Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कास्कीमा १९ दल र १०० उम्मेदवार चुनावी मैदानमा

\"\"पोखरा । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा विभिन्न १९ राजनीतिक दल र स्वतन्त्र गरी १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस ९बिपी०, देशभक्त गणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नेकपा माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा ९माले०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी, राप्रपा र राप्रपा का उम्मेदवारले उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (ख), २ (क) र ३ (ख) मा, माओवादी केन्द्रले प्रदेशसभा १ (क), २ (ख) र ३ (क) मा नेपाल दलित पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), २ (ख) ३ (क) र (ख), विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), (ख), २ (क), ३ (क) र (ख)मा उम्मेदवारी दिएका छन् । त्यस्तै, राप्रपाले प्रदेशसभा १ (क), (ख), २ (क), (ख), ३ (क) र (ख), नेपाली काँग्रेस (बिपी )ले प्रतिनिधिसभा १, राप्रपा (प्र), ले प्रदेश १ (क) र २ (ख), जनसमाजवादी पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ३ (क), नेकपा मालेले प्रतिनिधिसभा २, एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रतिनिधिसभा १, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा १ र २, प्रदेशसभा १ (क), २ (क), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा २, देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क) र (ख), आमूल परिवर्तन मसिहा पार्टीले प्रतिनिधिसभा १ र प्रदेशसभा १ (ख) मा उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिएकामा प्रदेश नं १ (क) का स्वतन्त्र उम्मेदवार टीकाराम पंगेनीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि अब चार जना स्वतन्त्र उम्मेदवार मात्रै चुनावी मैदानमा छन् । रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE