काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम तयारी खेल बिहीबार क्यानडासँग खेल्नेछ । नेपालले विश्वकप अघिको अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो ।
नेपाल र क्यानडाबिचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुनेछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स (युएई) सँग खेलेको थियो ।
उक्त खेलमा युएईलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलमा देखिएको छ । नेपाल दोस्रो अभ्यास खेलमा क्यानडामाथि जित निकाल्दै विश्वकपका लागि थप उर्जा बटुल्ने अभियानमा छ ।
नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो ।
नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ ।
जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ ।
यस्तै समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।
आइसिसीले यस विषयमा पाकिस्तानलाई सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ । पाकिस्तान खेलेन भने उक्त खेलमा भारतले स्वत दुई अङ्क पाउनेछ ।
यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छ भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ ।
समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:३२
बिर्तामोड। भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थ...


प्रतिकृया लेख्नुहोस्: