Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

रोचक चुनावी भिडन्त: बाबुरामलार्इ कांग्रेसको डर, नारायणकाजीलार्इ एमालेको भर

\"\"काठमाडाैं । कुनै बेला एउटै पार्टीभित्र समान हैसियतमा काम गरेका दुई नेताबीच चुनावी प्रतिसप्रर्धा हुने भएपछि गोरखा–२ अहिले चर्चामा छ । माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्तलाई चौतर्फी रुपमा रोमाञ्चक तरिकाले लिइएको छ । कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन् । अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा–१ बाट विजयी भएका थिए । अाजको नागरिकमा खबर छ-नयाँ शक्ति पार्टी खोलेर माओवादी छाडेपछि उनको सांसद पद गुमेको थियो । यसबाट केही मतदाताले निराशासँगै चिन्ता व्यक्त गरेका थिए । अहिले गोरखा २ संसदीय क्षेत्रमा विभाजित छ । पहिले २ नम्बर सबै ओगटेको क्षेत्र अहिले पनि २ भित्रै छ । १ नम्बरको केही भूगोल २ मा थपिएको छ । ३ नम्बरका अधिकांस क्षेत्र १ मा गाभिएका छन् । स्थानीय तह निर्वाचनको मताधारलाई हेरेर अहिले दुवै नेता आफूले सहजै जित्ने दाबी गरिरहेका छन् । भट्टराईले पार्टी छाडेपछि माओवादीलाई गोरखाको स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराई साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुई तह मात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो । अधिकांश तहमा माओवादी र नयाँ शक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो । स्थानीय तहको नतिजालाई आधार बनाएर गोरखामा भट्टराई र श्रेष्ठ मतान्तर जोडघटाउ गरिरहेका छन् । यहाँका सर्वसाधारणले दुवै शीर्ष नेता एकै ठाउँमा नउठेको भए हुन्थ्यो भन्ने चाहना पनि व्यक्त गर्छन् तर त्यो समय टरिसकेकाले अहिले नेता मतदाता रिझाउनमा लागिसके । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति क्षेत्र नं. २ मा पर्ने पालुङटार नगरपालिकामा क्षेत्रमा तेस्रो स्थानमा छ । उसले माओवादीका उम्मेदवारले भन्दा करिब पाँच सय मत कम पाएको थियो । विजयी बनेका कांग्रेसका उम्मेदवारकोे भन्दा माओवादीका उम्मेदवारको दुई सय मत कम छ । भट्टराई आफैं निर्वाचनमा होमिँदा झन्डै २६ हजार मतदाता रहेको पालुङटारमा स्थानीय तहमा भन्दा धेरै मत आउने आकलन गरिएको छ । स्थानीय तहको निर्वाचनमा अहिलेको २ नम्बर क्षेत्रभित्र वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धनले पाएको मत एक सय ३२ ले कम छ । भट्टराई यो मतान्तर ठूलो संख्यामा आफूले बढाउने दाबी गर्छन् भने श्रेष्ठ यसले पनि ठूलो अर्थ राख्ने दाबी गर्छन । गोरखा २ मा नेपाली कांग्रेस र नयाँ शक्तिले स्थानीय तह निर्वाचनमा २४ हजार नौ सय ७० मत पाएका थिए । यस्तै वाम गठबन्धनका माओवादी र एमालेले पाएको मत जोड्दा २५ हजार दुई मत हुन्छ । गोरखा–२ मा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाको ८ देखि १४ वडा, अजिरकोट, सिरान्चोक र सुलिकोट गाउँपालिका पर्छन् । श्रेष्ठ पहिलो पटक गोरखाबाट निर्वाचन लड्दै गरेकाले उनलाई भट्टराईसँग प्रतिस्पर्धा गर्न सजिलो छैन तर २०७० को संविधानसभा निर्वाचनमा विजयी भई मन्त्रीसमेत बनेका हितराज पाण्डेले उनलाई साथ दिएका छन् । भट्टराई बाहिरिएर कमजोर महसुस गरेका उनी एमालेसँगको तालमेलले जित्नेमा ढुक्क छन् । कांग्रेसका कार्यकर्ताको मतले माओवादीलाई सजिलै पराजित गर्नेमा भट्टराई पनि ढुक्क देखिन्छन् । यसअघि विजयी भएर अर्थमन्त्री, प्रधानमन्त्री हुँदा गोरखा जिल्लामा र अझै त्यसभित्र पनि गृहक्षेत्र गोरखा–२ मा गरेको लगानीबारे जनतालाई बुझाउनमा भट्टराई सक्रिय भएका छन् । श्रेष्ठले बलियो संगठन र एमाले–माओवादीको पार्टी एकतासम्मको अजेन्डाले कार्यकर्ता र जनतामा खुसी ल्याएको भन्दै जित्ने दाबी गर्छन् । आउँदो निर्वाचनमा भट्टराईको व्यक्तित्वको प्रभाव रहन सक्ने केहीको विश्लेषण छ । गठबन्धन घोषणा गरेको साता नबित्दै वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग तालमेल गरेको भनी भट्टराईको आलोचना गर्नेको जमात पनि बाक्लै छ । सिरान्चोक गाउँपालिका जौबारी घर भएका श्रेष्ठले जित्ने आधार स्थानीय तहको मतान्तरलाई मानेका छन् । क्षेत्र निर्धारण गर्दादेखि नै उनले क्षेत्र नम्बर २ मा माओवादीको आधार बलियो देखिएको ठाउँ समावेश गर्न दबाब दिएको खबर बाहिर आएको थियो । माओवादीले उक्त क्षेत्रको सुलिकोट गाउँपालिकामा फराकिलो मतान्तरले जितेको छ । झन्डै ८ सय मतान्तर रहेको उक्त ठाउँ र जौबारीस्थित आफ्नो आधार इलाकाबाट भोट बढाउने दाउमा श्रेष्ठ छन् । उनले पालुङटार केन्द्रित रहेर भोट बढाउने योजना बुनेका छन् भने भट्टराई सुलिकोट, सिरान्चोक र अजिकोट क्षेत्रमा मतदाता रिझाउन जुट्ने तयारीमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE