Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सांसद बन्दै चचिर्त गुण्डा नाइके, यस्तो छ एमाले समर्थनका उम्मेदवार दीपक मनाङेको पृष्ठभुमि

\"\"काठमाडौं । चचिर्त डनको छबि बनाएका दीपक मनाङे भनिने राजिव गरुङ आफूलाई व्यवसायी भन्छन् । एक दर्जन उद्योग सञ्चालनमा ल्याएका गरुङले चार हजार भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको बताउँछन । मंसिर १० मा हुने प्रदेशसभा निर्वाचनमा एमालेको समर्थनमा मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेद्वार बनेका मनाङे कुख्यात डनका रुपमा चिनिन्छन् । पार्टीको आधिकारीक उम्मेदवार खण्डा लामा गुरुङलाई मनोनयन फिर्ता लिन लगाएर एमालेले मनाङेलाई समर्थन गर्ने भएको हो । गएको सथानीय तह निर्वाचनमा चुनाव बिथोल्न सक्ने आशंकामा पक्राउ परेका उनी आसन्न प्रदेशसभा निर्वाचनमा उममेदवार बनेका छन् । बिभिन्न आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको अभियोग लागेका उनी यतिबेला राजनीतिलाई प्रयोग गरेर मुलुकको सांसद बन्ने तयारीमा छन् । को हुन दीपक मनाङे ? ३ दशक अघि व्याबसाय सुरु गरेका मनाङेले ०४७ सालमा ठमेलमा डिस्कोथोक खोलेका थिए । केहि समय उनले नेपालीहरुलाई कोरिया पठाउने काम पनि गरे । कुनै समय झिटी गुण्टा व्यापारमा सक्रिय रहेका उनी रात्रीकालिन व्यापार बाटै ठमेललाई आधार बनाएर संगठित आपराधिक समुहका नाइके बनेका हुन् । चक्रे मिलन, राजु गोर्खाली, लगायतकाहरुले ठेक्कापट्टा, बालुवा र ढुंगाखानीलाई आम्दानीको आधार बनाउँदा उनी भने पूर्ण रुपमा रात्रीकालिन व्यापारमा केन्द्रीत थिए । २०५९ सालबाट प्रहरीसँग लुकामारी खेल्दै आएका उनी विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको अभियोग खेप्दै छन् । प्रहरी रेकर्ड अनुसार मनाङे पहिलोचोटी २०५९ भदौ १७ मा लोचनप्रसाद विमलीको १ लाख २८ हजार रुपैंया लुृटेको आरोपमा पक्राउ परेका थिए । होटल उडल्यान्डमा बोलाएर डकैती गरेको अभियोगमा उनी पक्राउ परेका हुन । सो अभियोगमा धरौटीमा छुटेका उनी २०६० पुस ९ मा होटल हायातमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको केसमा पुन पक्राउ परेको प्रहरी रेकर्डले देखाउँछ । २०६० कै चैत १४ गते उनी होटल याक एण्ड यतीमा सुनील श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेर सार्वजनिक अपराधको मुद्दा खेप्दै धरौटीमा मुक्त भएका थिए । २०६१ बैशाख ३१ मा महाराजगंजमा प्रतिद्वन्द्वी अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबार हानेर बायाँ हात नै छिनाई दिएका मनाङेमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । उनी २०६१ चैत १८ मा सोही अभियोगमा पक्राउ परे । सो घटनामा उनी पूर्पक्षका लागि थुनामा गए र कैद भुक्तान गरी २०६३ माघ ९ मा रिहा भए । रिहा भएको एक महिना दिनमै मनाङे अर्का गुन्डा नाइके काजी शेर्पालाई गोली हानेको केस लागेर फरार भए । २०६४ असोज १७ मा अदालतमा हाजिर भएर २५ हजार मागेको धरौटी नबुझाई डिल्लीबजार जेल गए । अभिशेष विक्रम शाहलाई कुटेको केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १ वर्ष कैद सजाय सुनायो । २०६५ साउन २४ मा उनी पक्राउ परेर डिल्लीबजार कारागार पठाइए । प्रहरीले उनलाई दीपक मनाङे उर्फ दिपक गुरुङ भनेर कारागार पठायो । उनको नागरिकतामा नाम राजीव गुरुङ थियो । त्यही आधारलाई टेकेर निर्दोष व्यक्तिलाई जेलमा राखेको भन्दै उनको नाममा सर्वोच्च अदालतमा बन्दीप्रत्य क्षीकरणको रिट पर्‍यो । सो रिटमा मनाङेकोतर्फका वकिलले दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति हैनन् भन्ने तर्क गरेपछि प्रहरीले मनाङे भनेर निर्दोष राजिव गुरुङलाई थुनेको भन्दै सर्वोच्चले दीपक मनाङेको साटो राजिव गुरुङलाई जेलमा राखेको देखिएको भन्दै उनलाई छोड्न आदेश दियो । दीपक मनाङे र राजिव गुरुङ एकै व्यक्ति भएको र अदालतको आदेशको आधारमा राजिव बन्दै मनाङे छुटेको खुलेपछी प्रहरीले चार महिना लगाएर बल्ल बल्ल उनलाई पक्राउ गरेको थियो । २०६८ मा उनी आफ्नै पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटेको केसमा पक्राउ परे । सो केसमा समेत उनी धरौटीमा छुटे । २०७० मा उनीमाथी आपराधिक गतिविधीबाट १४ करोड ७३ लाख कमाएको भन्दै विशेष अदालतमा मुद्दा चल्यो । अदालतले मागेको २ करोड धरौटी नबुझाई २ महिना डिल्लीबजार कारागार बसेका उनी पछि धरौटी बुझाएर रिहा भए । अकुत सम्पत्तिको मुद्दामा धरौटीमा छुटेपछि आफ्नो छोरालाई हिरो बनाएर उनले ‘वान वे’ नामको फिल्म समेत बनाए । अवैध सम्पत्ति आर्जन गरेको मुद्दामा पटक–पटक जेल परेका उनी कहिले एमालेको चन्दा रसिदसहित जबरजस्ती चन्दा उठाएको अभियोगमा पक्राउ परे त कहिले व्यापारी धम्क्याएको अभियोगमा । जति पटक पक्राउ परे पनि प्राय सहजै धरौटीमा रिहा हुँदै आएका छन् । मनाङेको राजनीतिक कनेक्सन केहि समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर एमाले प्रवेश गरेका मनाङेको नेपाली कांग्रेसका नेतासँग समेत राम्रो सम्बनध रहेको छ । मनाङक तरुण दलको जिल्ला अध्यक्ष समेत भएका उनी कांग्रेसमा समेत टिक्न नसकेर २०६८ ताका संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष भएका थिए । २०६८ मा उनी आफ्नै पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटेको केसमा पक्राउ परेका थिए । त्यसपछि राप्रपा बनेका उनी केही साताअघि आफू अध्यक्ष रहेको राप्रपा जिल्ला कार्य समितिका सबै सदस्यसहित एमालेमा प्रवेश गरेका थिए । हाल एमालेको समर्थनमा चुनाव लड्दै छन् । अवैध सम्पत्तिको मुद्दामा मुक्त भएका उनी कहिले एमालेको चन्दा रसिदसहित जबरजस्ती चन्दा उठाएको अभियोगमा पक्राउ परे त कहिले व्यापारी धम्क्याएको अभियोगमा । जति पटक पक्राउ परे पनि प्राय सहजै धरौटीमा मुक्त हुँदै आएका छन् । उनीमाथीको अभियोग पुष्टी भए उनलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE