Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्रदेशको राजधानी यी सहरमा हुँदैछ, प्रदेश प्रमुख हुन यस्तो योग्यता चाहिन्छ

\"\"पाँच साताभित्र प्रदेश सभाको पनि निर्वाचन हुँदै छ, तर जनप्रतिनिधि कुन सहरमा भेला हुने भन्ने पनि निश्चित छैन – प्रदेश सभाको निर्वाचन एक महिना पनि बाँकी छैन । जनप्रतिनिधि कहाँ भेला हुने भन्ने पनि टुंगो छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकार आफैँ अन्योलमा छ । मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएकाले ढिलाइ भएको हो । ‘औपचारिक प्रस्ताव त आएका थिएनन्, अनौपचारिक रूपमा धेरैपटक छलफल भएको थियो,’ पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘अन्य प्रमुख दलहरूको सहमतिमा मात्र प्रदेशको अस्थायी राजधानी तोक्ने प्रधानमन्त्रीको विचार थियो ।’ अाजको नयाँ पत्रिकामा खबर छ-तर, प्रधानमन्त्री देउवाले त्यसबारे एमाले र माओवादीसँग अझै औपचारिक छलफल गरिसकेका छैनन् । दुई साताअघि सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न पुनर्संरचना समितिले सातवटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव गरेको थियो । पहिला राजधानी तोक्ने मापदण्ड र त्यही मापदण्डका आधारमा राजधानी प्रस्ताव गरेको सामान्य प्रशासन मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता नमराज घिमिरेले बताए । त्यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनुपर्नेमा अझैसम्म नपठाइएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको राजधानी तोक्ने विषय राजनीतिक रूपमा मिलाउनुपर्ने भएकाले प्रस्ताव मन्त्रिपरिषद्मा पेस नगर्न भनिएको मन्त्रालयले जनाएको छ । निवर्तमान मुख्यसचिव क्षेत्रीले प्रदेशको अस्थायी राजधानी तोकेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई पनि निर्देशन दिएको बताए । मन्त्रिपरिषद्को निर्देशनअनुसार गृह मन्त्रालयले त्यसबारे गृहकार्य गरिरहेको उनको भनाइ छ । प्रदेशको राजधानी प्रशासनिक सुगमता मात्र नभएर सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त हुनुपर्ने भएकाले गृह मन्त्रालयलाई पनि गृहकार्य गर्न जिम्मेवारी दिएको हो । देश राजधानीका लागि प्रस्तावित सहर प्रदेश नं. १ – सुनसरी  प्रदेश नं. २ – जनकपुर  प्रदेश नं. ३ – काठमाडौं उपत्यका  प्रदेश नं. ४ – पोखरा प्रदेश नं. ५ – दाङ  प्रदेश नं. ६ – सुर्खेत प्रदेश नं. ७ – कैलाली प्रदेश सभा सचिवालयमा ३२९ स्थायी कर्मचारी प्रदेश सभा सचिवालय सञ्चालनका लागि ४७ जना कर्मचारीको स्थायी दरबन्दी आवश्यक पर्नेछ । प्रतिवेदनले उल्लेख गरेअनुसार सचिवालयको सहयोगी तहको सेवा प्रवाहका लागि थप करिब २० जना अस्थायी एवं सेवा करारका कर्मचारी आवश्यक पर्नेछ । प्रदेश सभा गठनपछि आवश्यक केही कर्मचारी संख्यामा थपघट हुन सक्दछ । यसरी हेर्दा सात प्रदेशमा ३२९ जना स्थायी कर्मचारी हुनेछन् भने १४० जना अस्थायी वा सेवा करारका कर्मचारी आवश्यक पर्नेछन् । प्रदेश प्रमुख पनि अन्योलमा प्रदेश प्रमुखको मापदण्ड, सेवा, सर्त र सुविधासम्बन्धी ऐन संसद्बाट स्वीकृत भइसकेको छ । अधिकारसम्पन्न पुनर्संरचना समितिले प्रस्ताव गरेको त्यस्तो मस्यौदा प्रस्ताव ऐनको रूपमा आइसकेको छ । तर, त्यसैका आधारमा प्रदेश प्रमुख तोक्न भने सरकारले आलटाल गरेको छ । सरकारले अहिलेसम्म प्रदेश प्रमुख तोक्न कुनै गृहकार्य नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कानुनी रूपमा प्रदेश प्रमुख तोक्न र प्रदेशको अस्थायी राजधानी तोक्न कुनै समस्या नभएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यस्ता छन् प्रदेश प्रमुख हुन चाहिने योग्यता -संघीय संसद्को सदस्य हुन योग्य भएको – ३५ वर्ष उमेर पूरा भएको – कानुनले अयोग्य नभएको काम, कर्तव्य र अधिकार – संविधान र कानुनबमोजिम प्राप्त अधिकारको प्रयोग गर्ने, प्रदेश मुख्यमन्त्रीको नियुक्ति गर्ने – प्रदेश मुख्यमन्त्री र प्रदेश मन्त्रीलाई शपथग्रहण गराउने, प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा काम गर्ने -प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण गर्ने – प्रदेश विधेयक प्रमाणीकरण गर्ने र प्रदेश अध्यादेश जारी गर्ने प्रदेश प्रमुखको नियुक्तिको मापदण्ड – संविधान, कानुन र प्रशासनको क्षेत्रमा अनुभवप्राप्त – स्वच्छ छवि र राष्ट्रिय ख्यातिप्राप्त – नियुक्ति हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको – समाजमा महत्वपूर्ण योगदान पुर्याएको – सम्बन्धित प्रदेशभित्रको मतदाता नभएको वा स्थायी बसोबास नभएको
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE