Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले

\"\"काठमाडाैं । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । अाजको नयाँ पत्रिकामा खबर छ-अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलनसम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाबसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ । प्रतिवेदनले देखाएको लापरबाहीका घटना दक्ष चिकित्सकले उपचार नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापरबाही हुने गरेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । बिरामीसँग डाक्टरले उचित राय, परामर्श र छलफल नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाहीका घटना हुने गरेका छन् । प्रतिवेदनका अनुसार नेपालमा ८० प्रतिशत डाक्टरले बिरामीसँग कसरी कुुरा गर्ने भन्ने समेत जान्दैनन् । चिकित्सकीय लाहपरबाहीको वर्गीकरण  देवानी प्रकृतिको लापरबाही देवानी प्रकृतिको लाहपरबाही भन्नाले बिरामीलाई परेको हानि–नोक्सानीलाई क्षतिपूर्तिमार्फत परिपूरण गर्न सकिन्छ । मूलतः चिकित्सकीय लापरबाही देवानी प्रकृतिकै हुन्छन् । फौजदारी प्रकृतिको लापरबाही फौजदारी प्रकृतिका लापरबाहीमा चिकित्सक वा स्वास्थ्यकर्मीले बद्नियत चिताई त्यस्तो हानि गराउँछ वा चरम बेवास्ता वा लापरबाहीका कारण बिरामी मर्ने वा अंगभंगलगायत गम्भीर क्षति पुगेको हुन्छ । यसप्रकारको लापरबाही क्षतिपूर्ति मात्रले परिपूरण हुँदैन र अभियोजनको विषयवस्तु बन्छ । चिकित्सा व्यवसायमा यस्ता लापरबाही अत्यन्त न्यून संख्यामा पाइन्छन्। चरम लापरबाही चरम लापरबाही भन्नाले त्यस्ता चिकित्सकीय कार्य हुन्, जसमा बिरामीलाई त्यस्ता कार्यहरूले गम्भीर नकारात्मक असर पर्छ भन्ने जानीजानी वा जान्नुपर्ने मनासिव आधार हुँदाहुँदै पनि चिकित्सकले लापरबाही वा बेवास्ता उपचार तथा निदानको क्रममा गरेको हुन्छ । समयमै दिनुपर्ने उचित सेवा दिन नसकेको कार्यदेखि लिएर गरिएका कुनै पनि प्रक्रिया त्रुटिपूर्ण ढंगले गरिएका हुन्छन् । समितिको सुझाब यस्तो छ नेपाल मेडिकल काउन्सिल तथा अन्य स्वास्थ्य व्यवसायी परिषद्बाट जारी गरी लागू गरिने चिकित्सक तथा स्वास्थ्यकर्मीको आचार संहिता के कसरी कार्यान्वयन भएको छ भनी सम्बन्धित परिषद्ले नै अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ । हरेक अस्पताल तथा स्वास्थ्य संस्थाद्वारा आचारसंहिता ठीकसँग कार्यान्वयन गर्ने अतिरिक्त कार्यक्रम लागू गरी सोसम्बन्धी विस्तृत प्रतिवेदन सम्बन्धित काउन्सिल वा स्वास्थ्य मन्त्रालयमा प्रत्येक ६ महिनामा पठाउनुपर्ने । नेपालमा रहेका मेडिकल विश्वविद्यालय एवं कलेजका चिकित्सा शिक्षाको पाठयक्रम परिमार्जन गरी आचारसंहिता चिकित्सक तथा स्वास्थ्यकर्मीका अधिकार, कर्तव्य, बिरामीसँग गर्ने व्यवहार बोलीचाली र चिकित्सकीय व्यवसायको कानुनी पक्षसमेत समावेश गर्नुपर्ने । अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै तहका प्राविधिक तथा प्रशासनिक सेवासँग सम्बन्धित कर्मचारीहरूको कार्यविवरण स्पष्ट रूपमा तय गरिनुपर्छ । मेडिको लिगल क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने : वर्तमान अवस्थामा मेडिको लिगल क्षेत्र छुट्टै विभाग वा एकाइको व्यवस्था नभएको हुँदा केन्द्रीयस्तरमा राष्ट्रिय मेडिको लिगल सेन्टर स्थापना गरी सातवटै प्रदेशमा प्रादेशिक मेडिको लिगल सेन्टरको स्थापना गरिनुपर्छ । अध्ययन खर्च उठाउन लापरबाही कार्यदल सदस्य डा.रमेश पराजुलीका अनुसार प्रतिवेदनमा उपचारका क्रममा चिकित्सकले अत्यधिक मात्रामा लापरबाही गर्ने गरेको उल्लेख छ । लापरबाहीका घटना धेरै भए पनि तथ्यांकगत रूपमा जुटाउन कठिन भएको उनले बताए । ‘सुरुमा हामीले २६ वटा केस अध्ययन गरेका थियौँ,’ उनले भने, ‘त्यसमा ३३.३३ प्रतिशत चिकित्सको लापरबाहीले घटना भएको फेला पारेका छौँ । अदालतमा परेका केस, अस्पताल घटना र विभिन्न निकायले गरेको अनुसन्धानलाई आधार मान्दा यस्तो देखिएको हो ।’ सबैलाई पैसा कमाउनुपर्ने भएकाले पनि घटना धेरै गरेको डा. पराजुलीले बताए । उनले टिभी भएका बिरामीलाई पैसा कमाउने नाममा केमो चलाएका घटना पनि फेला परेको स्पष्ट पारे । ‘स्वास्थ्य सेवा नाफामुखी बन्दै गएको छ,’ पराजुलीले भने, ‘लाखौँ रुपैयाँ बढी पैसा तिरेर अध्ययन गर्ने र त्यसको सावा ब्याज उठाउने नाममा लापरबाही गरी सेवा दिने गरेको पाइयो । चिकित्सकले भयरहित वातावरणमा काम गर्नुपर्छ, राम्रो उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएमा चिकित्सकलाई दोष लगाउन पाइँदैन ।’ तथ्यांक वास्तविकतामा आधारित छैन नेपाल चिकित्सक संघका कोषध्यक्ष तथा नेपाल चिकित्सक संघसँग नेपाल सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न गठित समितिका सदस्य डा.प्रकाश बुढाथोकीले हरिहर वस्ती संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा केही आशंका उब्जिएको बताए । ‘प्रतिवेदनमा मुख्यतः लापरबाहीका घटनालाई तथ्यांकमा देखाइएको छ । तर, यो कुन आधारमा देखाइएको हो ? स्पष्ट छैन ।’ डा. बुढाथोकीले तथ्यांक वास्तविकतामा आधारित नभएको पनि बताए । लेखहरूका आधारमा तयार पारेको प्रतिवेदनलाई आधिकारिक मान्ने नमान्ने छलफलको विषय भएको उनको भनाइ छ । के हो चिकित्सकीय लापरबाही ? बिरामीप्रति निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । आफ्नो जिम्मेवारी पूरा नगरेमा बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति पुग्न गएको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । लापरबाही ठहरिन चिकित्सकको कर्तव्य कानुनद्वारा निर्दिष्ट हुनुपर्छ, कर्तव्य उल्लंघन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डसमेतबाट देखिनुपर्छ । उल्लंघनले बिरामीलाई केही न केही क्षति (मृत्यु-अंगभंग-अन्य शारीरिक नोक्सानी वा आर्थिक हानि) पुगेको हुनुपर्छ । यस्तो भएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मी नै जवाफदेही हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE