Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

ट्रम्पद्वारा जनस्वास्थ्य संकटकाल घोषणा

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई \"राष्ट्रिय लज्जा\" भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन् । ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन् । यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइन्छ । राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए । बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए । उनले भनेका छन्, अमेरिकी समाजको कुनै पनि त्यस्तो भाग बाँकी छैन, जहाँ नसालुऔषधीको प्रयोगले नसताएको होस् । ट्रम्पले नसा नलाग्ने नयाँ किसिमका औषधीहरुका लागि अनसन्धानहरु आवश्यक रहेको बताए ।

उनले भने, \"हामीले अरबौं अरब डलर खर्च गरेका छौं र अब धेरै पैसा हामी नसा नलगाउने खालको दुखाई कम गर्ने औषधी ल्याउनमा खर्च गर्नेछौं।\" उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए ।

अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसँग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्छ । ह्वाइट हाउसका एक उच्च अधिकारीका अनुसार ट्रम्पले एउटा लिखित वक्तब्यमा हस्ताक्षर गर्दै आफ्ना कामचलाउ स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी आपतकाल घोषणा गर्न निर्देश गरेका हुन् । त्यसका साथै सबै स्वास्थ्यसम्बन्धी संघीय संस्थाहरुलाई पनि दुखाई कम गर्ने र अन्य नसालु औषधीहरुको प्रयोगबाट हुने मृत्यु कम गर्नका लागि आवश्यक उपायहरु अपनाउन निर्देशन दिन भनेका छन् । यो निर्देशनले राज्यहरुलाई उपलब्ध हुने अनुदान प्रयोगमा भएका नियन्त्रणहरुलाई खुकुलो बनाउन मद्दत गर्नेछ । ह्वाइट हाउसले यसका लागि जनस्वास्थ्यसम्बन्धी आपतकालीन राहतमा भएको भनिएको ५७ हजार डलरलाई प्रयोग गर्ने योजना गरेको छ । दुखाइ कम गर्ने र नसालु औषधीको बढी प्रयोगले अमेरिकामा एक सातामा एक हजार भन्दा बढीको मृत्यु हुन्छ । आलोचकहरुले अहिलेको घोषणा अनुसार थप आर्थिक कोषहरु बिना केवल अहिलेकै स्रोतको प्रयोग गरेर त्यसले समस्या घटाउन मद्दत नगर्ने बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE