Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

समृद्ध नेपाल मेरो परिकल्पना होः प्रचण्ड

\"\"काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का उम्मेद्वार प्रचण्डले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले चितवन ३ बाट उम्मेद्वारी दिएको बताएका छन् । आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित प्रचण्ड विजय अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले भने “मलाई धेरै जिल्लाका साथीहरुले हाम्रो जिल्लाबाट चुनाव लड्नुपर्यो भनेर अनुरोध गर्नुभएको थियो । तर, मैले यसपटक चितवनबाटै चुनाव लड्ने अठोटका साथ आएको छु । म चुनाव जित्न मात्रै चितवन आएको होइन, चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन तपाईहरुको बीचमा आएको छु ।” “अब चितवनका सबै सडकहरु कालोपत्रे हुनेछन्, चितवनका सुकुम्बासीका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ” अध्यक्ष प्रचण्डले भन्नुभयो, “जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न, नारायणी र राप्तीमा तटबन्ध गर्न, सबै सडकहरुलाई कालोपत्रे गर्न हामीले विशेष पहल गर्नेछौं । नारायणी र राप्तीमा तटबन्ध गरी रिङ्गरोड बनाएर चितवनको पर्यटकीय विकास गरिनेछ । पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिनेछ । समृद्ध चितवनको निर्माण हाम्रो सपना हो ।” कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले राष्ट्रिय स्वार्थसामू व्यक्तिगत स्वार्थ प्रमूख हुन नसक्ने बताए । नेता ज्ञवालीले भन्नुभयो, “कतिपयले मलाई अस्तिको कुरा बिर्सिस् भनेर सोध्नुहुन्छ । हो मैले अस्तिको कुरा बिर्सें । राष्ट्रिय हितका सामू मेरो व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना सार्थक पार्न प्रचण्डको जीत अनिवार्य छ ।” कार्यक्रममा शनिबार माओवादी प्रवेश गरेका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले प्रचण्डको विजयका लागि आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “बरु प्रचण्डलाई चितवन जरुरी नपर्ला । तर, चितवनलाई प्रचण्ड जरुरी छ । मैले माटो मूठीमा लिएर चितवनको विकास सोचें, समृद्धि सोचें । प्रचण्डको जीतले मात्रै चितवनको विकास सम्भव देखेर माओवादी केन्द्रमा आएको छु । हामीले प्रचण्डलाई कम्तिमा २० हजारको मत अन्तरले विजय बनाएर देखाउने छौं ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE