Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

फेरि गाडी भीरबाट खस्यो

\"\"काठमाडाैं । धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी शनिबार बिहान भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै सोमबार उदयपुर र गुल्मीमा भएका डरलाग्दा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जिप सोमबार दिउँसो भीरबाट खस्दा नौ जनाको र बुटवल-तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका-४, वीरवासस्थित बन्द्रखुट्टामा यात्रुवाहक माइक्रोबस भीरबाट खस्दा नौ जनाको ज्यान गएको हो । उदयपुरको दुर्घटनामा परेका नौमध्ये आठ जनाको घटनास्थलमै र चालक कटारी नगरपालिका-२ का २८ वर्षीय हरि कार्कीको उपचारक्रममा कटारी अस्पतालमा मृत्यु भएको हो । अाजको अन्नपूर्णमा खबर छ-सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी-बेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका-११, लेखानी ठाँटीमा ना.१ज ३४०४ नम्बरको जिप दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा नेपाली सेनाको अमरदल गण सोलुखुम्बुमा सिपाही पदमा कार्यरत सप्तरी वैखा-६ का रुपेन्द्र वुर्जा, उदयपुरको रामपुरठोक्सिलाका सन्देश किराँती, ओखलढुंगा शेर्मा-३ का ईश्वरप्रसाद भट्टराई, सप्तरी कविलासा-३ का गंगाराम साह, सप्तरी वयरगाडा-४ का राधेश्याम महतो र ठेगाना नखुलेका सविता राई छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मृतकको उमेर र केहीको जिल्ला खुले पनि अन्य ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएकी केसुंगा-७, ओखलढुंगाकी अञ्जना राईको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ । चालकसहित ११ जना सवार उक्त जिपबाट आठ वर्षीय बालकलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी भट्टले जानकारी दिए । उकालोमा तान्न नसकेर पछाडि सर्दा जिप भीरबाट खसेको प्रहरीको अनुमान छ । दुर्घटनास्थल कटारी बजारबाट ३५ किलोमिटर उत्तरी भेगको कच्ची सडकमा पर्छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले बताए । यात्राको हिसाबले उदयपुरको सबैभन्दा असुरक्षित मानिने उक्त सडकमा बर्सेनि सवारी दुर्घटना हुँदा दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिव कार्कीको भनाइ छ । कच्ची सडक, त्यसमा पनि क्षमताभन्दा बढी यात्रु, ओभर स्पिड र सडकको नाजुक अवस्थाका कारण बर्सेनि दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । त्यसैगरी, गुल्मीमा माइक्रोबस भीरबाट खस्दा मृत्यु भएका नौ जनामध्ये घटनास्थलमै सात र उपचारक्रममा मिसन अस्पताल पाल्पामा दुई जनाको ज्यान गएको हो । विपरीत दिशाबाट आउँदै गरेको नेपाल टेलिकमले प्रयोग गर्ने लु.१च ४५२२ नम्बरको बोलेरो जिपमा बा.४ख ५५०१ नम्बरको यात्रुवाहक माइक्रोबस ठोक्किएको प्रहरीले जनाएको छ । माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको छ । बोलेरोलाई साइड दिँदा माइक्रोबस भीरबाट खसेको प्रहरीले जनाएको छ । बुटवल-तम्घास सडक कालोपत्रे गरिए पनि धेरै ठाउँमा साँघुरो हुँदा बर्सेनि सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । सडकका अधिकांश ठाउँ साइड दिन नपुग्ने खालका छन् । साँघरो र घुम्ती सडक बर्सेनि दुर्घटनाको कारक बन्ने गरेको यातायात व्यवसायी बताउँछन् । दुर्घटनामा परी छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे, गुल्मीको रेसुंगा नगरपालिका-१० सिमिचौरका गाडीचालक अन्दाजी ३२ वर्षीय भीमबहादुर घर्तीमगर, मालिका गाउँपालिका-६ का ३० वर्षीय लालबहादुर मुखिया, इस्मा गाउँपालिका-१, हस्तीचौरकी २७ वर्षीया यमुना पन्थी (मरासिनी), मुसीकोट नगरपालिका-३, बडागाउँकी ५० वर्षीया मानकुमारी थापा, इस्मा गाउँपालिका-६ का २६ वर्षीय दिलबहादुर कुमाल र वडा नम्बर २ पालुखाकी ५० वर्षीया रुवी नेपाली, गुल्मी वेलफेयरमा कार्यरत केवी गुरुङ र रुरु गाउँपालिका-६ रिमुवाकी सुमित्रा दर्लामीको ज्यान गएको सशस्त्र प्रहरी बल गुल्मीका नायब उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए । माइक्रोमा १७ जना सवार थिए । गाउँकै सरस्वती माविका शिक्षक पाण्डे जीवनसंगिनी अमृताको स्वास्थ्योपचारका लागि बुटवल पुगेका उनी सोमबार घर फर्कंदै थिए । अस्पतालले दुई दिनभित्र पुनः जाँच गर्न आउनू भनेपछि उनी श्रीमतीलाई बुटवलस्थित आफन्तकोमा छाडेर घर फर्किएका हुन् । घाइते हुनेमा इस्मा गाउँपालिका-१, हस्तीचौरकी चार वर्षीया सिर्जना मरासिनी, सोही ठाउँकै दुई वर्षीया सृष्टि मरासिनी, रुरु गाउँपालिका-१ का १९ वर्षीय माधव पोखरेल, मुसिकोट नगरपालिका-२ का २३ वर्षीय प्रकाश केसी, गुल्मी दरबार गाउँपालिका-४ का २२ वर्षीय गोकुल कार्की, मालिका गाउँपालिका-६ अर्जेका सुमन कार्की, मालारानी गाउँपालिका-१, अर्घाखाँचीका २९ वर्षीय विष्णुप्रसाद भुसाल र रेसुंगा नगरपालिका-१० की १० वर्षीया रविना दर्लामी रहेको सशस्त्र प्रहरी बल गुल्मीका डीएसपी प्रेमप्रकाश सिग्देलले जानकारी दिए । घाइतेमध्ये आठ जनाको लुम्बिनी मेडिकल कलेज बुटवल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE