Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आइएस लडाकुकाे सामूहिक बलात्कार जस्ताे इराकी महिलाले भोगेको दर्दनाक पीडा‍‍

\"\"इराकको किरकुक सहरमा इस्लामिक स्टेट (आइएस) को कब्जा भएपछि हिंसा सुरु भयो र त्यहाँ बलात्कारका घटना बढे । एक इराकी महिलाले बिबिसीसँग आफूले भोगेको दर्दनाक पीडा यसरी बताएकी छिन्ः
म टर्कीको सिया हुँ र मेरा पति अरब सुन्नी हुन् । इस्लामिक स्टेट (आइएस) आउनुअघि हामी तिकरितमा रहेका थियौँ । मेरा श्रीमान् घरनजिकै रहेको एक मस्जिदमा नमाज पढ्ने गर्दथे । हामीले तरकारीको पसल चलाएका थियौँ । हामीसँग एउटा ठूलो घर थियो र धेरै शिक्षकलाई भाडामा कोठा दिएका थियौँ । मेरा छोरा र छोरी सँगै स्कुल जान्थे । जब आइएसका चरमपन्थी लडाकुहरू तिकरितमा घुसे, सबैभन्दा पहिले उनीहरूले १५ सय सैनिक मारे, यो नै उनीहरूको पहिलो ठूलो हमला थियो । मारिएका सैनिकको लास नदीमा फालिएको थियो । केही सैनिक भागेर नदी पार गर्दै हामी बसेको स्थानमा आए । आइएसका लडाकु उनीहरूलाई पिछा गर्दै आइपुगे । भागेर आउने सैनिकमध्ये एकजना टर्कीका थिए र उनलाई म पनि टर्कीको हो भन्ने थाहा थियो । ती सैनिकलाई मैले आफ्नै कोठामा लुकाएँ । मेरा पतिले मस्जिदमा तीन सियालाई लुकाएर राखेका थिए । आइएसका लडाकुलाई हामीले केही सैनिकलाई लुकाएर राखेको थाहा भयो । त्यसपछि राति करिब तीन बजे उनीहरू हाम्रो घरमा आइपुगे । उनीहरूले सैनिकलाई खोजेर निकाले र त्यहीँ हत्या गरे । मेरा पतिलाई पनि साथमा लिएर गए, अहिलेसम्म पतिको खबर आएको छैन । केही समयपछि आइएस लडाकु फेरि मेरो घरमा आए र खाली गर्न लगाए । त्यसपछि घर उडाइदिए । मैले घर छाडेपछि मेरा दुई बच्चा, केही महिला र शिक्षकहरू पनि साथमै आए । पैदल हिँडेर केही पर मात्रै पुगेका थियौँ, आइएस लडाकु आए र हामीलाई कार मर्मत गर्ने ग्यारेजमा लगे, जहाँ हाम्रो क्षेत्रका महिलालाई कैदी बनाएर राखिएको थियो । हामी त्यहाँ २२ महिला थियौँ । किशोरीलाई लडाकुले महिलाबाट अलग गरे । मेरो आँखाअगाडि पाँच किशोरीको बलात्कार गरियो । किशोरीहरू सहयोगका लागि गुहार मागिरहे । मैले उनीहरूलाई सहयोग गर्ने कोसिस गरेँ । आधुनिक हतियार बोकेका लडाकुलाई किशोरीलाई छाडिदिन आग्रह गरे । कुरान र खुदाको कसम खुवाएँ । तर, एक लडाकुले मलाई जोडले थप्पड हाने । मेरी १८ वर्षकी सौतेनी छोरीलाई पनि बलात्कार गरे । त्यसपछि छोरीको मृत्यु भयो । अन्य महिलाको उमेर २० देखि ३० वर्षको थियो, उनीहरूलाई पनि पिट्दै बलात्कार गरे । समूहमा एकजना किशोरी धेरै राम्री थिइन्, उनलाई लडाकुले बारम्बार बलात्कार गरिरहे । उनको शरीरबाट रगत बगिरहेको थियो । एक किशोरी ढुंगामा बजारिन पुगिन्, उनको हड्डी भाँच्चियो र मृत्यु भयो । यो हिंसाबाट एकपछि अर्को किशोरी र महिलाको स्थिति नाजुक बन्दै गयो । लडाकुले हामीलाई खानपिन गर्न नदिई ग्यारेजमा बन्द गरेर छाडे । जसकारण मेरो तौल धेरै कम भएको थियो । दिनहरू बित्दै गर्दा हाम्रो हालत झन्–झन् खराब हुँदै गयो । हामी आपसमा कुरा गर्दै जो बाँच्छ, उसले अन्यको बच्चा हेरचाह गर्ने कुरा ग¥यौँ । ग्यारेजमा हामीले २१ दिन बितायौँ । त्यसपछि एकजना लडाकु आए, उनले चाहिँ खानपिन गर्न दिए । ती लडाकुले एक दिन बाख्रा ल्याए र हाम्रा बच्चालाई दूध खान दिए । लडाकुको एक समूह फेरि आयो र हामीलाई दुई समूह बनाइयो । एक समूहलाई लडाकुले आफैँसँग लगे । अर्को समूहमा म र एक शिक्षिका आफ्नो बच्चासँग थियौँ । हामीसँग रहेका लडाकुले त्यहाँबाट भाग्न सल्लाह दिए । उनले एउटा सडकमा लगेर छाडिदिए । भाग्ने क्रममा हामी रेगिस्तानमा हिँड्यौँ । त्यहाँ भोक लाग्दा खानेकुरा केही थिएन, त्यसैले घाँस खायौँ । बाटोमा हिँड्दै गर्दा सँगै रहेकी शिक्षिकाको बच्चा बित्यो । त्यसपछि पाँच दिनपछि किरकुक पुग्यौँ । त्यहाँ एकजना मेरा नातेदार थिए । बीबीसी हिन्दी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending