Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

एमालेले बागी उम्मेदवारलाई दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

\"\"काठमाडौं । नेकपा एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै पार्टी निर्दैशन नमान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अनुशासन आयोगले एक विज्ञप्ति जारी गर्दै आ–आफ्ना असन्तुष्टि र गुनासो पार्टीमा राख्न पाउने व्यवस्था विधानमा उल्लेख रहेको भन्दै पार्टी विधानको पालना र सम्मान नगरे आयोग अन्तिम निर्णयमा जान बाध्य हुने बताएको छ । ‘पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिउको छ, ‘अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं’,। विज्ञप्ति मार्फत एमालेले बागी उम्मेदवारीले विपक्षीहरूलाई फाइदा पुग्ने भन्दै पाटी हितलाई मनन गर्न आम कार्यकर्ता र सदस्यहरुलाई आग्रह समेत गरेको छ । प्रेस वक्तव्य यतिखेर मुलुक आम निर्वाचनको ऐतिहासिक प्रक्रियामा छ । आम मतदाता, पार्टीका नेता, कार्यकर्ताहरू निर्वाचनको विभिन्न कार्यमा उत्साहका साथ सहभागी भइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक क्षण हो । यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण शक्ति एकताबद्ध भई लाग्न पार्टीको अनुशासन आयोग सबैसँग हार्दिक आग्रह गर्दछ । हामी अहिले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा छौं । एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ । पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्दा कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ । तसर्थ निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले) संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी हो । सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई आफू सम्बन्धित पार्टीमा राख्न पाउने हाम्रो विधानको व्यवस्था छ । पार्टीले पनि सबैको कुरालाई धैर्यताका साथ सुनिदिनुपर्दछ । पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं । हाम्रो पार्टी चौतर्फी चुनौतीको दृढतापूर्वक सामना गर्दै निर्वाचनमा अघि बढेको छ । यस्तो स्थितिमा निर्वाचनमा विजयको निमित्त सबैको एकताको खाँचो आवश्यक हुन्छ । त्यसैले संविधानको मर्म र भावना अनुसार समृद्ध समाजवादी समाज निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्ने कार्यमा उत्साह र गतिका साथ एकताबद्ध भई निर्भयताका साथ संयुक्त वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा निर्वाचन कार्यमा सहभागी बनौं । हाम्रो केन्द्रीय अनुशासन आयोग सबैसँग यही अनुरोध गर्दछ । अमृतकुमार बोहरा अध्यक्ष, केन्द्रीय अनुशासन अायाेग
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE