तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् ।
स्थानीय ऋषिराम थापाले पालेका ६ वटामध्ये पाँच वटा मरेका हुन् । करिब रु डेढ लाख मूल्य बराबरको पशुधनको क्षति भएको ऋषिङ गापा पशु शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक पूजा खड्काले जानकारी दिए।
उनका अनुसार ऋषिङ गाउँपालिका विभिन्न वडामा बिरामी भएका ९ वटा बङ्गुरमध्ये पाँच वटा मरिसकेको र चार वटा बिरामी रहेकाले पशुमा देखिएको लक्षणअनुरुप उपचार गरिएको छ ।
“ऋषिङ गाउँपालिकाका वडा नम्बर २, ४ र ७ मा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका छन्,” उनले भने, “भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीमा ‘र्यायापिड टेस्ट’मा पोजेटिभ देखिएको छ ।” मरेका बङ्गुरका नमूना सङ्कलन गरी थप पुष्टि गर्न पोखरा प्रयोगशालामा पठाउन लागिएको सो कार्यालयले जनाएको छ ।
किसानले कहाँबाट बङ्गुरका पाठापाठी ल्याइका हुन्, त्यस विषयमा परामर्श गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख रविन्सन अधिकारीले बताए ।
उनले भने, “अफ्रिकन स्वाइन फिभर बङ्गुरहरूमा लाग्ने अत्यन्तै घातक भाइरल रोग हो, जुन रोगको हालसम्म कुनै उपचार वा भ्याक्सिन उपलब्ध छैन ।”
उक्त रोगले आक्रमण गर्दा बङ्गुरमा ज्वरो आउने, रातो धब्बा देखिने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छ । यस भाइरसबाट बच्न जैविक सुरक्षा अपनाउनु नै मुख्य उपाय मानिन्छ ।
फार्ममा अनावश्यक मानिस, सवारीसाधन, जनावरहरूको प्रवेश निषेध गर्ने, फार्म छिर्नु अघि जुत्ता–चप्पल सफा गर्ने र बेला बेलामा कीटाणुनाशक औषधि प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - ०९:०२
काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्य कीर्तिमान स्तरमा बढेर अहिले ओरालो लाग्न सुरु भएको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महा...
माघ २१ गते, २०८२ - ०८:५८
बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरह...
माघ २१ गते, २०८२ - ०८:५३
काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा नागरिकका विवरणलाई बैंकिङ, सामाजिक सुरक्षा, बिमा र सरकारी सेवासँग जोड्दै ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्ने क्रम बढे...
माघ २१ गते, २०८२ - ०८:५०
भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धु...
माघ २१ गते, २०८२ - ०८:२५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...
माघ २१ गते, २०८२ - ०८:११
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...
माघ २१ गते, २०८२ - ०८:०३
म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...
माघ २१ गते, २०८२ - ०७:५५
तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...
माघ २१ गते, २०८२ - ०७:५३
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...
माघ २१ गते, २०८२ - ०७:४८
बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...



प्रतिकृया लेख्नुहोस्: