Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन् दोस्रो चरणको चुनावमा चर्चामा रहेका निर्वाचन क्षेत्र 

\"\"झापा १  झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की (राम कार्की) र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिछन् । झापा ३  कांग्रेस प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकमा बस्न नचाहेर झापा ३ बाट प्रत्यक्ष उम्मेदवार भएका छन् । उनका प्रतिस्पर्धीका रूपमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेन देखिएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-लिङदेनलाई वाम गठबन्धनले समर्थन गर्ने भएपछि सिटौला दबाबमा परेका छन् । मोरङ ६  दुई चर्चित नेताबीचको प्रतिस्पर्धाले मोरङ ६ चर्चामा छ । कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ । चितवन ३  चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ०७० को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । कालिका कन्सट्रक्सनका मालिक पाण्डे बहालवाला वनमन्त्री हुन् । पाण्डेलाई कांग्रेसले समर्थन गरेको छ । काठमाडौं १  कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको काठमाडौं १ मा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेपछि चर्चामा आएको छ । यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्माले उम्मेदवारी दिएका छन् । काठमाडौं २  काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधकुमार नेपालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निवर्तमान सांसद दीपक कुइँकेल उम्मेदवार बनेका छन् । नेपाल र कुइँकेलसँग विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा छन् । काठमाडौं ४  दुई युवा नेताको उम्मेदवारीले काठमाडौं ४ चर्चामा छ । कांग्रेसका चर्चित युवा नेता गगन थापाविरुद्ध वाम गठबन्धनले एमालेका युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । स्वास्थ्यमन्त्री भइसकेका थापा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्य भट्टराईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । काठमाडौं ५  एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा. प्रकाशशरण महतबीच काठमाडौं ५ मा प्रतिस्पर्धा हुँदै छ । यो क्षेत्रमा विवेकशील साझा पार्टीले उज्ज्वल थापालाई उम्मेदवार बनाएको छ । धनुषा ३  कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । कांग्रेस र राजपाबीच तालमेलको प्रयास असफल भएपछि निधि र महतोबीच प्रतिस्पर्धा हुन लागेको हो । सप्तरी २  सप्तरी २ पनि चर्चामा आएको छ । यस क्षेत्रबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए । उनलाई टक्कर दिन वाम गठबन्धनले संसद्मा कुर्सी मिल्काएर चर्चा कमाएका माओवादी नेता उमेश यादवलाई उठाएको छ । गुल्मी २  गुल्मी २ मा फेरि एकपटक एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । दुवै भाषण कलामा पोख्त छन् । नवलपुर १ कांग्रेस महामन्त्री डा. शशांक कोइराला र सूर्य चुनाव चिह्न लिई स्वतन्त्र उम्मेदवारी दिएका हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले नवलपुर १ लाई चर्चामा ल्याइदिएको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कोइराला नवलपरासीबाट विजयी हुँदै आएका थिए । त्रिपाठी भने केही समयअघि राजपा छाडेर स्वतन्त्र समूहका रूपमा चुनावी मैदानमा उत्रेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE