Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कांग्रेसभित्र भाउजू अातंकः भाउजूको ५ प्रतिशतले कस–कसलाई डुबायो ?

\"\"काठमाडौं । ‘दा’ र दाजुले भरिभराउ भएको नेपाली कांग्रेसमा अचेल भाउजु शक्तिशाली बनेकी छन् । भाउजुको जयगानविना कांग्रेसमा टिकट पाउने, मन्त्री बन्नेमात्र होइन स–साना ठेक्का पनि हात लाग्दैनन् । अहिले शक्तिशाली बनेकी भाउजुको आशिरर्वाद पाए कांग्रेसको कल्याण हुने गरेको छ । सुशिल कोइरालाको नेतृत्व हुन्जेलसम्म कांग्रेसमा काम पाउने र अवसर पाउने कम थिएनन् । तर, जब सभापतिमा शेरबहादुर देउवाले जिते, प्रधानमन्त्रीमा पनि निर्वाचित भए त्यसपछि भाउजुको शासन बलियो भयो । जनप्रहार साप्ताहिकमा खबर छ-देउवापत्नी आरजु राणा देउवाको रवाफले कांग्रेसको भविष्य नै दाउमा लागेको चर्चा सुरू भएको छ । सरकारी काम होस्, मन्त्री नियुक्ति होस्, सभासदमा सिफारिस पर्नुपरोस् वा कुनै खास लाभका पदमा पुग्नका लागि कांग्रेसमा आरजुलाई भेटी चढाउनुपर्ने प्रवित्तिले जिल्लाका पुराना कांग्रेसहरू पनि दिक्क भएका छन् । ‘यो भाउजुप्रवित्तिले अब गलियो, कति गर्ने ? संघर्ष गरेको पार्टीलाई ठूलो बनाएको केही नदेख्ने ? जहाँ ५ प्रतिशत पाइयो त्यहाँ मात्र अवसर दिने चलन बढेको छ’, स्रोतले भन्यो,‘यतिबेला त झन समस्यामा पारिरहेकी छन् ।’ अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुरलाई भन्दा पनि उनकी पत्नीका लागि समय लिएर भेट्न जानेको लर्को ठूलो छ । नहुनु पनि कसरी ? कांग्रेसमा कुनै योगदान नगरी नै आरजु पटक–पटक सांसदमा सिफारिस परेकी छन् । यस पटक पनि समानुपातिकको सबैभन्दा माथि उनकै नाम रहेको छ । कांग्रेसभित्र भएको ६० र ४० प्रतिशतको भागवन्डाको श्रेय पनि भाउजुलाई जाने गरेको छ । उनले त्यहि ६० प्रतिशतभित्र आफ्ना एजेन्डालाई स्थापित गर्न थालेकी छन् । ‘पैसाले कहिले पनि नपुग्ने परिवार रहेछ, टिकट लिन जाँदा पनि दिनुपर्ने, लिएर जितिसकेपछि पनि बुझाउन जानुपर्ने । कहिलेसम्म बुझाउने ?’, एकजना पुराना कांग्रेसीले भने । आरजुका कारण देउवा पक्षलाई जिल्ला जिल्लामा बोकेर हिँड्ने कार्यकर्ताको अहिले विचल्ली भएको छ । न अवसर पाएका छन् न त जिम्मेबारी नै । बरू, देउवाले उनीहरूलाई वास्ता गर्न नै छाडेका छन् । केही कांग्रेस कार्यकर्ताले देउवाको पत्नीमुखी स्वभावका कारणले अवसरबाट बञ्चित धेरैले कांग्रेस छाड्न लागेका छन् । त्यसो त आरजुको नजिक भएका कारणले नै प्रहरी एआइजी जयबहादुर चन्द आइजीमा नियुक्त भएका थिए । त्यसको कानुनी अड्चन झेल्न कठिन भएपछि आरजुका कारणले नै उनलाई ब्याक गरिएको थियो । पार्टीको आन्तरिक जीवनमा त आरजु नराम्रोसँग हावी भएकी छन् । अहिलेसम्म पार्टीभित्र पदाधिकारी नियुक्ति नगरिनुको कारण पनि आरजुको दबाब रहेको बताइन्छ । त्यतिमात्र होइन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेतलाई पनि आरजुले नै सेट गराएको कांग्रेसभित्र चर्चा चलिरहने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE