Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

टिकटका लागि बालुवाटारमा जे देखियो

\"\"प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए । अाजको नयाँ पत्रिकामा खबर छ-कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो । तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५–६ वटा गाडी बुधबार बालुवाटारमा देखिए । आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन् । ‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ ।’ बालुवाटारमा बिहानदेखि रातिसम्मै भिड आफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता–कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो । टिकट पाउँदा नै फूलमालाले छोपिए उम्मेदवार बालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए । डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता–कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए । टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोक आफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे । मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवार कांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो । तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो । समानुपातिक सूचीमा नाम संशोधनपछि पनि विश्वकर्माको नाम झिकिएको थिएन । तर, बुधबार दिउँसो विश्वकर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाइएको हो । समानुपातिकमा उम्मेदवार कायम भइरहेका वेला प्रत्यक्षमा पनि नाम आएका विश्वकर्माले आफ्नो रुचि प्रत्यक्षमा पनि भएको बताए । समानुपातिकमा उम्मेदवार भइसकेपछि फेरि प्रत्यक्षमा उम्मेदवार बन्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘मेरो रुचि प्रत्यक्षमा निर्वाचन लड्ने हो । अहिले प्रत्यक्षमा नाम आएको छ । कानुनी व्यवस्था के हुन्छ, निर्वाचन आयोगसँग छलफल हुँदै छ ।’ कांग्रेसले टुंग्याउँदै गरेको उम्मेदवारको सूचीमा अरू उम्मेदवारको नाम प्रिन्ट गरिए पनि विश्कर्माको नाम हातले थपिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE