Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अन्ततः चुनावको मुखैमा एमाले-माअोवादीको वाम गठबन्धन टुट्यो

\"\"काठमाडाैं । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो । बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो । अाजको अन्नपूर्णमा खबर छ-बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो । एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन् । एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए । ‘आइतबार एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटेको घोषणा गरेका छौं\', उनले भने, ‘एमालेले षडयन्त्र गर्‍यो।\' वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो । क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो । गठबन्धनले क्षेत्र नं १ का तीनै उम्मेदवारले माओवादीको चुनाव चिह्न र क्षेत्र नं २ मा एमालेको निर्वाचन चिह्न लिएर चुनाव लड्ने सहमतिसमेत गरेका छन् । यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन् । उक्त प्रदेशमा एमालेको वागी उम्मेदवार भए पनि पार्टीले वाम गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ थियो । उक्त प्रदेशमा एमालेकै अर्का नेताले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE