Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव

\"\"काठमाडौं । काठमाडौं प्रहरीको २०६० यताको आपराधिक गतिविधिमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए। अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको । दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन्। मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ (ख) को बाट उम्मेदवार बनेका छन् । आजको नागरिकमा खबर छ-लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे । लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन्। २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए । जुन समयमा उनीहरु गम्भीर आपराधिक गतिविधिमा संलग्न थिए त्यो बेला राज्यका सबै निकाय मिलेर संरक्षण गरी सामान्य अभियोग मात्र लगाउँदा राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलै भयो – पूर्व डिआइजी हेमन्त मल्ल । होटलको बाउन्सर हुँदै लामाले मनाङेको मुख्य सहयोगीका रूपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै आपराधिक रेकर्डसँगै आर्थिक हैसियत बढाउँदै लगे। रात्रिकालीन व्यवसाय, ठेक्कापट्टा, क्रसर क्षेत्र हुँदै रक्तचन्दन तस्करीबाट उकासिएको आर्थिक हैसियत बढाएका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधि गरेर कमाएको सम्पत्तिमध्ये खुलेकै २७ करोड देखिएको छ । त्यही पैसाको आडमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पुच्छर समातेर राजनीतिमा प्रवेश गरेका लामा फोरम कांग्रेसमा विलय भएसँगै कांग्रेसको ‘निष्ठावान् कार्यकर्ता’ बन्न पुगेका हुन् । पटकपटकको जेलयात्रा र कमजोर राजनीतिक संरक्षणले लामाको तुलनामा मनाङे आर्थिक रूपमा केही कमजोर बने । कहिले राप्रपा, कहिले कांग्रेस त कहिले थरुहट आडमा राजनीतिक संरक्षण लिन भौंतारिएका उनी कतै टिकेनन्। माओवादी र एमाले प्रवेश गर्ने प्रयास असफल भएपछि कमल थापाको फेरो समातेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशसँगै मनाङको जिल्ला अध्यक्ष भएपछि ‘त्रिपल पी’ गुरुङको सहयोगमा उनका लागि एमालेको ढोका खुल्यो । प्रारम्भमै एमालेका तर्फबाट प्रदेशसभाको उम्मेदवार बन्ने उनको प्रयास नकारात्मक टिप्पणीले रोकियो । एमालेले उनको स्थानमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनायो भने मनाङेले स्वतन्त्र उम्मेदवारी दिए । आखिर यो सबै नाटक मात्रै रहेको खुल्यो । खण्डाले उम्मेदवारी फिर्ता लिइन्, एमालेले मनाङेलाई साथ दिने निर्णय गर्‍यो । दलका केही नेताको संरक्षणमा हुर्किएका यी ‘गुन्डा नाइके’ लाई पार्टीले सार्वजनिक रूपमै स्वागत गर्नुको कारण के होला ? संगठित अपराधबारे जानकार नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल राजनीतिमा लागेर आपराधिक गतिविधि गर्नेलाई समाजले सहजै स्विकारेकाले दलले अपराध गरेकाहरूलाई काखी च्यापेको टिप्पणी गरे । भ्रष्टाचार अभियोग प्रमाणित भएकाहरुसमेत राष्ट्रिय राजनीतिको प्रभावमै रहनु र समाजले उनीहरुलाई अस्विकार नगर्नुले आपराधिक गतिविधिमा लागेका मनाङे र लामा जस्ताको आत्मबल बढेको उनको विश्लेशण छ । ‘राष्ट्रिय रुपमा गुन्डाका रूपमा बदनाम भए पनि स्थानीय तहमा गरेका कामले उनीहरु बलियै हुन्छन्,’ मल्लले भने, ‘नेपाली समाज धेरै सहनशील छ। केही समय आलोचना गर्ने र पछि बिर्सने भएकाले दलले पनि गम्भीर रुपमा लिएनन् ।’ राजनीति महँगो र विकृत हुँदै जाँदा ‘मनी’ र ‘मसल’ को प्रभाव बढेको र आपराधिक गतिविधिमा संलग्नहरुसँग दुवै शक्ति हुने भएकाले दलबीच उनीहरुलाई स्वागत गर्ने होड चलेको मल्लले बताए । उनले भन्यो, ‘जुन समयमा उनीहरु गम्भीर आपराधिक गतिविधिमा संलग्न थिए त्यो बेला राज्यका सबै निकाय मिलेर संरक्षण गरी सामान्य अभियोग मात्र लगाउँदा राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलै भयो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE