Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

जो टिकेनन् मधेसवादी दलमा: धरापमा मधेसी दल, क-कसले छाडे मधेसवादी पार्टी ?

\"\"नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रसले मधेसवादी राजनीतिको थालनी गर्यो । तर उक्त दल पनि केही बर्षमै समाप्त भयो । लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार भयो । तर अहिले सद्भावना पनि समाप्त भएर सद्भावनाका नेताहरु राष्ट्रिय राजनीतिको दौडमा लागेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ-पछिल्लो मधेस आन्दोलनबाट मधेस शब्द राखेरै उपेन्द्र यादवसहितले राजनीति शुरु गरे पनि पछिल्लो समय यादव पनि राष्ट्रिय राजनीतिको दौडमा छन् । मधेसवादी मानिएका प्रमुख दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउनुका साथै विधानमा पनि राष्ट्रिय पार्टीको रुपमा आफूलाई चित्रण गरेका छन् । मधेसवादी दलका नेताहरु पनि वाद र संगठन परिवर्तनमा होमिएका छन् । जसले गर्दा मधेसवादी राजनीतिसँगै मधेसवादी नेताहरु पनि धरापमा परेका छन् । विजय गच्छदार पुन कांग्रेसमा फर्किएका छन् । फोरमको उदयसँगै मधेसवादी राजनीतिबाट राजनीतिमा आएका रामेश्वर राय यादव माओवादी केन्द्रमा गएका छन् । क-कसले छाडे मधेसवादी पार्टी ? -हृदयेश त्रिपाठी एमालेमा सहमाहित भएका छन् । -अभिशेष प्रताप शाह पनि नेपाली कांग्रेस गएका छन् । -कपिलवस्तुका बृजेश गुप्ता पनि एमालेमा समाहित भएका छन् । -जंगिलाल राय यादवले पनि मधेसवादी पार्टी छाडेर बाम गठबन्धनबाट चुनाव लड्दैछन् । -राजपाका उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पनि एमालेमा प्रवेश गरेका छन् । राजपा नेता लक्ष्मण लाल कर्ण भन्छन्: -एजेन्डाका आधारमा कुनै नेताले पार्टी त्यागेका छैनन् । -अधिकांश नेताहरु व्यक्तिगत फाइदाका लागि मधेसवादी दल छाडेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE