Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

रोमाञ्चक बन्दै ३ नम्बर प्रदेशको चुनावः यसकारण केन्द्रकै झल्को दिदैंछ

\"\"काठमाडौं । पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् ।प्रदेशसभामा ‘हेभीवेट\' को बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्कल काटिन थालेको छ । पूर्वमन्त्री एवं एमाले नेता पाण्डे ०४८ सालदेखि (०६४ को संविधानसभा) बाहेक संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेको भावी मुख्यमन्त्रीका रूपमा समेत चर्चा गर्न थालिएको छ । अाजको अन्नपूर्णमा खबर छ-तर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, सानु श्रेष्ठ पनि प्रदेशसभाको उम्मेदवार बनेकाले एमालेले मुख्यमन्त्री कसलाई बनाउँछ भनेर सहज अनुमान लगाउन गाह्रो छ । काठमाडौं ९ बाट उपाध्यक्ष शाक्य उम्मेदवार बन्ने चर्चा चले पनि शाक्यले अन्तिम समयमा प्रदेशसभामा जाने निर्णय गरेकी थिइन् । दोलखाबाट प्रदेशसभामा उम्मेदवार बनेका चौलागार्इं र काठमाडौंबाट उम्मेदवार बनेका श्रेष्ठ पनि भावी मुख्यमन्त्रीको चर्चामा छन् । ‘प्रतिनिधिसभा जत्तिकै प्रदेशसभालाई हामी संसदीय अभ्यासको राम्रो स्थल बनाउनेछौं,\' एमाले नेता पाण्डेले भने, ‘३ नम्बर प्रदेशको विकास निर्माणका लागि नीति र योजना बनाउने तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका हुनेछ । जनताले संघीयताको वास्तविक अनुभव र उपभोगको उदाहरणीय काम गर्ने अठोट छ ।\' स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा एमालेको पक्षमा राम्रो नतिजा आएको र माओवादीसँगको गठबन्धनपछि ३ नम्बर प्रदेशमा एमालेको पक्षमा नतिजा आउने भन्दै प्रदेशसभामा गएका सबै ‘हेभीवेट\'लाई मुख्यमन्त्री भन्दै उनीहरू निकटले चर्चा चलाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ (क) को प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको भीडमा स्थापित पनि चर्चामा छन् । कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे काभ्रे र पूर्वसांसद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौंबाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । संसद्को अनुभव र अभ्यासका कारण कांग्रेसले यी दुईमध्ये एक जनालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने अनुमान गरिएको छ । ‘केन्द्रीय संसद्ले नीति बनाउने हो । तर, त्यसको वास्तविक कार्यान्वयन गर्ने काम प्रदेशको हुनेछ\', कांग्रेसका वादेले भने, ‘३ नम्बरको विकासका लागि प्रदेशसभाको महत्व दर्शाउनेछौं ।\' माओवादी केन्द्रका अधिकांश पूर्वसांसद प्रदेशसभाको उम्मेदवार बनेका छन् । कृषिराज्यमन्त्री एवं माओवादी केन्द्रकी पूर्वसांसद राधिका तामाङ नुवाकोटबाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकी छन् । ‘एकताका मजदुर नेताका रूपमा तहल्का मच्चाएका\' माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका पूर्वसांसद कुमारी मोक्तान मकवानपुरको १ नम्बर क्षेत्रको (क) र राजकाजी महर्जन ललितपुरको ३ नम्बरको (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । माओवादी केन्द्रकी निवर्तमान सांसद तामाङ पनि प्रदेशसभामा खारिएका व्यक्तिहरूको उपस्थितिले प्रदेशसभाको गरिमा उचो हुने बताउँछिन् । एमालेका निवर्तमान सांसदद्वय रामेश्वर फुँयाल काठमाडौं ३ को (ख) तथा राजाराम स्याङतान मकवानपुर २ नम्बर क्षेत्रको (ख) बाट उम्मेदवार बनेका छन् । फुँयाल र स्याङतानले ०७० को संविधानसभामा प्रत्यक्षतर्फ जितेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE