Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

\"\"चितवन । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँुदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गर्दछ । धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति पु¥याउँदै आएको छ । कँडेलका अनुसार राँको बालेर लखेट्दै जाने, छर्रा हान्ने, भाला हान्ने, होहल्ला गर्ने, निकुञ्जसँगै जोडेर छिरोलिएर बस्ती बस्ने, रात बिहानको समयमा एक्लै जंगलमा हिँड्नेजस्ता कार्य गर्दा हात्तीले आक्रमण गर्ने गरेको पाइन्छ । हात्तीलाई नजिस्काएर छाड्दा धानलगायतका बाली खाने भएपनि अन्य क्षति नहुने हुँदा नजिस्काउन र उत्तेजित नपार्न उहाँले आग्रह गरे। जंगली हात्तीले निकुञ्ज जोडिएका नवलपरासीको नन्दपुर, सेरे, तमासपुर, चितवनको मेघौली, सौराहा, माडीको अयोध्यापुरी, गर्दी, सौराहाको हात्ती प्रजनन केन्द्र लगायतका क्षेत्रमा दुःख दिँदै आएको छ । एक÷दुई हुँदै बथानमा भाले जंगली हात्ती गाउँ पस्ने गर्दछ । कँडेलले बाली नास गरेमा क्षतिपूर्ति दिने व्यवस्था भएकाले हात्तीलाई नजिस्काएमा जनधनको कम क्षति हुने बताए । निकुञ्ज भित्र हिउँदमा पानी र घाँसको अभाव भएसँगै जंगली हात्ती बस्ती पस्ने गर्दछ । निकुञ्ज आसपासका खरले छाएका झुप्रामा हात्तीले बढी आक्रमण गर्ने गर्दछ । ती घरमा राखिएका नून, मसला, तेल र धान हात्तीले खाने गर्दछ । सँगै हात्तीको सबैभन्दा बढी रोजाइ स्थानीय मदिरा हुने भएकाले त्यसको खोजीमा पनि हात्तीले मानिसलाई दुःख दिँदै आएको छ । निकुञ्ज आसपासमा एकीकृत बस्ती निर्माण गर्नसकेमा हात्तीको आक्रमण कम हुने पनि कँडेलले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE