Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

वाम एकतामा दिल्ली 'सरप्राइज'

\"\"काठमाडाैं । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली \'सरप्राइज\' भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई \'सरप्राइज\' दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक \'मुभ\'ले दिल्लीलाई त्योभन्दा पनि ठूलो \'सरप्राइज\' दिएको छ । अाजको अन्नपूर्णमा खबर छ-नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ । बदलिएको यो राजनीतिक ध्रुवीकरण भएपछि दिल्ली एक्कासि झस्कियो । यसको पछाडि दुई प्रमुख कारण रहेका छन् । पहिलो, एक्कासि भएको यो परिवर्तनमा चीनको हात रहेको आशंका भारतको छ । दोस्रो, आफ्नै सहयोग र समर्थनको सरकारमा संलग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वामपन्थी एकतातर्फको \'मुभ\'ले दिल्ली आश्चर्यचकित छ । हुनत दाहालको पछिल्लो क्रियाकलापबारे दिल्ली एकदमै अनभिज्ञ पनि होइन । अगस्टमा प्रोस्टेटको अपरेसनपछि आराम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य स्थिति बुझ्न गएका दाहालले भेटेर बाहिरिएलगत्तै भट्टराईले आफूसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री देउवाले भारत आउँदा संविधान संशोधनसम्बन्धमा बोलेको विषयमा देउवासँग असन्तुष्ट दाहालले एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल तीव्र बनाएका थिए । दिल्लीले यसलाई नजिकबाट नियालिरहेको थियो । त्यसैले दिल्लीले दसैंलगत्तै दाहाललाई भारत डाक्ने तारतम्य मिलाउँदै थियो । तर, त्यसअघि नै एमाले, माओवादी तथा नयाँ शक्ति समेतको पार्टी एकताको सैद्धान्तिक सहमतिले दाहाललाई थुम्थुम्याउने दिल्लीको योजना विफल भयो । अर्को, दिल्लीले वास्ता गर्न छाडेपछि राजनीतिक भविष्य खोज्दै यो एकतामा सामेल भएका वाम एकताका तेस्रो नायक नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईसँग भने दिल्लीको खासै गुनासो छैन । वाम एकताले झस्किएको दिल्लीले लगत्तै परिवर्तित राजनीतिक घटनाक्रमका कारण राहत महसुस गर्न थालिसकेको छ । कांग्रेसको राष्ट्रिय जनता पार्टी (राजपा) तथा अन्य राजनीतिक दलसँगको गठबन्धन गर्ने प्रयासले दिल्लीलाई राहत दिएको हो । बरु अब प्रदेश तथा संसदीय निर्वाचनमा सिटको हिसाबकिताबतर्फ दिल्लीको ध्यान केन्द्रित हुन थालेको छ । नेपालमा भएको वामपन्थी एकताबारे भारतीय राजनीतिज्ञ उत्साहित छैनन् । वामपन्थी एकतालाई नेपालको आन्तरिक मामिला भएको र यसले नेपाल-भारत सम्बन्धमा खासै फरक नपर्ने पुरानै भनाइ दोहोर्‍याइरहेका छन् । छिमेकीहरूसँग भारतको सम्बन्धबारे खरो टिप्पणी गर्ने कांग्रेस नेता मणिशंकर अड्ढयरले वामपन्थी एकता नेपालको आन्तरिक राजनीति भएको हुँदा भारतीय राजनीतिज्ञले त्यसमा हस्तक्षेप गर्न नहुने बताए । उनले भने, \'बाह्य शक्तिले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ, वाम एकता नेपालको इन्टे«स्टमा भएको हो । भारतले यसमा चासो राख्नु हुँदैन ।\' बामे सर्दै गरेको नेपालको लोकतान्त्रिक अभ्यासमा यस किसिमका रोमाञ्चक मुभ सामान्य मानिन्छ । तर, नेपालमा चीनको बढ्दो प्रभाव नजिकबाट नियालिरहेका भारतीय थिंक ट्यांकहरू भने नेपालको वामपन्थी एकतालाई नेपालप्रति भारतले लिएको कमजोर कूटनीतिको परिणामका रुपमा पनि अथ्र्याइरहेका छन् । उनीहरू भारतको प्रभावबाट नेपाल फुत्किसकेको टिप्पणी गरिरहेका छन् । इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए)का अनुसन्धानकर्ता डा. निहार नायक भन्छन्, \'पछिल्लो डेढ वर्षमा भारत माओवादी-कांग्रेसको गठबन्धन सरकार बनाउन सफल भएकोमा रमाएर बस्यो । सँगसँगै नेपालको विकास निर्माणका परियोजना कार्यान्वयन गर्न सकेन ।\' आफैंले सहयोग गरेको माओवादी पार्टीको वाम एकतातर्फको मुभ भारतका लागि झट्का भएको नायक बताउँछन् । तर, यसैबीच चीनको उच्च नेतृत्व तहको नेपाल भ्रमण र पछिल्लो समय चीनसँग विकास निर्माण परियोजनासम्बन्धी भएका सम्झौताहरू उल्लेख्य छन् । \'चीनले नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्ध आक्रामक रूपमा विस्तार गरिरहेको छ । यस्तो अवस्थामा भारतले नेपालमा आफ्नो प्रभाव रहेको छ भन्नु, भ्रम मात्र हो\', निहार भन्छन्, \'नेपालसँग दिगो सम्बन्धका लागि भारतले दूरदृष्टि राख्नु आवश्यक छ । भारत-नेपाल सम्बन्धलाई नयाँ आयाम दिन आवश्यक भइसकेको छ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending