Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

‘चिलगाडी’ चढ्ने रहर अधुरै

[caption id=\"attachment_160220\" align=\"alignleft\" width=\"750\"]\"\" कोटवाडामा अघिल्लो वर्ष परीक्षण उडानका बेला अवतरण गरेको जहाज हेर्दै स्थानीय ।[/caption] काठमाडाैं । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् । करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । अाजको अन्नपूर्णमा खबर छ-परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् । जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन् । ‘पोहोर माघमा चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’, कोटवाडाकी हस्ता विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुसी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएनन् ।’ स्थानीय बासिन्दा हीरामणि उपाध्याय भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएनन्, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै ? ’जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत-जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् । नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको एक वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय हर्कबहादुर शाहीले आफूहरूमाथि अन्याय भएको बताए । कोटवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । तर, स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् । सरकारले विमानस्थल सञ्चालनमा चासो नदिएको गुनासो जिल्लाका राजनीतिक दलले गरेका छन् । साथै, उनीहरूले तत्काल विमानस्थल सञ्चालनका लागि सामूहिक दबाब दिने जनाएका छन् । आफू पर्यटनमन्त्री हुँदा जीवनबहादुर शाहीले विमानस्थल सञ्चालनका लागि निकै मिहिनेत गरेका थिए । परीक्षण उडानपछि उनले तत्काल नियमित सञ्चालनको समेत वचन दिएका थिए । सरकार परिवर्तनपछि नियमित उडान प्रक्रिया पनि अलपत्र परेको हो । विमानस्थल नियमित सञ्चालनका लागि आफूले पहल जारी राख्ने शाहीले वचन दिँदै आएका छन् । जिल्ला आउने दलका नेता तथा सरकारी अधिकारीलाई स्थानीय बासिन्दाले नियमित उडानको माग गर्ने गरेका छन् । पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु दुःखद भएको उनीहरूको गुनासो छ । कर्णालीका पाँच जिल्लामध्ये कालिकोटबाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । कालिकोटको सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको हो । ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रुपैयाँ खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।०४२ सालबाट निर्माण थालिएको यो विमानस्थलको सशस्त्र युद्धका कारण निर्माणमा ढिलाइ भएको थियो । चिहानमाथि खुसीको पर्खाइ १६ वर्षअघि विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान भएको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । उनीहरू मारिएकै स्थानमा विमानस्थल निर्माण भएको छ। ०५८ साल फागुन १५ गतेको त्यो पीडालाई स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् । चिहानमाथि गत वर्ष जहाज अवतरण गर्दा स्थानीयको पीडा भने केही हल्का भएको थियो । सेनाले मजदुरको हत्या गरेपछि उनीहरूको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । स्थानीय बासिन्दा त्यही चिहानमाथिको विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE