Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आइएस लडाकुकाे सामूहिक बलात्कार जस्ताे इराकी महिलाले भोगेको दर्दनाक पीडा‍‍

\"\"इराकको किरकुक सहरमा इस्लामिक स्टेट (आइएस) को कब्जा भएपछि हिंसा सुरु भयो र त्यहाँ बलात्कारका घटना बढे । एक इराकी महिलाले बिबिसीसँग आफूले भोगेको दर्दनाक पीडा यसरी बताएकी छिन्ः
म टर्कीको सिया हुँ र मेरा पति अरब सुन्नी हुन् । इस्लामिक स्टेट (आइएस) आउनुअघि हामी तिकरितमा रहेका थियौँ । मेरा श्रीमान् घरनजिकै रहेको एक मस्जिदमा नमाज पढ्ने गर्दथे । हामीले तरकारीको पसल चलाएका थियौँ । हामीसँग एउटा ठूलो घर थियो र धेरै शिक्षकलाई भाडामा कोठा दिएका थियौँ । मेरा छोरा र छोरी सँगै स्कुल जान्थे । जब आइएसका चरमपन्थी लडाकुहरू तिकरितमा घुसे, सबैभन्दा पहिले उनीहरूले १५ सय सैनिक मारे, यो नै उनीहरूको पहिलो ठूलो हमला थियो । मारिएका सैनिकको लास नदीमा फालिएको थियो । केही सैनिक भागेर नदी पार गर्दै हामी बसेको स्थानमा आए । आइएसका लडाकु उनीहरूलाई पिछा गर्दै आइपुगे । भागेर आउने सैनिकमध्ये एकजना टर्कीका थिए र उनलाई म पनि टर्कीको हो भन्ने थाहा थियो । ती सैनिकलाई मैले आफ्नै कोठामा लुकाएँ । मेरा पतिले मस्जिदमा तीन सियालाई लुकाएर राखेका थिए । आइएसका लडाकुलाई हामीले केही सैनिकलाई लुकाएर राखेको थाहा भयो । त्यसपछि राति करिब तीन बजे उनीहरू हाम्रो घरमा आइपुगे । उनीहरूले सैनिकलाई खोजेर निकाले र त्यहीँ हत्या गरे । मेरा पतिलाई पनि साथमा लिएर गए, अहिलेसम्म पतिको खबर आएको छैन । केही समयपछि आइएस लडाकु फेरि मेरो घरमा आए र खाली गर्न लगाए । त्यसपछि घर उडाइदिए । मैले घर छाडेपछि मेरा दुई बच्चा, केही महिला र शिक्षकहरू पनि साथमै आए । पैदल हिँडेर केही पर मात्रै पुगेका थियौँ, आइएस लडाकु आए र हामीलाई कार मर्मत गर्ने ग्यारेजमा लगे, जहाँ हाम्रो क्षेत्रका महिलालाई कैदी बनाएर राखिएको थियो । हामी त्यहाँ २२ महिला थियौँ । किशोरीलाई लडाकुले महिलाबाट अलग गरे । मेरो आँखाअगाडि पाँच किशोरीको बलात्कार गरियो । किशोरीहरू सहयोगका लागि गुहार मागिरहे । मैले उनीहरूलाई सहयोग गर्ने कोसिस गरेँ । आधुनिक हतियार बोकेका लडाकुलाई किशोरीलाई छाडिदिन आग्रह गरे । कुरान र खुदाको कसम खुवाएँ । तर, एक लडाकुले मलाई जोडले थप्पड हाने । मेरी १८ वर्षकी सौतेनी छोरीलाई पनि बलात्कार गरे । त्यसपछि छोरीको मृत्यु भयो । अन्य महिलाको उमेर २० देखि ३० वर्षको थियो, उनीहरूलाई पनि पिट्दै बलात्कार गरे । समूहमा एकजना किशोरी धेरै राम्री थिइन्, उनलाई लडाकुले बारम्बार बलात्कार गरिरहे । उनको शरीरबाट रगत बगिरहेको थियो । एक किशोरी ढुंगामा बजारिन पुगिन्, उनको हड्डी भाँच्चियो र मृत्यु भयो । यो हिंसाबाट एकपछि अर्को किशोरी र महिलाको स्थिति नाजुक बन्दै गयो । लडाकुले हामीलाई खानपिन गर्न नदिई ग्यारेजमा बन्द गरेर छाडे । जसकारण मेरो तौल धेरै कम भएको थियो । दिनहरू बित्दै गर्दा हाम्रो हालत झन्–झन् खराब हुँदै गयो । हामी आपसमा कुरा गर्दै जो बाँच्छ, उसले अन्यको बच्चा हेरचाह गर्ने कुरा ग¥यौँ । ग्यारेजमा हामीले २१ दिन बितायौँ । त्यसपछि एकजना लडाकु आए, उनले चाहिँ खानपिन गर्न दिए । ती लडाकुले एक दिन बाख्रा ल्याए र हाम्रा बच्चालाई दूध खान दिए । लडाकुको एक समूह फेरि आयो र हामीलाई दुई समूह बनाइयो । एक समूहलाई लडाकुले आफैँसँग लगे । अर्को समूहमा म र एक शिक्षिका आफ्नो बच्चासँग थियौँ । हामीसँग रहेका लडाकुले त्यहाँबाट भाग्न सल्लाह दिए । उनले एउटा सडकमा लगेर छाडिदिए । भाग्ने क्रममा हामी रेगिस्तानमा हिँड्यौँ । त्यहाँ भोक लाग्दा खानेकुरा केही थिएन, त्यसैले घाँस खायौँ । बाटोमा हिँड्दै गर्दा सँगै रहेकी शिक्षिकाको बच्चा बित्यो । त्यसपछि पाँच दिनपछि किरकुक पुग्यौँ । त्यहाँ एकजना मेरा नातेदार थिए । बीबीसी हिन्दी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending