Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मतदाता ओसार्न जहाज चार्टर

[caption id=\"attachment_160443\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् । वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ । ‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ’, लामाले भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ । उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’ अाजको कान्तिपुरमा खबर छ-शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउ‘छन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ । कर्णाली क्षेत्रका दुई जिल्ला हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । मोटरबाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता–कार्यकर्ता पनि उम्मेदवारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन् । हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आई पैदल हिँडेर गाउ‘ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले थपे, ‘पॉच वर्ष उद्योग चलाएर चुनाव लड्नेलाई ठिकै छ, पार्टी चलाएर बस्ने इमानदार नेतालाई एकदमै गाह्रो छ ।’ काठमाडौं तथा नेपालगन्जबाट हुम्ला, डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रतिव्यक्ति ९ हजारदेखि १५ हजारसम्म छ । दुर्गममा थोरै भोटले हारजित हुन्छ । त्यसैले आफ्ना पार्टी नेता(कार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेदवारको चुनौती बनेको छ । प्रदेशसभातर्फ मुगु ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवारीको तयारी गरेका राजु कार्कीले दसैंतिहार सेरोफेरोमै प‘ाच चार्टर गरेर मतदाता ओसारे । त्यस्तै, खत्याड क्षेत्रका झन्डै ३ सय मतदाता उनकै पहलमा गाउ‘ फर्किए । तर, वाम गठबन्धनपछि मुगुका प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा एमाले उम्मेदवार मात्र उठ्ने सहमति भयो । ‘मैले हवाइ र स्थलमार्गबाट करिब ३ सय मतदाता फर्काउन सघाएँ,’ उनले भने, ‘उम्मेदवारी नपाएपछि त्यो खर्च वाम गठबन्धनका लागि भयो भन्ने ठानेको छु ।’ गत संविधानसभामा सदस्य उम्मेदवार भई पराजित एमाले हुम्ला अध्यक्ष दल रावल मोटरबाटोले नछोएको दुर्गम हिमाली जिल्लाका चुनाव निकै महंगो हुने गरेको बताउँछन् । अघिल्लो निर्वाचनमा आफूले सबैभन्दा कम दुईपटक जहाज चार्टर गरेको उनको दाबी छ । ‘नेता–कार्यकर्ताको दबाब त असाध्यै हुन्छ । तर, सामान्य उम्मेदवारले सक्दैन,’ उनले भने, ‘चुनावी खर्च थामिनसक्नै छैन ।’ अहिले उनी हुम्ला प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् । डोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार धनु बुढा अहिले चुनावी प्रचारप्रसारका लागि माथिल्लो भेगमा छन् । तर, उनले काठमाडांै र नेपालगन्जमा रहेका शुभेच्छुक कार्यकर्तालाई हवाइ चार्टर गरेर चुनावअघि जिल्ला ल्याउने व्यवस्था मिलाइसकेको एमाले डोल्पाले जनाएको छ । गत संविधानसभा निर्वाचनमा उनले करिब दर्जनपटक जहाज चार्टर गरेर मतदाता ओसारेका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार अंगद बुढाले पनि जिल्ला फर्किने आफ्ना मतदाताको सूची तयार गरिरहेका छन् । ‘मुख्य प्रतिस्पर्धी उम्मेदवार हो भने कम्तीमा ५/७ जहाज चार्टर नगरी चुनाव जित्ने स्थिति छैन । उम्मेदवारको मुख्य खर्च मतदाता ओसार्नै छ,’ डोल्पा कांग्रेसका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य एवं हुम्ला ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार जीवनबहादुर शाही १२ देखि १५ हजारसम्म भाडा तिरेर मतदाता ल्याउनु निकै खर्चिलो हुनेबताउ‘छन् । ‘एकातिर हिउ‘ पर्न लागेको छ । चुनाव आउन थालिसक्यो । ठूलो भूगोल छ, उत्तिकै दुर्गम,’ उनले भने, ‘हामीलाई त चुनाव सजाायजस्तै भएको छ ।’ शाहीले ६० मतदाता रहेको नाम्खा गाउ‘पालिका ४ स्थित चालागाउ‘ पुग्न तीन दिन हिँड्नुपर्ने उल्लेख गर्दै भने, ‘सुगम र सहरका धनीलाई सस्तो अनि दुर्गमका गरिबका लागि चुनाव महँगो छ । कार्यकर्ता परिचालन पनि उत्तिकै महंगो रहेको उनले सुनाए । ०७० को संविधानसभा चुनावमा उनले ६ वटा जहाज चार्टर गरे । बाजुरा हु‘दै स्थलमार्गबाट उत्तिकै संख्यामा अगुवा कार्यकर्ता र मतदाता हुम्ला ओसारे । अहिले पनि जिल्लाको सिंगो चुनाव परिचालनको दायित्व आफ्नै भएकाले मतदाता ओसार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै शाहीले भने, ‘चुनावमा उठेपछि एक भोटको पनि माया लाग्दो रहेछ । त्यो भोट महंगो भाडा तिरेर ल्याउँदा साह्रै मर्का पर्ने गरेको छ ।’ निर्वाचन आचारसंहिताअनुसार मोटर चल्ने जिल्लाहरुमा प्रतिनिधीसभा सदस्य उम्मेदवारले चारवटा चारपाङ्ग्रे हलुका सवारीसाधन र चारवटा मोटरसाइकल प्रयोग गर्न पाउ‘छ । त्यस्तै, प्रदेशसभा सदस्यले दुइटा हलुका सवारीसाधन र दुइटा मोटरसाइकल प्रयोग गर्न पाउने व्यवस्था छ । तर, न आयोगले तराईका उम्मेदवारका गाडी र मोटरसाइकल रोक्न सकेको छ, न त हिमाली जिल्लामा हुने हवाइ चार्टर । चार वटै घोडाको प्रावधान पनि अव्यावहारिक भएको शाही बताउँछन् । ‘सिंगो हुम्लाभर चुनाव प्रचारप्रसार सक्न तीन महिना लाग्छ । न्यूनतम खर्च गर्दा पनि आयोगको आचारसंहिताले धान्दैन,’ हुम्लाका प्रदेशसभा सदस्य उम्मेदवार शाही व्यंग्य गर्छन्, ‘निर्वाचन आयोगले पार्टी र उम्मेदवारलाई जबर्जस्ती कम खर्चको झुटो विवरण पेस गर्न लगाउने गरेको छ ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE