Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

खुला दिसामुक्त क्षेत्र बनाउने अभियान असफल

\"\"भद्रपुर । झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान सफल नहुने लक्षण देखिएको छ । आव २०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकारको योजना झापामा सफल हुन नसक्ने देखिएको हो । पन्ध्र स्थानीय तह रहेको झापामा कार्यक्रम लागू भएको पाँचवर्षीय अवधिमा आठ स्थानीय तह मात्र खुला दिसामुक्त भएको कागजी विवरण झापा जिल्ला सरसफाइ समितिमा देखिन्छ । सरकारले स्थानीय तहमार्फत चर्पी नभएका घरधुरीलाई सेवा सुविधा नदिने घोषणा गरे पनि राजनीतिक हस्तक्षेप र नियम पालनामा स्थानीय तहका नेतृत्वकर्ता असफल हुँदा अभियानमा सफलता हात नपरेको दातृ निकायका प्रतिनिधि बताउँछन् । सदरमुकाम समेत रहेको भद्रपुर नगरमा मात्र दुई हजार ५७० घरधुरी चर्पीविहीन छन् । आदिवासी जनजातिको बाहुल्य रहेको भद्रपुर नगरमा राजवंशी, गन्गाईलगायत समुदायका ४० प्रतिशतभन्दा बढी घरधुरीमा शौचालय छैनन् । सो समुदायका व्यक्ति आर्थिक रुपमा कमजोर, सुकुम्वासी र परम्परागत सोचका कारण शौचालय निर्माणमा ध्यान नदिँदा खुला दिसामुक्त अभियान असफल भएको हो । भद्रपुर नगरका साविक पृथ्वीनगर र महेशपुर बढी शौचालय नभएका ग्रामीण बस्ती क्षेत्र हुन् भने साविक भद्रपुर १, २, ३, ४ पनि शौचालय नहुने समुदायको बस्ती बाक्लो भएको क्षेत्रमा पर्छन् । साविक चन्द्रगढीका सुकुमबासी बस्ती पनि चुनौतीका रुपमा रहेको पाइएको छ । शौचालय बनाउन आनकान गर्ने, अनुदानको मात्र भर पर्ने, आफ्नो जग्गा नहुने, अर्काको जग्गामा बसोबास गर्ने जस्ता कारण मुख्य चुनौती रहेको खुला दिसामुक्त भद्रपुरका कार्यक्रम अधिकृत फणीन्द्र दाहालको भनाइ छ । महेशपुरस्थित बुधकरण टी स्टेटले राखेका मजदुरलाई सञ्चालकले चर्पी बनाउन नदिँदा साविक महेशपुरमा ५० प्रतिशत हाराहारीमा चर्पी निर्माण हुन नसकेको तथ्य झापा जिल्ला सरसफाइ समितिका फोकल पर्सन रुद्रबहादुर न्यौपानेले बताए। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE