Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

नवराज सिलवालले कुर्सी पाए, राज्यमन्त्री राणाले पाएनन्: मनोनयन दर्ताको क्रममा जे देखियो

\"\"काठमाडाैं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए । निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरीले पनि ‘स्यालुट’ ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यामक शैलीमा भने  ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि ।’ आजको राजधानी दैनिकमा खबर छ-प्रहरी प्रमुख बन्न अदालतको ढोका ढकढक्याउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका सिलवालले ललितपुर–१ बाट प्रतिनिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उम्मेद्वारी दिन गएका नवराज सिलवालले हात मिलाउने प्रहरीलाई भने-फेरि सरुवा होला नि ! सिलवाललाई ‘स्यालुट’ गरेकै कारण उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी आभूषण तिमल्सिनाको सरुवा भएको एमाले वृत्तमा चर्चा छ । एमाले वृत्तमा यो चर्चासँगै मनोनयनका क्रममा उनले प्रहरी अधिकारीमार्फत व्यंग्य गर्दै सरुवाको प्रसंग निकाले । तथापि सुरक्षा निकाय र प्रतिस्पर्धी दल कांग्रेस भने सिलवालका कारण तिमल्सिनाको सरुवा नभई प्रक्रियागत सरुवा भएको बताइरहेका छन् । सिलवालले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिए । उनको प्रतिस्पर्धा कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमशेर जबरासँग हुँदै छ । सिलवालसँगै मनोनयनका लागि निर्वाचन कार्यालय पुग्दा सिलवालले बस्ने कुर्सी पाए तर राज्यमन्त्री राणाले पाएनन् । उनी मनोनयनका लागि आफ्नो पालो नआउन्जेल उभिए । सिलवाललाई भने बस्ने कुर्सीको व्यवस्था थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE