Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

केन्द्रमा १० प्रतिशत मात्रै महिला !

\"\"काठमाडौं । प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन् । प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन् । निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ ।  अाजको अन्नपूर्णमा खबर छ-मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रमुख तीन दलबाट जम्मा १५ जना नेत्रीले मनोनयन दर्ता गराएका छन् । जम्मा ४५ जिल्लाका एक सय २८ क्षेत्रमा कांग्रेसका तर्फबाट सबैभन्दा बढी सात महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, एमालेबाट पाँच र माओवादीबाट तीन महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुम- १ बाट सीता गुरुङ, महोत्तरी-२ बाट किरण यादव, मकवानपुर- २ बाट महालक्ष्मी उपाध्याय डिना, काठमाडौं -३ बाट अम्बिका बस्नेत, दाङ- १ बाट सुशीला चौधरी, कैलाली- १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली- ५ बाट डा. आरजु राणा छन् । त्यसैगरी, एमालेले झापा-२ बाट पवित्रा खरेल, सुनसरी-३ बाट भगवती चौधरी, उदयपुर-१ बाट मञ्जु चौधरी, स्याङ्जा-२ बाट पद्मा अर्याल र कैलाली-१ मा गरिमा शाहलाई उठाएको छ । माओवादी केन्द्रले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर- ३ बाट, उर्मिला अर्याललाई पर्सा-४ बाट र बीना मगरलाई कञ्चनपुर-१ बाट उम्मेदवार बनाएको छ । पहिलो चरणअन्तर्गत ३७ क्षेत्रमा हुने निर्वाचनका लागि कांग्रेसले सरस्वती बजिमय र चम्पादेवी खड्का तथा माओवादीले कमला रोकालाई उम्मेदवार बनाएका थिए । कांग्रेस नेत्री कल्याणी रिजालले दलहरूले दिएको महिला उम्मेदवारी सन्तोषजनक नभएको बताइन् । १ सय ६५ क्षेत्रमध्ये जम्मा १० प्रतिशत मात्र महिला उठाएर दलहरूले अपमानित गरेको प्रतिक्रिया दिएकी छन् । दोस्रो चरण निर्वाचनका लागि बिहीबार अन्तिम उम्मेदवारी दिने महिलामध्ये कोमल ओली निकै चर्चामा रहिन् । केही समयपहिले मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी उनले एमालेबाट टिकट नपाएपछि दाङ-३ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमालेकी प्रभावशाली नेत्री एवं पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका लागि काठमाडौंबाट उम्मेदवारी दिएकी छन् । कैलाली- १ मा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनबाट एमाले नेत्री गरिमा शाह मैदानमा भिड्ने भएका छन् । यसअघि दुवै नेत्री समानुपातिकबाट सांसद थिए । बिहीबार उम्मेदवारी दिने कांग्रेसकी आरजु राणा प्रधानमन्त्रीपत्नी हुन् भने बीना मगर माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE