Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कांग्रेसको गठबन्धन प्रयास असफल

\"\"आफ्नो दलका प्रभावशाली नेताको क्षेत्र मधेसकेन्द्रित दलले मागेपछि कांग्रेस र मधेसकेन्द्रित दुई दलबीचको चुनावी तालमेल संकटमा परेको छ । वाम गठबन्धन भएपछि काउन्टर दिन कांग्रेसले पनि राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलको नीति लिएको थियो । तर, राजपा र संघीय फोरमले कांग्रेसका प्रभावशाली नेताकै क्षेत्र मागेपछि सहमति हुन नसकेको कांग्रेस नेता रमेश रिजालले जानकारी दिए । ‘वाम गठबन्धन भएपछि हामीले जसरी पनि मिलेर जाऊँ, चुनाव अघि र पछि मिलेर जाँदा दुवै पक्षको हित हुन्छ भन्यौँ,’ रिजालले भने, ‘तर, हाम्रो प्रयासमा उहाँहरू सकारात्मक हुनुभएन ।  आजको अन्नपूर्णमा खबर छ-यसकारण तालमेल हुने सम्भावना कमजोर हुँदै गएको छ ।’ रिजालका अनुसार राजपा र फोरमले विमलेन्द्र निधिको धनुषा– ३, अमरेशकुमार सिंहको क्षेत्र (सर्लाही), किरण यादवको क्षेत्र (महोत्तरी)सहित प्रमुख नेता उठ्ने क्षेत्र नै मागेपछि सहमति नभएको हो । ‘उहाँहरू कहिले १८ सिट चाहिन्छ भन्नुहुन्छ, कहिले विमलेन्द्र निधि, अमरेश सिंह, किरण यादवका ठाउँ दाबी गर्नुहुन्छ । यसैले समस्या भएको हो,’ रिजालले भने । प्रतिनिधिसभामा प्रदेश नं. २ का ३२ सिटमा कांग्रेसले १७ सिट आफूले लिने तथा राजपा र फोरमलाई १५ सिट दिने तयारी गरेको थियो । तर, राजपा र फोरमले १८ सिट लिने अडान राखेका थिए । दुवै पक्ष अडानमा रहँदा संख्याको आधारमा तालमेलको प्रयास पनि विफल भएको छ । प्रदेश नं. २ का ६४ सिटको प्रदेश सभामा मधेसी दलले ४० सिटको दाबी गरेका थिए । चमत्कार भए मात्र कांग्रेससँग तालमेल राजपाका नेता केशव झाले पनि अब बुधबार रातभरमा चमत्कार भए मात्र कांग्रेससँग प्रदेश नम्बर २ का ३२ निर्वाचन क्षेत्रमा चुनावी तालमेल हुने बताए । ‘पहिला कांग्रेसले राजपा र संघीय फोरमका शीर्ष नेतालाई छोड्ने भनेको थियो,’ झाले भने, ‘तर, कांग्रेसले नै शीर्ष नेताहरुको क्षेत्रमा समर्थन गर्न नखोजेपछि समस्या आएको छ । बुधबार रातिसम्मको परिस्थिति हेर्दा तालमेलको सम्भावना छैन । तर, रातभरमा चमत्कार पनि हुन सक्छ ।’ कांग्रेससँगको तालमेलको छलफलका लागि राजेन्द्र महतोबाहेकका नेताहरू महन्थ ठाकुर, शरत्सिंह भण्डारी, अनिल झा, महेन्द्र यादव, राजकिशोर यादव बालुवाटार गएका थिए । महतोले पहिला सर्लाही– ४ बाट चुनाव लड्ने मनस्थिति बनाएका थिए । तर, त्यहाँ कांग्रेसका अमरेशलाई फिर्ता गर्न कांग्रेस तयार नभएपछि उनले विमलेन्द्र निधिको धनुषा– ३ मागेका थिए । त्यहाँ पनि निधिले नछोड्ने भएपछि महतोले ३ बाटै उम्मेदवारी दिने बताउँदै आएका छन् । राजपाले पर्सा ४ मा लक्ष्मणलाल कर्ण, महोत्तरीमा २ मा शरत्सिंह भण्डारी र ३ मा महन्थ ठाकुरलाई छोडिदिन आग्रह गरे पनि कांग्रेसले नमानेको आरोप मधेसकेन्द्रित दुई दलको छ । कांग्रेसले बुधबार मध्यरातसम्म प्रदेश नम्बर २ का २९ क्षेत्रमा उम्मेदवार टुंग्याएको छैन । नेता निधि धनुषा ३, रमेश रिजाल पर्सा ४ र फरमुल्लाह मन्सुरलाई बारा ३ बाट उम्मेदवार बनाउने निर्णय कांग्रेसले एक हप्ताअघि नै गरिसकेको छ । सिटौला नमानेपछि राप्रपासँग पनि सकस झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई टिकट दिएर कांग्रेसले तालमेल गर्न खोजेको थियो । तर, कृष्णप्रसाद सिटौलाले झापा ३ छोड्न नमानेपछि कांग्रेसले उनलाई ३ बाटै उम्मेदवार बनाएको छ । यसबाट राप्रपा असन्तुष्ट बनेको छ । सिटौला ३ बाट उठे पनि लिङ्देनलाई राप्रपाले ३ बाटै उम्मेदवार बनाउने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE