Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बाबुरामलाई मतदाताको प्रश्नै प्रश्नले घेरेपछि...

\"\"काठमाडाैं । पहिलो संविधानसभा निर्वाचनमा भारी मत ल्याएर जितेका बाबुराम भट्टरार्ई अहिले गोरखा–२ मा प्रतिनिधि सभाका उम्मेदवार हुन्। माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी खोलेर संयोजन गरिरहेका भट्टरार्ई अहिले कांग्रेसको साथ लिएर चुनावी मैदानमा छन् । संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ वटा क्षेत्रमा खुम्चिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टरार्ईले गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । २०७० मा पनि उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्र पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । अाजको नागरिकमा खबर छ-त्यही क्षेत्रका मतदाताले भट्टरार्ईलाई संविधानसभा निर्वाचनमा सर्वाधिक मत दिलाएका थिए । अघिल्ला निर्वाचनमा एउटै दलबाट चुनावी मैदानमा उत्रिँदा पनि अधिक मत ल्याएर विजयी भएका उनलाई अहिले त्यही क्षेत्रभित्र चुनावी मैदानमा भिड्दा कांग्रेसको साथ खोज्नुको कारण त्यहाँका मतदाताले भट्टराईसँग मागेका छन् । अघिल्लो पटक मत दिएका उनै मतदातालाई यो पटक अविश्वास गरेर कांग्रेसको साथ खोजेको हो कि भन्ने आशंका पोखरामा बसोबास गर्ने गोरखाली मतदाताले गरेका छन् । देशरभबाट सबैभन्दा बढी मत दिएर जिताउँदा जिताउँदै तपाईले अहिले कांग्रेसको साथ किन खोज्नुभयो ? गोरखाका रमेश श्रेष्ठले पोखरामा भट्टरार्ईलाई यही प्रश्न राखे । गोखराका मतदातालाई पोखरामा भेट्ने क्रममा श्रेष्ठको जिज्ञाशामा भट्टरार्ईको जवाफ थियो, ‘लोकतन्त्रको मुद्दामा कांग्रेससँग केही निष्ठा छ । तर, एमाले र माओवादी रूपान्तरण हुन सकेनन् । लोकतन्त्रको प्रश्नमा मात्र कांग्रेससँग नजिक भएको हुँ । त्यसैले सहकार्य गरेको हुँ । मैले मतदातालाई अविश्वास गरेको होइन ।’ ‘वाम गठबन्धनले लोकतन्त्र निषेध गर्न खोज्यो, तर, हामी वाम लोकतन्त्र बन्न खोजेका हौं,’ उनले भने, ‘वाम र लोकतन्त्र एकैसाथ हुनुपर्छ । तर, कम्युनिष्टले लोकतन्त्र निषेध गर्न खोजे । हामी वाम र लोकतन्त्रको शक्ति बन्न चाह्यौं ।’ वाम गठबन्धनका दल विपरीतलाई निषेध मात्र गर्न खोज्ने भएकाले रूपान्तरण नभएसम्म मिल्न नसक्ने उनले बताए। ‘हामीले कांग्रेससँग तालमेल मात्र गर्न खोजेका हौं । पार्टी एकीकरण होइन,’ उनले भने, ‘यो सहकार्य मात्र हो ।’ गोरखा पालुङटारका जीवन बरालले ठूलो पार्टी नबनेसम्म तपाईले जित हासिल गरे पनि गोरखा कसरी बनाउन सक्नुहुन्छ भनेर भट्टरार्ईलाई जिज्ञासा राखेका थिए । बरालको जिज्ञासामा भट्टरार्ईले भने, ‘विपक्षी दलले बाबुरामले जिते पो के हुन्छ र ? सानो पार्टी भएकाले जिते पनि केही गर्न सक्दैनन् भन्ने तरिकाले आपूmबिरुद्ध प्रचार गरेका छन् । त्यसलाई जवाफ दिन म उत्रिएको हुँ ।’ ‘जन्मिँदा जो कोही सानो हुन्छ । भर्खर जन्मेको सानो शक्तिलाई ठूलो बनाउन जरुरी छ । एकैपटक ठूलो हुन नसके पनि अजेन्डा सेट गर्न सक्नेगरि संसदमा पुग्यौ भने अरु दल सोच्न बाध्य हुनेछन्,’ उनले भने । गोरखा मान्बुका सन्त लामिछानेले जित्ने आधार के छन् भनेर सोध्दा भट्टरार्र्ईको जवाफ थियो, ‘नयाँशक्तिले नयाँपन दिन खाजेको हो । वैकल्पिक धार सिर्जना गर्न हामी आएका हौं । त्यसैले नयाँशक्तिले जोखिम उठाएको छ ।’ कुनैपनि नयाँकाम गर्दा पागलपान हुने र त्यो पागलपन आपूmले बुझेको पनि उनले बताए । उनले कांग्रेससँग लोकतन्त्रका सन्दर्भमा मात्र निकट भएको तर, पार्टी एकीकरण सम्भव नरहेको दोहो¥याए । ‘गोरखाले मबाट धेरैकुराको अपेक्षा गरेको छु,’ उनले भने, ‘विकास र समृद्धिको चाहना पुरा गर्नकै लागि म गोरखा आएको हुँ ।’ आफ्ना निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ अनन्य मित्र भएको र उनीसँग आफ्नो कुनै दुस्मनी नरहेको पनि भट्टराईले बताए । ‘नारायणकाजी मेरा अनन्य मित्र हुनुहुन्छ । उहाँसँग मेरो कुनै दुस्मनी छैन,’ उनले भने, ‘बाबुरामले हार्ने वा जित्ने भन्ने होइन । मात्र मुलुकले बाटो कस्तो लिने भन्ने हो । परम्परागतरूपमा जाने वा नयाँ बाटोमा जाने भन्ने चासो हो ।’ भट्टरार्ईले पोखरामा बसोबास गर्ने पोखरेलीसँग मत माग्दै आफ्नो विजयबाट गोरखाले नर्सरी मात्र बनाउने बताए । नर्सरीको विरुवालाई फलाउने, पूmलाउने, बढाउने जिम्मा मतदाताको हातमा रहेको उनले बताए । ‘यो व्यक्तिको चुनाव नभएर नेपालको भविश्य दिशा कता लैजाने भन्ने हो,’ उनले भने, ‘गोरखाको विकासलाई उकास्नका लागि पनि मेरो विजयी हुनु जरुरी छ ।’ गोरखा अहिले विकासको दृष्टिले ७५ जिल्ला (हाल ७७) मध्ये ५० औं नम्बरको हाराहारीमा रहेको पनि उनले बताए । ‘समृद्धिका हिसाबले गोरखा अल्पविकसितमा गनिन्छ । गोरखाले म बाट धेरै नै अपेक्षा गरेको छ,’ उनले भने, ‘यो निर्वाचनले ५ वर्षका लागि मात्र नभई नेपालको नीतिको दिशानिर्देश पनि गर्नेछ ।’ मतदातासँग भट्टराईले गोरखाको विकासका लागि आफू प्रधानमन्त्री र अर्थमन्त्री हुँदा धेरै काम गरेको र अझै पनि काम गर्न बाँकी रहेको उनले बताए । ‘यो निर्वाचनको परिणाम ५ वर्षका लागि मात्र होइन । यसको असर वर्षाैसम्मका लागि पनि रहनेछ,’ उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE