Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अलग अलग मतपत्रमा यी भए परिवर्तन, अर्बौंको भार, मतदान झन्झटिलो

\"\"काठमाडौं । सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्‍यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्रबारे गरेको निर्णय ‘निर्वाचनको सुनिश्चितता’ का लागि भएको आयोगको दाबी छ । सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभाको मतपत्र अलग हुनुपर्ने ‘बाध्यकारी’ भन्दै आयोगसँग प्रगति विवरण मागेपछि निर्वाचनबारे झस्किएको आयोगले आइतबार एकाएक मतपत्र अलगअलग बनाउने निर्णय गरेको हो । तर, त्यससँग जोडिने निर्वाचन व्यवस्थापनदेखि आर्थिक व्यवस्थापनका पक्षले भने आयोग तनावमा छ । अाजको अन्नपूर्णमा खबर छ-अर्कोतिर सर्वोच्चबाट निर्वाचनलाई असर पर्ने कुनै आदेश÷निर्णय वा फैसला नआओस् भन्नका लागि ‘सुझबुझपूर्ण’ निर्णय गरिएको आयोगको भनाइ छ । आयोगले प्रदेश र प्रतिनिधिसभाको मतपत्र फरकफरक हुने निर्णयसहितको प्रगति विवरण सोमबार सर्वोच्चमा पेस गर्दै छ । ‘कोही/कतैबाट निर्वाचन हुन नदिने षड्यन्त्र हुने क्रममा रहेछ भने आयोगले सफल हुन दिँदैन भन्ने सन्देश पनि हो’, निर्वाचन आयुक्त सुधीर शाहले भने, ‘निर्वाचन सार्ने वा हुन नदिने हल्लाका पछाडि आयोग लाग्दैन । आयोगको सम्पूर्ण शक्ति तोकिएको मितिमा चुनाव गराउने हो ।’ मतपत्रमा परिवर्तन गरिए - प्रदेश र प्रतिनिधिसभामा तीनवटा मतपत्र हुने - पहिलो र दोस्रो मतपत्र प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षतर्फ हुने - तेस्रो मतपत्रमा दुवै तहका समानुपातिक - हालको डिजाइन परिवर्तन गर्नुपर्ने - तीनवटा मतपत्र भए थप डेढ करोड मतपत्र छाप्नुपर्ने - मतपत्रमा मात्रै १० करोड बढी खर्च लाग्ने प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एउटै मतपत्र बनाउने निर्णय गरी जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने अन्तिम तयारी गरेको आयोगले मतपत्र फरक-फरक बनाउने निर्णय गरेपछि व्यवस्थापनका कार्य पुनः सुरु गर्नुपर्ने अवस्थामा पुगेको छ । ‘फरकफरक मतपत्र बनाउँदा निर्वाचन व्यवस्थापनदेखि आर्थिक पक्षमा के-के प्रभाव पर्छ भनेर अदालतमा विस्तृत विवरण पेस गर्दै छौं’, अर्का एक आयुक्तले भने, ‘आयोगले गरिरहेको तयारी ठीक छ भनेर अदालतले भन्यो भने हामी पुरानै निर्णयअनुसार पनि अघि बढ्छौं ।’सर्वोच्चले गर्न सक्ने कुनै पनि आदेश वा निर्णयलाई ध्यान दिई आयोग ‘निर्वाचनको सुनिश्चितता’ का लागि तयारी अवस्थामा बसेको आयुक्तहरूको भनाइ छ । आयोगको पछिल्लो निर्णय कार्यान्वयन भए मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभामा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्छ । पहिलो र दोस्रो मतपत्र प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षका उम्मेदवारको हुनेछ भने तेस्रो मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकको एउटै मतपत्रमा दुईवटा चुनाव चिह्नमा मत दिनुपर्छ । तीनवटा मतपत्र हुँदा समय धेरै लाग्ने र मतदाता पनि अलमलमा पर्ने सम्भावना रहेको आयोग पदाधिकारी बताउँछन् । ‘अहिले हामीले गरेको निर्वाचनसम्बन्धी सबै व्यवस्थापनलाई पुनः सुरु गर्नुपर्छ’, आयुक्त शाहले भने, ‘त्यसबाट आर्थिक पक्षदेखि कर्मचारी, सुरक्षाकर्मी, मतदाता शिक्षा सबै कार्यक्रम थप गर्नुपर्छ ।’ मतपत्रका लागि हाल भएको डिजाइन परिवर्तन गर्नेदेखि मतपत्रका लागि करोडौं बजेट थप लाग्ने आयुक्तको भनाइ छ । आगामी निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता छन् । तीनवटा मतपत्र भए आयोगले थप डेढ करोड मतपत्र छाप्नुपर्छ । ‘मतपत्रमा मात्र १० करोड बढी खर्च लाग्ने देखिन्छ,’ आयोगका एक आयुक्तले भने । मतपत्र थप भए मतपेटिकादेखि मतदान अधिकृत, सहायक कर्मचारीदेखि सुरक्षाकर्मी पनि थप चाहिने आयोगको भनाइ छ । मतपत्र थपिनेबित्तिकै आयोगलाई अर्बौंको थप बजेट चाहिने आयोगका पदाधिकारीको भनाइ छ । ‘केकति बजेट थप चाहिन्छ भन्ने विवरण तयार पारिरहेका छौं’, आयुक्त शाहले भने, ‘थप बजेट अर्बभन्दा बढी पनि हुन सक्छ । सबै विवरण सर्वोच्चमा पेस गर्दै छैाँ ।’मतपत्रसम्बन्धी आयोगको नयाँ निर्णयले निर्वाचन सामग्री ढुवानीमा पनि प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । आयोगले मतपत्रजस्ता संवेदनशील वस्तुबाहेक ९५ प्रतिशत सामग्री सडकमार्फत जिल्ला-जिल्ला पुर्‍याउने तयारी गरेको थियो । ‘अब उल्टो हुन्छ, आयुक्त शाहले भने, ‘अब हामीले ८० प्रतिशत सामग्री हेलिकोप्टरबाट पुर्‍याउनुपर्ने अवस्था आउँदै छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE