Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

माओवादी-एमाले गठबन्धनको १०७ क्षेत्रको टुंगो लाग्योः कसले कति पाए ?

\"\"काठमाडाैं । एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन् । दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवत: शनिबार संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । दोस्रो चरणमा हुने प्रतिनिधिसभाका १२८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवारहरू लड्ने १०७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले कान्तिपुरलाई बताए । अाजको कान्तिपुरमा खबर छ-त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । त्यही अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा दुवै दलका नेता सम्मिलित कार्यदलले दोस्रो चरणको चुनावका लागि उक्त बाँडफाँडसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एमाले स्थायी समितिको बैठक शुक्रबार रातिसम्म बसेको थियो । पहिलो चरणको मंसिर १० मा हुने चुनावका लागि प्रतिनिधिसभामा एमालेले २१ र माओवादीले १६ सिटमा सहमति गरेका थिए । सोहीअनुसार उम्मेदवार मनोनयनसमेत भइसकेको छ । दुई ठूला वाम दलबीच ६०/४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने नीतिअनुसार कार्यदलले प्रतिवेदन तयार पारेको हो । ‘हामीले सिट विभाजन करिब टुंंग्याएका छौं, चाँडै त्यसलाई सार्वजनिक गर्छौं,’ दुवै दलका उम्मेदवारी चयनमा सक्रिय एमाले सचिव गोकर्ण बिष्टले कान्तिपुरसँग भने । उनका अनुसार दुई दलबीच उम्मेदवार चयनमा केही विवाद देखिए पनि त्यसलाई शीर्ष नेतृत्व सम्मिलित एकता संयोजन समितिबाट टुंगो लगाइने छ । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दोस्रो चरणको चुनावका लागि दुई दलबीच ६०/४० कै प्रतिशतका आधारमा सिट चयन गरिएको कान्तिपुरलाई बताए । ‘प्रतिनिधिसभामा कम्तीमा ६० माओवादीको हुने गरी सिट बाँडफाँड गरिएको छ,’ पुनले भने । उनका अनुसार टुंगो लाग्न बाँकी क्षेत्रहरूमा दुवै दलका शीर्ष नेता सम्मिलित समितिको बैठक शनिबार बिहान बसी टुंगो लाग्ने छ । सिट बाँडफाँड कार्यदलले झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायत जिल्लाका निर्वाचन क्षेत्र टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ । कार्यदलले सिट बाँडफाँडको मुख्य आधार पछिल्लो स्थानीय तहको चुनावको मतलाई लिएको छ । त्यसबाहेक कतिपय क्षेत्रमा उम्मेदवारको लोकप्रियता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई पनि आधार बनाएको छ । स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन् । चितवनमा एमाले र माओवादीले १/१ सिटमा टुंगो लगाएका छन् । बाँकी १ सिटमा छलफल जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चितवन–३ बाट उठ्ने छन् । काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिनेछन् । ललितपुरमा माओवादीले क्षेत्र नं. ३ मा सम्भवत: प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने तयारी गरेको छ । भक्तपुरमा प्रतिनिधिसभामा माओवादीको दाबी छैन । भक्तपुरमा क्षेत्र नं. २ मा एमालेका महेश बस्नेत उठ्ने टुंगो लागेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE