनि समाधान हुँदै आएको छ,’ उनले भने, ‘तालमेल मजाले मिलेको छ, यसको भविष्य सुन्दर छ ।’ उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउने अभियान पनि सुरु भइसकेको बताए । ‘प्रचण्डजी जित्नुहुन्छ, त्यसमा शंका छैन,’ उनले भने । ‘पार्टी एकीकरण हुन्छ’ पूर्वप्रधानमन्त्री खनालले एमाले र माओवादीबीच पार्टी एकता हुने दाबी गरे । चुनावी तालमेलले पार्टी एकताका लागि वातावरण बनाएको उनको भनाइ छ । ‘पार्टी एकता हुन्छ,’ खनालले भने, ‘चुनाव सकिनेबित्तिकै प्रक्रिया सुरु हुन्छ ।’ अलगअलग पृष्ठभूमिबाट आएका पार्टी भएकाले एकीकरणका लागि सैद्धान्तिक छलफल सुरु हुने बताए । चुनावी तालमेलका लागि दुई दलबीच ६० र ४० प्रतिशतका आधारमा सही ढंगले सिट विभाजन भएकाले एकीकरणका लागि वातावरण बनेको उनले बताए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE