Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रचण्ड र ओलीको तामझाम, देउवाको उम्मेदवारी वारेसमार्फत

\"\"काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार मुलुकभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। जुलुस, नाराबाजी र बाजागाजासहित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दोस्रो चरणमा प्रमुख दलका प्रमुख नेता उम्मेदवार बनेका छन् । बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वाम गठबन्धनका नेताले सामूहिक रूपमा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका थिए ।  अाजको अन्नपूर्णमा खबर छ-४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानका लागि उम्मेदवारी दर्ता भएको हो । उच्च हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते हुँदै छ । संविधानसभाबाट संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड र गठबन्धनका कारण थोरै मात्र दलले प्रतिनिधिसभामा प्रवेश पाउने आकलन गरिएको छ । साना दल पनि ठूला दलका गठबन्धनमा मिसिएर चुनावमा सहभागी भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका नेता-कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए । ओली झापा-५ र दाहाल चितवन-३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ । एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले क्रमशः काठमाडौं २ र इलाम १ बाट उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाट उम्मेदवारी दिएका छन् । ०४८ देखि लगातार भक्तपुरबाट निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भने यसपटक उम्मेदवार बनेनन् । पूर्वसभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्तपुर-२ बाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाका लागि उम्मेदवारले मनोनयनपत्रसाथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र अनिवार्य गरिएको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको उम्मेदवारका लागि १० हजार र प्रदेशसभाको उम्मेदवारका लागि ५ हजार धरौटी निर्धारण गरेको थियो । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट दिइएको थियो । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा माग गरिएको थियो । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । विगतमा शीर्ष नेताहरू दुईवटा निर्वाचन क्षेत्रबाट एकैपटक उम्मेदवार बन्ने गरेका थिए तर नयाँ बनेको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले एकपटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको थियो । दोस्रो चरणमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् । त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा निर्वाचन हुँदैछ । सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले निर्वाचनमा भाग लिँदै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE