Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

वाम गठबन्धनको क्षेत्र बाँडफाँडः ११५ को टुंगियो १३ को बाँकी

\"\"काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो । अब पाँच जिल्लाका १३ क्षेत्रको मात्रै टुंगो लाग्न बाँकी छ । एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए । २१ मंसिरमा दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदै छ । क्षेत्र बाँडफाँड टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने एमाले र माओवादी केन्द्रको तयारी छ । ‘पाँच जिल्लाबाहेक सबै क्षेत्रको टुंगो लागेको छ,’ एमाले नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘टुंगिएका क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाउने गरी अब छलफल अघि बढ्नेछ ।’ टुंगिन बाँकी जिल्लामा झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दुई/दुई सिट दाबी गरेको छ । उदयपुरमा प्रतिनिधिसभा र प्रदेश सभाको पनि टुंगो लागेको छैन ।
टुंगिन बाँकी जिल्ला झापा, सुनसरी, उदयपुर, चितवन र सल्यान 
त्यस्तै, चितवन २ र सल्यानमा दुवै दलले प्रतिनिधिसभामा दाबी गरेका छन् । सल्यानको प्रतिनिधिसभा छाड्न तयार भए पनि एमालेले प्रदेश सभाको दुवै सिटमा अडान राखेको छ । त्यस्तै, महोत्तरी–१ प्रदेशतर्फको सिट पनि टुंगो लाग्न बाँकी छ । दाङ–२ माओवादीले लिने र प्रदेशमा एमाले नेता शंकर पोखरेलले उम्मेदवारी दिने गरी संयोजन समितिमा समझदारी बनेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । त्यस्तै, दैलेख र सुर्खेतमध्ये एउटा जिल्लामा माओवादी केन्द्रले प्रतिनिधिसभा पाउनुपर्ने अडान कायम राखेको छ । एमालेले भने सल्यान छाड्न तयार रहेको, तर पकड रहेको दुई जिल्लामा प्रतिनिधिसभा आफैँले राख्न पाउनुपर्ने अडान राखिरहेको छ । कार्यदलले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको क्षेत्र बाँडफाँड टुंगो लगाएको छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १, ८ र १० लिने, बाँकी सबै एमालेले लिने समझदारी भएको छ । त्यस्तै, भक्तपुरका दुवै क्षेत्र र ललितपुरको १ र २ एमालेले र ३ नम्बर क्षेत्र माओवादीले लिने समझदारी भएको नेताहरूले बताए । २ नम्बर प्रदेशमा १६–१६ सिट बराबरी भागबन्डा गर्ने समझदारी भएको छ । तेह्रथुम, धनकुटा, काभ्रे, मकावनपुर, नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बर्दिया, प्युठान र कैलालीका क्षेत्र बाँडफाँड टुंगिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE