Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

हेभिवेट नेताविरुद्ध बागी, कसकामा को ?

\"\"विहिबार ४५ जिल्लामा भएको विभिन्न मनोनयनमा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको  अाजको नयाँ पत्रिकामा खबर छ । रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् । ०४८, ५१ र ५६ मा सोही क्षेत्रबाट जितेका जोशीले यसपालि आफ्नो क्षेत्रमा पौडेलले अतिक्रमण गरेको आरोप लगाइरहेका छन् । नारा–जुलुससहित उम्मेदवारी दर्ता गरेका जोशीले आफू आधिकारिक भएको र पौडेल बागी भएको दाबी गरेका छन् । उदयपुर २ मा एमाले र माओवादी दुवै उदयपुर २ मा एमाले र माओवादी केन्द्र दुवैले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले साँझ ६ बजे अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको मनोनयनपत्र दर्ता गराएका हुन् । उदयपुर १ मा एमाले र २ मा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भए पनि खतिवडाले पार्टी अध्यक्षले हस्ताक्षर गरेको मनोनयनपत्रसहित उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा माओवादीले सुरेश राईको उम्मेदवारी दर्ता गराएको छ । माधव नेपालविरुद्ध एमालेकै एलपी श्रेष्ठ काठमाडौं २ मा नेता माधवकुमार नेपालविरुद्ध एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरीमा महन्थ ठाकुरविरुद्ध पूर्वसांसद महोत्तरी ३ बाट उम्मेदवार बनेका राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेवारी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा १ नम्बर सूचीमा रहेका उनी प्रत्यक्षमा लड्न आएका हुन् । सर्लाहीबाट निर्वाचन लड्दै आएका ठाकुर कांग्रेसको आग्रहमा महोत्तरी पुगेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित झा केही महिनाअघि मात्रै राजपा प्रवेश गरेका थिए । सप्तरीमा उपेन्द्र यादवविरुद्ध पनि बागी सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवार दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा तालमेल भएको छ । तर, पार्टीले सल्लाह नगरी उम्मेदवार छनोट गरेको भन्दै ठाकुरले उम्मेदवारी दिएका हुन् । सल्यानमा माओवादीका दुईजना बागी सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमाकान्त शर्मा र जिल्ला नेता ज्ञानबहादुर वलीले उम्मेदवारी दिएका हुन् । प्रदेश सभातर्फ (क) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पोलिटब्युरो सदस्य भीमप्रकाश शर्माले बागी उम्मेदवारी दिए । यस्तै, प्रदेशतर्फ (ख) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालाविरुद्ध माओवादी केन्द्रकै जितबहादुर पुनले उम्मेदवारी दिएका छन् । कोमल वलीको स्वतन्त्र उम्मेदवारी लोकगायिका कोमल ओलीले दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । एक महिनाअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी उनले शीर्ष नेताहरूले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE