Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सप्तरीमा बागीको बिगबिगी, दाजुविरुद्ध आफ्नै भाइ चुनावी प्रतिस्पर्धामा

\"\"राजविराज । अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रमा पूर्वमन्त्री उमेश यादवले उम्मेदवारी दिनुभएकामा उनीविरुद्ध मोओवादीकै मजदुर नेता केदार देव प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नं १ को (क) बाट प्रदेशसभाको उम्मेदवार बनाए पनि उाीविरुद्ध एमालेकै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिनुभएको हो । खतिवडा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वतमान अध्यक्षसमेत रहेका छन् । त्यस्तै राजपाबाट माओवादीमा प्रवेश गर्नुभएका शशि यादवलाई क्षेत्र नं ४ को (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले वागी उम्मेदवारी दिएका छन् । राजपाका महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं क्षेत्रको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेपछि उनीविरुद्ध पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले वागी उम्मेदवार बनेका छन् । सुमनविरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिएका छन् । यादव यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदमा राजपाका शम्भु यादवसँग पराजित भएका थिए। त्यसैगरी राजपा र फोरम गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साहविरुद्ध पनि वागी उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेशसभा (ख)बाट उम्मेदवारी दिनुभएका राजपाका केन्द्रीय उपाध्यक्ष साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा उम्मेदबार बनेको उक्त कार्यालयले जनाएको छ । यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका राजपाका नेता मृगेन्द्रसिंह यादवविरुद्ध उनकै आफ्नै भाइ फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध सिंह यादवले उम्मेदवारी दर्ता गराएका छन्। राजपा फोरम गठबन्धनबाट क्षेत्र नं ३ को (ख)बाट उम्मेदवारी दिनुभएका विन्देश्वर यादवविरुद्ध फोरम नेपालले वागी उम्मेदवार उभ्याएको छ । यादवविरुद्ध फोरम नेपालले जिल्ला सचिव उपेन्द्र यादवलाई वागी उम्मेदवार बनाएको हो । अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको चार वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना र आठ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE