Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

गुमनाम ‘स्वरकिन्‍नरी'

\"\"काठमाडौं । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ। प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया स्टुडियोभित्र पसिन्-गीत रेकर्ड गराउन। विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल\' हुँदासमेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ? \', रेर्कडिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्। कृष्णको हाउभाउले शुभ बताइरहेको थियो। उनी सोफामा बसिन्। एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ? \' कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन्। एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ । त्यही जम्मा गरेर रेकर्ड गर्छु\', विमलाको भनाइ मार्मिक थियो । अाजको अन्नपूर्णमा खबर छ-उनको भनाइले स्टुडियोमा सन्नाटा छायो। उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् । प्रकाशोन्मुख एल्बम ‘जीवन भोगाइ\' को कभरबारे विमलाले सोधपुछ गरिन् । विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति/नातिनी खेलाउँदै होलान्। कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धा श्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान्। उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् । २००७ सालमा नुवाकोट पञ्चकन्या चौताराडाँडामा जन्मिएकी विमलाको पहिलो बिहे सात वर्षको छँदा भयो । बुबा, श्रीमान् लामा राणाकालमा दरबारका सामान्य जागिरे थिए । बालखैमा आमा बुधमाया लामाले उनलाई महाराजगन्ज ल्याइन् । ७ वर्ष पुग्दानपुग्दै उनको बिहे गरिदिने कुरा चल्यो । ‘खेतको आली-आली भागेँ। आमाले पछिपछि लखेट्दै आउनुभयो । खर्पन बोक्ने ज्यापुले समाइदियो । त्यसपछि भाग्न सकिनँ\', उनले भनिन् । बिहे गरेर जानुपर्ने भन्दा आमासँग छुट्नुपर्ने पीडाले उनलाई पोल्यो । तर, उनको जोड चलेन। रानीवन छेउमा नयाँ बुहारी बनेर भित्रिन्, उनी। ११ वर्षका थिए उनका पति । पति-पत्नीको साइनोसँग दुवै अपरिचित । दुवैजना धुलो माटोमा सँगै खेले। रानीवनमा घाँस-दाउरा काट्न गए। दाउराको भारी बोकेर उठ्न नसक्दा उनले धकेलिदिएको सम्झना ताजै छ। समय उनको दाहिना रहेन। बालबुहारीका लागि उमेर, बालापनको के कुरा ! सासूले हेलाँहोचो गर्न थालिन्। कष्टकर दिनमा पति उनका साथी भएनन्। ‘ऊ त हजुरआमाको काखमा बसेर मलाई कुटेको हेरिरहन्थ्यो,\' उनले भनिन्। कृष्णमतिमा दुई याम बाढी आयो, गयो। तर, विमलाले आमासँग भेट्ने समय आएन। सासूको यातनाले आमाको अनुहार झलझली अगाडि ल्याइदिन्थ्यो। एउटा घटनाले विमलालाई आज पनि झस्काइरहन्छ। उनी घरभित्र काम गर्दै थिइन्। परबाट आमा लौरो टेक्दै उनी भएतिर आउँदै गरेको झ्यालबाट देखिन्। उनी खुसीले नाचिन्। ‘आमा...\' भन्दै दौडेर बाहिर निस्कन खोजिन्। तर, तत्काल बाहिरबाट चुकुल लाग्यो। उनी चिच्याइन्, कराइन्। सासूले उनको आवाज नसुन्ने ठाउँमा आमालाई लिएर गइन्। चिच्याउँदा चिच्याउँदै उनको आँखाबाट आमा ओझेल परिन्। आमालाई हेर्न पाउने त्यो नै उनको अन्तिम दिन थियो। एक वर्षपछि आमाले सधैंका लागि छाडेर गएको थाहा पाइन्। बोल्दा बोल्दै भक्कानिइन् उनी। बालापनको ५ वर्ष बुहारी बनेर बित्यो। एकदिन बेलुकी खाना ढिलो पकाएको निहुँमा सासूले बेस्सरी कुटिन्। नरकजस्तो जिन्दगीबाट भाग्ने सोचमा उनी पुगिन्। राति नैे लुगाफाटो पोको पारेर ठिक्क पारिन्। भोलिपल्ट उज्यालो नहुँदै घर छाडिन्। कृष्णमती किनारमा आइपुग्दा उज्यालो भयो। भदौको भेल कृष्णमतीमा उर्लिएको थियो। भेलमा हामफालिन्। विमलालाई बगाउँदै लग्यो। उनी चिच्याइन, कराइन्। तत्कालै एउटी ज्यापु महिलाले उनको उद्धार गरिन्। शरीर पूरै भिज्यो। काखीमा च्यापेको लुगाको पोका पनि भिज्यो। त्यसपछि उनी पछाडि पर्खिंदै हेर्दै रानी वनैवन भागिन्। नुवाकोट फुपूको घर पुगिन्। त्यहीँ बसिन् केही समय। त्यसपछि फुपूले एकजना ब्राह्मणको घरमा भाँडा माझ्न राखिदिइन्। घरबेटीआमाबाट माया पाइन्। केही खुसीका दिन आए। सबैभन्दा ठूलो कुरा पेटभरि खान पाइन्। उमेर बढ्दै गयो। शारीरिक बदलावहरू देखिए। दुई चुल्ठी बाटेर हातमा चुरा लगाउन थालिन्। ‘म त कस्तो राम्री हुँदै पो गएँ।\' दुई हातले आँखा छोप्दै उनी लजाइन्। त्यही घरको काइँला छोराले उनले काम गरेको कौसीबाट हेरिरहन्थ्यो। विमलालाई अप्ठ्यारो लाग्थ्यो। एकदिन साँझ नाडी समाए तिनै काइँलाले। त्यसपछि उनले त्यो घर पनि छाडिन्। उनका आफन्तले दैलेख दुल्लुका राजाको घरमा काम मिलाइदिए। त्यही काम गर्दागर्दै ०२३ सालमा रामबहादुर लामासँग दोस्रो बिहे भयो। झुक्याएर सौतामुनि पुगेकी थिइन् उनी। त्यहीं घरमा एक छोरा र ४ छोरीकी आमा बनिन्। सासूको यातनाले त छाड्यो। तर, दुःखले कहिल्यै छाडेन। नाघि नसक्नु दुःखका अग्लाअग्ला पहाड तेर्सिए झनै। त्यसदिनदेखि यता जीवनको ३५ वसन्त अर्काको घरमा भाँडा माझेर बिताइन्। ९ वर्ष गलैंचाको धागो कातेर बिताइन्। आज काम गर्न नसक्ने अशक्त भएकी छन्। ५० वर्षका अविवाहित छन् छोरा र एकअविवाहित छोरी छन् साथमा। २० वर्षअघि नै श्रीमान्को मृत्यु भइसक्यो। छोरीहरू विवाह गरेर गइसके। गैरीधाराको ऐलानी जग्गामा बस्दै आएकी उनको घर सडक विस्तारमा पर्‍यो। २ लाख रुपैयाँ पाइन्। अहिले उनी छोरासँगै महाराजगन्ज महादेव चौर नजिकै भाडामा बस्दै आएकी छन्। संगीत यात्रा विमला सानो छँदा डम्फू बजाउँदै गाउँथिन्। रानीवनमा आँसु पुछ्दै गीत धेरै गाइन्। उनीभित्रको कला अभाव र पीडाको पहाडमूनि बन्दी भइरह्यो। त्यो कला कहाँ गएर देखाउने ! एकदिन उनले रेडियो नेपालमा गीत गाउन पाइन्छ भन्ने सुनिन्। शनिबारको दिन थियो। सार्वजनिक बिदाको हेक्का नराखी उनी सिंहदरबारको पश्चिमी गेटमा पुगिन्। निकैबेर गेटमा टोलाएपछि प्रहरीलाई उनले सोधिन्, ‘यहाँ भित्र गीत गाउन पाइन्छ रे हो।\' प्रहरीले मीरा राणालाई भेट्न भोलि आउनु भन्दै फर्काइदिए। भोलिपल्ट काम गर्ने ठाउँमा ढाँटेर सिंहदरबार पुगिन्। गेटभन्दा अलि वर टुक्रुक्क बसिरहिन्। मीरा राणा आएपछि नजिकै गएर नमस्ते गरिन्। ‘तर, उहाँले चोर औंला देखाउनुभयो। किन देखाउनुभयो थाहा छैन\', उनले भनिन्। मीरा राणाले भोलिपल्ट रेडियो नेपाल आउनू भनिन्। रेडियो नेपाल गएर तामाङ गीत सुनाइन्। त्यसपछि रेकर्डिङको मिति तोकियो। पहिलो पटक रेडियो नेपालमा गीत रेकर्ड भएको मिति उनलाई कण्ठ छ, ‘२०४९ मंसिर १६।\' गीत त गाइयो तर सपना अधूरै रह्यो। किनकि रेडियोमा उनले गाएको गीत कहिल्यै बजेन। उनलाई देखिजान्नेहरूले गिल्ला गर्न थाले। घरबाट निस्कँदा ढाँटेर निस्किन थालिन्। तर, जब उनले गीत गाइरहेको दृश्य नेपाल टेलिभिजनले पहिलो पटक देखायो, परिवार चकित भए। उनको मन बिसाउने चौतारी बन्यो संगीत क्षेत्र। गीत गाउन कहाँ पाइन्छ भन्दै त्यसको खोजीमा हिँड्न थालिन्। घरमा कुनै हार्मोनियम, मादल थिएन। डम्फू मक्की सकेको थियो। बसिबियाँलोका बेला गाउने भाकाहरू वाकम्यानमा रेकर्ड गर्थिन्। शब्दहरू अरूलाई सुनाएर सार्न लगाउँथिन्। रेडियो नेपालमा ३ वटा तामाङ गीत रेकर्ड गराइन्। २ वटा समूहमा गाइन्। रेडियो नेपालका सिताराम ताजपुरियादेखि प्रेमराजा महत, बमबहादुुर कार्की, भूपेन्द्र रायमाझीसम्म सबैलाई राम्रोसँग चिन्छिन्। विमलाको झोलामै भेटिन्छन् त्यसबेलाका तस्बिरहरू। रेडियो नेपालमा पहिलो पटक गीत गाएको, राजाको गद्दी आरोहण र प्रजातन्त्र दिवसमा गीत गाएबापत प्रशंसापत्र लिँदै गरेको तस्बिरहरू उनले देखाइन्। गायिका बन्न रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपर्छ भनेर उनलाई कसैले सुनाइदियो। त्यसपछि निरन्तर परीक्षामा भाग लिइन्। १६ पटक भाग लिइन् तर सधैं असफल। त्यही भाग लिने क्रममा एक जना दृष्टिविहीनले ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा... भन्ने गीत गाएको प्रस्ट याद छ। त्यसबेला दृष्टिविहीन अनुत्तीर्ण भए। पछि त्यही गीत नेपालकै वरिष्ठ कलाकारको नाममा रेकर्ड भएको सुन्दा उनी चकित भइन्। १६ औं पटकको स्वर परीक्षाको नतिजा आयो। विजेतामा थियो उनको नाम पनि। तर, थरमा ‘लामा थिङ\' होइन ‘राई\' थियो। उनले दाबी गरिन् राई होइन, लामा थिङ लेख्नू भनेर। रेडियो नेपालले विमला राई नै भएको प्रस्ट पार्‍यो। स्वर परीक्षा पास गरेँ या फेल गरेँ आज पनि उनी द्विविधामा छिन्। तर, दाबी आज पनि जारी छ। भन्छिन्, ‘त्यो नाम मेरै हो। त्यो बेला गल्तीले राई लेखियो।\' नेपाली लोकगीत रेकर्ड गराउन उनी रेडियो नेपाल धाइरहिन्। नेपाली गीत तिमीबाट हुँदै हुँदैन भनेर अभद्र व्यवहार गरेपछि उनको चित्त दुख्यो। त्यसपछि उनले स्वदेशगान रेकर्ड गराएर रेडियो नेपालमा बुझाइन्। तर, रेडियो नेपालमा गीत कहिल्यै बजेन। त्यसपछि उनी रेडियो नेपाल जान चटक्कै छाडिदिइन्। नेपाली गीत रेकर्ड गराउन रेकर्डिङ स्टुडियो धाउन थालिन्। म्युजिक नेपाल, नमस्ते स्टुडियो, सिम्फोनिक स्टुडियो, स्यामसुङ रेकर्डिङ स्टुडियो, ग्रिनटन स्टुडियो, म्युजिक बैंक धाउन थालिन्। उनी रिसाउँदै भन्छिन्, ‘नमस्ते स्टुडियोको रामबहादुर जिम्बाले ३ हजार १ सय खाइदियो। ग्रिनटन स्टुडियोले १९ हजार खाइदियो। ५ वर्ष भयो अझै गीत मिक्सिङ गरिदिएको छैन।\' उनले ग्रिनटन स्टुडियोको ढोकामा ‘मेरो पैसा खायो\' भनेर सूचना नै टाँसिदिइन्। उनी हिँडेरै धाउँछिन् प्रायः स्टुडियो। उनी पुग्दा कतिपय स्टुडियोमा ताल्चा झुन्डिसकेको हुन्छ। एउटा गीत रेकर्ड गराउन कम्तीमा २५ हजार लाग्छ। उनी सस्तो र राम्रो व्यवहार गर्ने स्टुडियो खोज्दै हिँड्छिन्। एकल महिलाको मासिक एक हजार जोगाएर राख्छिन्। छोरी ज्वाइँले दिएको पैसा जोगाएर राख्छिन्। ‘आधा तोलाको ढुंग्री थियो। त्यही बेचेको\', बुढ्यौली शरीरमा बस्न नमान्ने सारीको आँचल मिलाउँदै भनिन्, ‘दसैंका लागि ज्वाइँले ३ हजार खर्च पठाएका थिए। त्यो पनि स्टुडियोलाई दिएँ।\' कैयन दसैं उनको शरीरमा नयाँ लुगा नलगाई गयो। यसपालि पनि नयाँ लुगा किनिनन्। ‘पोहोर साल बाटोमा किनेको १५० को सारी। कस्तो राम्रो छ। जहाँ जाँदा पनि म त यही लगाउँछु\', मुस्कुराउँदै उनले भनिन्। विमलाले तिलहरी बेचेर ०६५ सालमा ‘ह्वाइला थोबो\' नामक गीति एल्बम निकालिन्। रेडियो नेपालमा दिने आँट गरिनन्। देशमा बग्रेल्ती खुलेका एफएम धाउन थालिन्। गोरखा एफएम, सगरमाथा एफएम, मेट्रो एफएम, मिर्मिरे एफएम सबैतिर धाइन्। कतिले उनका गीत बजाइदिए। कतिले दुव्र्यवहार गरे। उज्यालो एफएमले पैसा दिनेको मात्रै गीत बच्छ भनिदियो। इमेज एफएम र गोरखा एफएमले गीत बजाइदिएन। कति एफएमले त उनी भर्‍याङबाट तल पुग्दा नपुग्दै झ्यालबाट चक्का मिल्काइदिए। उनी तल आइपुग्दा उनीभन्दा पहिला गीतको चक्का आइपुग्थ्यो। जीवनको उत्तराद्र्धमा पनि उनको संगीत यात्रा रोकिएको छैन। बुढेसकालको पर्वाह नगरी उनी अहिले पनि प्रत्येक दिन रेकर्डिङ स्टुडियो धाउँछिन्। काठमाडौंका गल्लीहरू उनीसँग परिचित छिन्। कुन गल्लीमा एफएम र रेकर्डिङ स्टुडियो छ उनलाई सबै थाहा छ। महाराजगन्जको महादेव चौरबाट चक्रपथ, शिक्षण अस्पताल, बालुवाटार, नक्साल, डिल्लीबजार, घट्टेकुलो हुँदै अनामनगरसम्म प्रत्येक दिन उनको पैदलयात्रा तय हुन्छ। कैयौं पटक रातिराति हिँडेकी छिन् उनी। कुकुरले लखेटेका अनगिन्ती सम्झनाहरू छन् उनीसँग। घरबाट हिँड्दा परिवारलाई ढाँटेर निस्किन्छिन् अझै। ‘बिरामी पर्दा त्यही सीडी आउने होला नि हेर्न, भन्दै रिसाउँछन् छोराछोरीले\', उनले सुनाइन्। आधापेट खाएर जम्मा गरेको पैसाबाट एउटा गीत रेकर्ड गर्न उनलाई वर्षौं लाग्छ। उनी औंला गन्दै भन्छिन्, ‘एक हजार एकल महिला भत्ताले १२ हजार पुग्न एक वर्ष लाग्छ। वृद्धभत्ता दिएको छैन। ७० वर्ष पुग्नुपर्छ रे\' उनी टोलाइन्। एकछिनपछि जीवनको अन्तिम सपना सुस्तरी सुनाइन्, ‘मलाई हेप्नेहरू छन् रेडियो नेपालमा। एकदिन म त्यही रेडियोबाट आफ्नो गीत बजाइछाड्छु।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE