Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

निधिलाई मधेसवादीले समर्थन नगर्ने, लोकतान्त्रिक गठबन्धन संकटमा, कांग्रेस उम्मेद्वारको (सूचीसहित)

\"\"४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १२८ सिटमध्ये बुधबार रातिसम्म ५० प्रतिशत मात्र उम्मेदवार टुंग्याएको छ । प्रतिनिधिसभाका सबै तथा प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने संसदीय समितिका एक सदस्यले जानकारी दिए ।  आजको अन्नपूर्णमा खबर छ-उम्मेदवार चयन ढिलाइ हुनुमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल मिलाउनु कारण रहेको उसले जनाएको छ । ती नेताले भने, ‘सिट तालमेल गरेरै उम्मेदवारी दिनु राम्रो हुने भन्दै प्रधानमन्त्रीले उम्मेदवारलाई जिल्ला पठाउन चारवटा हेलिकोप्टर स्ट्यान्डबाई राख्नुभएको छ ।’ निधिलाई मधेसवादीले समर्थन नगर्ने कांग्रेस नेता विमलेन्द्र निधिलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले धनुषा क्षेत्र नं. ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ । धनुषा-३ मा निधि र सर्लाही-४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न फोरम नेपाल र राजपाले नमानेपछि कांग्रेस र मधेसकेन्द्रित दलबीचको तालमेल भाँडिने चरणका पुगेको हो । मनोनयन दर्ता गर्नु एक दिनअघि बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरूको बैठक बसेको थियो । बालुवाटार बैठकमा धनुषा-३ मा विमलेन्द्र निधिका लागि उम्मेदवारी छाड्न राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई कांग्रेस नेताहरूले आग्रह गरेका थिए । महतोले आफूलाई धनुषा-३ वा सर्लाही-४ मा समर्थन गर्न कांग्रेस नेतासँग आग्रह गरेका थिए। निधिलाई धनुषा-३ र अमरेशकुमार सिंहलाई सर्लाही-४ मा उम्मेदवार बनाएकाले अरू नै क्षेत्र रोज्न महतोलाई कांग्रेस नेताले सुझाएपछि मधेसवादी र कांग्रेसबीच उम्मेदवारीको तय हुन सकेन । झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नछाड्ने अडान लिएपछि वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेको थियो । राप्रपालाई कांग्रेसले सिटौलाविरुद्ध लिङदेनको उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो । झापा-३ मा कांग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएको विषयमा बुधबार राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए । झापा-३ मा कांग्रेसले पूर्वमहामन्त्री सिटौला र राप्रपाले महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाएको छ। प्रधानमन्त्री देउवा र राप्रपा अध्यक्ष थापाबीच बुधबार भएको छलफल झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विषयमा केन्द्रित रहेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए । प्रदेश-२ का ३२ निर्वाचन क्षेत्रमध्ये फोरमले १७ र राजपाले १५ उम्मेदवारी दिने निर्णय राजपा र फोरमबीच सहमति भइसकेकाले निधि र सिंहका लागि सिट छाड्न गाह्रो परेको राजपाका नेताहरूले बताएका छन् । सहमतिअनुसार राजपा शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो धनुषा-३, शरत्सिंह भण्डारी महोत्तरी-२, राजकिशोर यादव सिरहा ४, अनिलकुमार झा रौतहट १ र जितेन्द्र सोनल बारा-४ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका उम्मेदवार प्रदेश नं. १ इलाम १ – भूपेन्द्र कट्टेल इलाम- २ केशव थापा तेह्रथुम- सीता गुरुङ, धनकुटा (राप्रपा तालमेल) उदयपुर १ डा. नारायण खड्का उदयपुर २ नारायणबहादुर कार्की झापा १ विश्वप्रकाश शर्मा झापा ३ कृष्णप्रसाद सिटौला मोरङ १ डिकबहादुर लिम्बू मोरङ २ डा. मीनेन्द्र रिजाल मोरङ ३ सुनीलकुमार शर्मा मोरङ ४ महेश आचार्य मोरङ ५ अमृतकुमार अर्याल मोरङ ६ डा. शेखर कोइराला सुनसरी १ मीनबहादुर विश्वकर्मा सुनसरी २ सीताराम मेहता सुनसरी ३ विजयकुमार गच्छदार सुनसरी ४ राजेन्द्रबहादुर कार्की प्रदेश नं. २ धनुषा ३ विमलेन्द्र निधि बारा ३ फरमुल्ला मन्सुर पर्सा ४ रमेश रिजाल प्रदेश नं. ३ सिन्धुली १ प्रेमचन्द्र दाहाल सिन्धुली २ नरेन्द्रजंग थापा मकवानपुर १ राप्रपा तालमेल मकवानपुर २ महालक्ष्मी उपाध्याय डिना काभ्रे १ तीर्थबहादुर लामा प्रदेश नं. ४ नवलपरासी १ डा. शशांक कोइराला नवलपरासी पूर्व विष्णुकुमार कार्की तनहुँ १ रामचन्द्र पौडेल स्याङ्जा १ राजु थापा स्याङ्जा २ गोपालमान श्रेष्ठ पर्वत १ अर्जुनप्रसाद जोशी प्रदेश नं. ५ पाल्पा १ विजयराज घिमिरे पाल्पा २ हरिप्रसाद नेपाल अर्घाखाँची १ रामबहादुर बिसी गुल्मी १ चन्द्रकान्त भण्डारी गुल्मी २ चन्द्रबहादुर केसी दाङ ३ दीपक गिरी प्युठान १ डा. गोविन्दराज पोखरेल बर्दिया २ गोपाल दहित प्रदेश नं. ६ सल्यान १ राजेन्द्रबहादुर शाह सुर्खेत १ पूर्णबहादुर खड्का सुर्खेत २ हृदयराम थामी दैलेख १ राप्रपासँग तालमेल दैलेख २ शिवराज जोशी प्रदेश नं. ७ कैलाली १ ईश्वरीदेवी न्यौपाने कैलाली २ मोहनसिंह राठौर कैलाली ३ रामजनम चौधरी कैलाली ४ सुनीलकुमार भण्डारी कैलाली ५ डा.आरजु राणा कञ्चनपुर १ दिवानसिंह विष्ट कञ्चनपुर २ नारायणप्रकाश साउद कञ्चनपुर ३ रमेश लेखक डडेलधुरा १ शेरबहादुर देउवा अछाम १ भरतकुमार स्वाँर अछाम २ पुष्पबहादुर शाह डोटी १ वीरबहादुर बलायर प्रदेश नं. ३ काठमाडौं १ प्रकाशमानसिंह काठमाडौं २ दीपक कुइँकेल काठमाडौं ३ अम्बिका बस्नेत काठमाडौं ४ गगन थापा काठमाडौं ५ डा. प्रकाशरण महत काठमाडौं ६ भीमसेनदास प्रधान वा जिल्ला सभापति सबुज बानियाँ काठमाडौं ७ राप्रपासँग सहमति प्रयास काठमाडौं ८ नवीन्द्रराज जोशी काठमाडौं ९ ध्यानगोविन्द रञ्जित काठमाडौं १० राजन केसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE