Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मध्येराति वामदेवको घरबाट एमालेले प्रत्यक्षतर्फ टुंग्यायो ५०% उम्मेदवार (सूचीसहित)

\"\"काठमाडाैं । नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफ्नो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको नाम एमालेले टुंग्याएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-बैठकले प्रदेश नम्बर ७ का उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पनि छलफल भए पनि निर्णय भएको छैन । बाँकी प्रदेशहरूका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘अन्य प्रदेशका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाउँछौँ,’ श्रेष्ठले भने, ‘समानुपातिकतर्फ पनि आइतबार बुझाइएको सूचीमा केही नाम थपघट हुन सक्छ ।’ निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फ बुझाइएको संशोधित सूचीमा मंगलबार केही नाम हटाउन र थप्न पाइनेछ । सोही कारण एमालेसहित प्रमुख दलहरूले समानुपातिकतर्फको सूची सार्वजनिक गरेका छैनन् । ‘पार्टीले सर्वसम्मत रूपमा समानुपातिकतर्फका योग्य उम्मेद्वारहरूको नाम टुंग्याइसकेको छ,’ केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले भने, ‘प्रत्यक्षतर्फका बाँकी उम्मेदवारको नाम पनि मंगलबारै टुंगो लाग्नेछ ।’ दोस्रो चरणका लागि १६ कात्तिकमा उम्मेदवारी मनोनयन रहेकाले मंगलबार अबेरसम्म सबै उम्मेदवारहरूको नाम टुंग्याउने दबाबमा एमाले छ । बाँकी नाम टुंग्याउन बिहान ११ बजे गौतमनिवास भैँसेपाटीमा पुनः बैठक बस्दै छ । यी हुन् प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वार प्रदेश नम्बर ७ : कञ्चनपुर प्रतिनिधिसभा २ नरबहादुर धामी ३ दीपकप्रकाश भट्ट कञ्चनपुर प्रदेश सभा १ क. तारा लामा तामाङ १ख. मर्यादा विष्ट २ ख. लालबहादुर खड्का ३ क. प्रकाश रावल कैलाली : प्रतिनिधिसभा १. गरिमा शाह २. झपट रावल ५. नारदमुनि राना डोटी : प्रतिनिधिसभा १. प्रेम आलेमगर सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार -केपी ओली, झापा ५ -माधवकुमार नेपाल, काठमाडौं २ -झलनाथ खनाल, इलाम १ -वामदेव गौतम, बर्दिया १ -भीमबहादुर रावल, अछाम १ -ईश्वर पोखरेल, काठमाडौं ५ -सुवास नेम्वाङ, इलाम २ -विष्णु पौडेल, रूपन्देही २ -प्रदीप ज्ञवाली, गुल्मी १ -गोकर्ण विष्ट, गुल्मी २ -सुरेन्द्र पाण्डे, चितवन १ -भानुभक्त ढकाल, मोरङ ३ -लालबाबु पण्डित, मोरङ ६ -राजेन्द्र राई, धनकुटा -गोकुल बास्कोटा, काभ्रे २ -महेश बस्नेत, भक्तपुर २ -कृष्ण राई, काठमाडौं ३ -राजन भट्टराई, काठमाडौं ४ -रामवीर मानन्धर, काठमाडौं ६ -नवराज सिलवाल, ललितपुर १ -कृष्णलाल महर्जन, ललितपुर २ -जगन्नाथ खतिवडा, उदयपुर २ -खगराज अधिकारी, कास्की १ -रवीन्द्र अधिकारी, कास्की २ -पद्मा अर्याल, स्याङ्जा २ -तिलक महत, नवलपुर २ -दलबहादुर राना, पाल्पा १ -मेटमणि चौधरी, दाङ १ -ऋषिकेश पोखरेल, मोरङ २ -किसान श्रेष्ठ, तनहुँ १ पहिलो सूचीमा जनजाति, अन्तिम सूचीमा मुस्लिम एमालेले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सूचीमा सबैभन्दा अगाडि जनजाति पुरुष र जनजाति महिला, त्यसपछि क्रमशः खस आर्य पुरुष र महिला, मधेसी पुरुष र महिला, दलित पुरुष र महिला तथा अन्तिममा मुस्लिम समुदायको उम्मेद्वारहरूको सूची छ । विजय सुब्बाबाट सुरु भएको नाम मुस्लिम महिला कलिला खातुनमा टुंग्याउँदै एमाले जनजाति पुरुषबाट सुरु भएर मुस्लिम पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई अन्य क्लस्टरमै मिलाउने गरी सूचीमा नाम राखिएको स्रोतले जनाएको छ । अग्रसूचीमा अधिकांश पूर्वसांसद एमालेले समानुपातिकतर्फको सूचीमा यसअघि समानुपातिकबाटै सांसद भइसकेकामध्ये केहीलाई प्राथमिकतासाथ अग्रपंक्तिमा राखेर निर्वाचन आयोगमा नाम बुझाएको छ । दुईपटक सांसद भइसकेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने तथा समानुपातिकबाट सांसद भइसकेकी पूर्वमन्त्री राधा ज्ञवाली, पूर्वसांसद बिन्दा पाण्डेलगायतको नाम खस आर्य महिलामा अग्रपंक्तिमा छ । त्यस्तै, जनजातितर्फ पूर्वसांसदहरू विजय सुब्बा, मधेसी महिलातर्फ जुलीकुमारी महतो, दलिततर्फ रामप्रित पासवान पनि पहिलो नम्बरमा छन् । मुस्लिमतर्फ राजपाबाट भर्खरै प्रवेश गरेका समिममिया अन्सारीको नाम पहिला राखेर मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सिराद अहमद फारुकीको नाम पछि राखिएको छ । मधेसी समूहमा नवप्रवेशी मोती दुगडको नाम पहिलो नम्बरमा राखेर केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको नाम चौथो नम्बरमा राखिएको छ । दुगड व्यापारिक घरानियाबाट पनि प्रतिनिधित्व गर्छन् । पछिल्लो निर्वाचन कानुनअनुसार बन्दसूची हेरफेर गर्न नपाइने भएकाले प्राथमिकताका साथ अग्रपंक्तिमा राखिएका नामहरू सांसद हुने सम्भावना प्रबल हुन्छ । प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका प्रमुख नेता जनजाति : विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ जनजाति महिला : थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झाँक्री, डा. शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर खस आर्य : मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा खस आर्य महिला : राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया मधेसी : मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव मधेसी महिला : जुलीकुमारी महतो, डा. पुष्पा कर्ण, सीता यादव दलित : रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला मुस्लिम : समिममियाँ अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान मुस्लिम महिला : कलिला खान
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE