Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कांग्रेसबाट समानुपातिकमा को–को परे ?

\"\"काठमाडैँ । नेपाली कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधिसभाको लागि समावेस गरेको बन्दसूचि आइतबार हेरफेर गरेको छ ।हेरफेर गरेको बन्दसूचिमा कांग्रेसले सवैभन्दा माथि कांग्रेसका पाका नेता कुलबहादुर गुरूङ, संसदीय वोर्डका सदस्य बालकृष्ण खाँड, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढु, कोषाध्यक्ष सीतादेवी यादब, पूर्वकोषाध्यक्ष त्रिचलेखा यादब, केन्द्रीय सदस्य सुजाता कोइराला, बहादुरसिंह लामा महिला नेतृहरू मीना पाण्डे, रीता खनाल, इश्वरी न्यौपाने, सूर्यमान गुरूङ, नरहरि आचार्य, रामबहादुर बस्नेत, रामनाथ अधिकारीको नाम समावेस गरिएको छ । आइतबार हेरफेर गरिएको सूचिमा महिलो नम्वरमा नाम राखिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम हटाइएको छ । जनप्रहार साप्ताहिकमा खबर छ-महिला संघकी अध्यक्ष उमा रेग्मी, यसअघि नैं समानुपातिक प्रणालीबाट सांसद भएकी झापाकी महेन्द्र लिम्वु, कोइराला परिवारकी चर्चित सदस्य मृदुला कोइारला पनि समानुपातिकमै सिफारिस भएका छन् । न्यौपाने र गुरूङ यसअघि पनि समानुपातिकबाटै सांसद भएका थिए । त्यस्तै, वोर्ड सदस्य खुमबहादुर खड्काकी पत्नी शीला खड्का, केन्द्रीय सदस्य पुष्पा भूषाल र रामचनद्र पौडेलकी विश्वास पात्र कमला पन्तलाई पनि समानुपातिकको बन्दसूचिमा नाम समावेस गरिएको छ । खड्का र पन्त दोहोर्याएर समानुपातिकबाट सांसद बन्ने दाउमा छन्, तर स्रोतका अनुसार पन्तको नाम महिला कोटातर्फ पुछरमा राखिएको छ । गच्छदारको पाँच सिफारिस नेपाली कांग्रेसले भर्खरै पार्टीमा बिलय भएको नेपाल लोकतान्त्रिक फोरमका नेता बिजयकुमार गच्छदारको सिफारिसमा पाँच जनाको नाम बन्द सूचिमा राखिएको छ । समाचार स्रोतका अनुसार गच्छादारले पार्टीका तत्कालिन महासचिव भारतेन्दु मल्लिकको नाम एक नम्वरमा सिफारिस गरेका छन् । उनले सिफारिस गरेका वाँकी चार जनाको नाम गोप्य राखिएको छ । गच्छदारले यसअघि समानुपातिक सूचिमा नाम समावेस भएका मन्त्री तथा पार्टी उपाध्यक्ष भएका जितेन्द्रकुमार देव, डा. बाबराम पोखरेल, डा. सुवोधकुमार पोखरेल, गीता राणा क्षेत्रीलाई यस पटक राखेका छैनन् । चर्चित यूवा गणेश लामाले भने काभ्रे क्षेत्र नम्वर एकको क र ख मध्ये एउटा प्रदेशसभाबाट टिकट पाउने भएका छन् । पौडेल र सिटौला गुटका नेता रित्तो हात कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई फाईदा पुगोस वा नपुगोस भन्ने मतलब नराखी आफ्नै पार्टी भित्रका प्रतिष्पर्धीलाई सिध्याउन जरो काट्न लागेका छन् । यतिसम्मकी उनले बाजुराका स्थायी वासिन्दा भएर पनि दुई पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका यूवा नेता बद्री पाण्डेलाई सिध्याउन प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिक कतै पनि उम्मेदवार बनाएनन् । बरू जिल्ला सभापति कबिराज पाण्डितलाई प्रतिनिधिसभाकै लागि उम्मेदवार बनाए । यो त एउटा उदाहरण मात्रै हो । देउवाको तारो बनेका वा कोपभाजनमा परेका आफ्नै गुटमा रहेर आफैलाई सयोग गरेपनि आफ्नो गुट इतरका नेता प्रकाशमान सिंहसँग राम्रो सम्बन्ध राखेको भन्दै दुइ पटक केन्द्रीय सदस्य भएका सुरेन्द्र प्रसाद पाण्डेलाई पनि प्रतिनिधिसभा वा प्रदेश सभा कतै पनि स्थान दिएका छैनन् । यतिसम्मकी देउवाले पार्टी विधानलाई धोति लगाउँदै कांग्रेसको सदस्यता लिएको पाँच बर्ष पनि नपुगेका डोल्पाका अंगद बुढालाई जिल्ला सभापति आफै घोषणा गरे र आफैले प्रतिनिधिसभाको लागि उम्मेदवार बनाए । रामचन्द्र पौडेल गुटको भनेर चिनिएका बैतडीका नरेन्द्रसिंह थापा, दार्चुलाका ललितसिंह बोहोरा, हुम्लाका जयपति रोकाया, जुम्लाका दिपबहादुर शाही, मुगुका खड्गबहादुर शाही, रूकुमका प्रेपप्रकाश वली, लमजुङका भेषबहादुर पौडेल, गोरखाका हरिबहादुर घले, रामेछापका लबश्री न्यौपाने, खोटाङका नरेशकुमार श्रेष्ठ, भोजपुरका नन्दमणी राइ र संखुवासभाका दिपनकुमार श्रेष्ठ जस्ता जिल्ला सभापतिलाई देउवाले प्रतिनिधिसभा त परै जाओस प्रदेश सभाको न प्रत्यक्षतर्फको उम्मेदवार बनाए, नत समानुपातिकमै राखे । देउवाले सिटौला निकटको भन्दै कालिकोटका सभापति हर्षबहादुर बम, सिन्धुपाल्चोकका बिकास तामाङ, पूर्वस्वास्थ्य मन्त्री तारमान गुरूङलाई समेत कतै टिकट दिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE