Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

वाम गठबन्धनको घोषणापत्रः सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइने

\"\"काठमाडौं । वाम गठबन्धनले विद्यमान सामाजिक सुरक्षाभत्तालाई मासिक पाँच हजार पु¥याउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले तयार पारेको घोषणापत्रमा विद्यमान सामाजिक सुरक्षा भत्तालाई रु तीन हजारले वृद्धि गरी रु पाँच हजार पु¥याउने लक्ष्य राखेको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गर्नु भएको मासिक रु १०० बराबरको सामाजिक सुरक्षा भत्तालाई त्यसपछिका सबै सरकारले वृद्धि गर्दै लगेका छन् । वृद्ध वृद्धालाई सामाजिक सुरक्षा भक्ताले जिउने आधार प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ताको प्रणेताका रुपमा लिइने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारको अर्थमन्त्री समेत रहनुभएका भरतमोहन अधिकारी सामाजिक सुरक्षा भक्ता नै जेष्ठ नागरिकको जिउने आधारको रुपमा रहेको बताउछन् । उनले ‘जेष्ठ नागरिकलाई ६० वर्ष पुगेपछि गोली हानेर मार्छन्’ भन्ने भ्रम हटाउन सुरु गरिएको सामाजिक सुरक्षा भत्ता आज राज्यको दायित्वको रुपमा विकास भएको र कुनै पनि सरकारले खारेज गर्न नसक्ने उल्लेख गरे । वामपन्थी गठबन्धनले ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । योगदानमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रमका माध्यमबाट सङ्गठित क्षेत्रमा कार्यरत सबै श्रमिक तथा कर्मचारीहरूको स्वास्थ्य, शिक्षा, निवृत्तीभरणको पूर्ति गर्ने लक्ष्य राखिएको छ । हाल सञ्चालनमा रहेको समाजिक सुरक्षा कोषलाई जीवनोपयोगी कार्यमा लगाउने र श्रमिकको हितलाई विशेष ध्यान दिइने उल्लेख गरिएको छ । हाल कोषमा रु १० अर्ब रकम जम्मा भएको छ । कोषको रकमलाई आर्थिक उपार्जनमा लगाउने र सामाजिक दायित्वलाई परिपूर्ति गर्ने समेत लक्ष्य राखिएको छ । एकीकृत सामाजिक सुरक्षा प्रणालीका लागि आवश्यक ऐन र संयन्त्र निर्माण गर्ने, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ रु ५ हजार भत्ता र रोजगारमा सङ्लग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिइने वाम गठबन्धनको घोषणापत्रमा समावेश छ । गर्भवती महिला र गर्भमा रहेको शिशुको नियमित स्वास्थ्य परिक्षण, उपचार, पोषण र संरक्षणको विशेष व्यवस्था गर्ने, गर्भवतिलाई उनको इच्छा विपरित बयान दिन बाध्य नगराउने, बालबालिकाको जन्मदर्ता, प्रारम्भिक बालविकास, शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन, मानसिक तथा प्रजनन् स्वास्थ्य, तथा सर्वाङ्गीण व्यक्तित्व विकासको निम्ति आवश्यक व्यवस्था गर्ने विषयलाई घोषणापत्रमा समावेश छ । जोखिमपूर्ण श्रम, बालश्रम, विभेद, बलात्कार, यौन शोषण, बालविवाह र मानव ओसारपसार तथा बेचबिखनलाई नियन्त्रण तथा उन्मूलन गर्ने, त्यस्ता अपराधमा लाग्नेलाई कडा कानूनी कारवाही गर्ने, पीडितलाई क्षतिपूर्ति दिने कानूनी व्यवस्था गर्नेछ । बालबालिकाको सर्वोपरी हितका लागि बालमैत्री घर, समाज, विद्यालय, उद्यान, समुदाय तथा बालमैत्री स्थानीय तह निर्माण गरिनेछ । असहाय बालबालिकालाई निःशुल्क आवासको व्यवस्था गर्ने कार्यक्रमलाई जोड दिएको छ । राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउन मिल्दैन– काँग्रेस उता नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा अल्पकालीन राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउने गरी जथाभावी वितरणमुखी कार्यक्रम ल्याउन नहुनेमा जोड दिएको छ । उसले राज्यको राजस्व, नागरिकको योगदान, संस्थागत कोषहरु र नवीन वित्तीय उपकरणले धान्न सम्भव भएसम्म राज्य जनताप्रति जिम्मेवार र सहयोगी बन्नुपर्नेमा जोड दिएको छ । काँग्रेसले गरिबका लागि १०० दिनको रोजगारी, एकल महिला, अपांग र सीमान्तकृत समुदायलगायतका लागि निःर्शत नगद हस्तान्तरण, जेष्ठ नागरिक भक्ता र सेवा आश्रम सञ्चालन गर्ने विषय समावेश गरेको छ । दलित र कर्णालीमा ६० वर्ष उमेर पुगेका, सबै महिलालाई ६५ वर्षपछि र बाँकी पुरुषलाई ७० वर्षपछि समाजिक सुरक्षा भक्ता दिने जनाएको छ । तर कति रकम त्यस्तो सामाजिक सुरक्षा भक्तामा खर्च गर्ने भन्नेमा काँग्रेसको घोषणापत्रमा प्रष्ट व्यवस्था गरिएको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE