Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

ए डिभिजन लिगमा १६ टीमले प्रतिस्पर्धा गर्ने

\"\"काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा १६ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । चार वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ मंसिरदेखि ए डिभिजन लिग सञ्चालन गर्न लागेको हो । बिहीबार सातदोवाटोस्थित एन्फा भवनमा बसेको कार्यसमितिको बैठकले लिगमा १६ क्लबलाई सहभागी गराउने निर्णय गरेको हो । यस वर्ष एन्फाले लिगको तालिका चौथोपटक तोकेको थियो । काठमाडौं उपत्यकाका १२ क्लब लिगमा काठमाडौं उपत्यकाका सर्वाधिक १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, मोसफलका चार क्लबले भाग लिने एन्फाले जनाएको छ । उपत्यकाबाट थ्री–स्टार, फ्रेन्डस्, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल छन् । यसैगरी, मोसफलबाट झापा–११, रुपन्देही, मोरङ र सुदूरपश्चिम क्लबले भाग लिने एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए । लिग होम एन्ड अवेअनुसार हुनेछ । झापा, मोरङ र रुपन्देहीले साढे दुई वर्षअघि सम्पन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भाग लिएका थिए । थ्री स्टारले डेढ करोड पाउने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारलाई डेढ करोड क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने भएको छ । कार्यसमितिले निर्णय गरे पनि २३ असोजमा हुने एन्फाको विशेष साधारणसभाले पारित गर्नुपर्ने छ । एन्फाको प्रशासनकै एएफसी एसियन कप छनोटको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपूर्तिस्वरूप ६ करोड माग गरेको थियो । विभिन्न चरणको वार्तापछि थ्री स्टारले डेढ करोड क्षतिपूर्ति लिने स्वीकार गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending