Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

\"\"काठमाडाैं । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ। सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ। कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ। हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । आजको गोरखापत्रमा खबर छ-सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ। ” उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरे। “परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौँ”, अध्यक्ष डा. पौडेलले भने। बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ। बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले हालको मूल्याङ्कन प्रणाली वैज्ञानिक नभएको तर्क गर्दै उत्तीर्ण र अनुत्तीर्ण व्यवस्थालाई हटाउन खोजिएको बताए। यस वर्षको कक्षा ११ को परीक्षा गत असारमा सञ्चालन गरिएको थियो र आगामी मङ्सिरमा नतिजा सार्वजनिक गरिँदैछ। अध्यक्ष प्रा.डा. पौडेलले ‘सिङ्गल सब्जेक्ट सर्टिफिकेसन’को पनि थालनी गरिने जानकारी दिए। उनका अनुसार समग्र नतिजालाई जीपीएका आधारमा विश्लेषण गरिनेछैन। हालसम्म पनि बोर्डको प्रदेश–६ मा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन। उनले अब सबै प्रदेशमा छिटै प्रादेशिक संरचना स्थापना गरिने बताउँदै प्रादेशिक निकायले कक्षा १० को परीक्षा (एसईई) सञ्चालन गर्ने बताए। “आगामी वर्षबाटै बोर्डको प्रादेशिक निकायले एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्दैछौँ, त्यसपछि हालको पनिका स्वतः खारेज हुनेछ”, उनले भने। यसैबीच बोर्डले कात्तिक १६ देखि १८ गतेसम्म धुलिखेलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा नेपालबाहेक भुटान, भारत, पाकिस्तान, मरिसस, सिङ्गापुर र बेलायतका प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनले परीक्षा बोर्डको मूल्याङ्कन विधिका बारेमा नयाँ अवधारणा तय गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE