Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अखिल (क्रान्तिकारी)भित्र 'कस्मेटिक' राजनीतिको जालझेल

\"\"स्वतन्त्र विद्यार्थीयुनियनको निर्वाचनमा नेकपा माअोवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को मुख्य माग थियो- क्याम्पस पढ़नेले मात्र स्ववियु नेतृत्व गर्न पाउनु पर्छ । त्यसैले २८ वर्षको उमेर हद लागु हुनुपर्छ । क्रान्तिकारिको यो नारा निकै लोकप्रिय बन्यो । धेरैले यसको प्रशंसा गरे पनि । लामो संघर्षपछि यो नियम लागु पनि भयो । सफा विद्यार्थी राजनीतिका पक्षमा क्रान्तिकारीको योगदानले स्ववियुको इतिहासमा नै क्रान्तिकारी सुधार गरेको इतिहासमा लिपिवद्द भएको छ । तर बिडम्बनाको कुरा, त्यहि क्रान्तिकारी आफ्नो संगठनभित्र यो कुरा लागु गर्न भने असफल भयो । अखिल क्रान्तिकारी संगठन नेपालको परिवर्तनको आन्दोलनमा बिशिष्ट महत्व राख्ने संगठन हो । यसले त्याग, समर्पण र बलिदानको नमूना प्रस्तुत गरेको छ । तर अहिले आएर भने व्यक्तिगत पद, प्रतिष्ठा र लाभका लागि नेतृत्व हत्याउने होडबाजी नै चलेको छ । त्यही भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत २५ औ रास्ट्रिय सम्मेलनको उदघाटनको क्रममा तीतो पोखे- विद्यार्थी संगठनमा निस्ठा र आदर्श स्खलित भयो, व्यक्तिगत लाभको राजनीति सुरु भयो । संगठनमा मौलाएको कसमेटिक नेतृत्वको राजनीतिले उमेर हदको बिषय अहिले कसैले एजेण्डा बनाउन चाहेका छैनन । २८ वर्ष उमेर पार गरेका, क्याम्पसको नियमित कक्षा नलिने जमातको उम्मेदवारीको बाहुल्यता छ । जसरी हुन्छ नेतृत्वमा पुग्ने कुरामा मुख्य ध्यान छ । २८ को हदबन्दी लागू गर्दा कतिपय नेताहरू उठन पाऊँदैनन । त्यसैले पनि हिजो वास्तविक विद्यार्थीले नेतृत्व गर्नुपर्छ भन्ने क्रान्तिकारी आज आफुभित्र त्यों कुरालाई मुख्य एजेण्डा बनाउन सकिरहेको छैन । युद्दबाट शान्ति प्रक्रियामा आऊँदा उमेर हद लागु गर्न नसकने बाध्यात्मक परिस्थिति थियो । क्रान्तिकारीका कतिपय नेताहरू नियमित अध्ययनबाट कटेका थिए । प्रतिबन्धित अवस्थामा क्याम्पसमा नियमित अध्ययन गर्न पाएका थिएनन । त्यों परिस्थितिमा पार्टी, क्रांतिको रक्षाका लागि एउटा मिशन अंतर्गत गैर विद्यार्थीले समेत क्रान्तिकारीको नेतृत्व लिनु पर्ने बाध्यात्मक अवस्था थियो । तर अहिले त्यों स्थिति होइन । अखिल क्रान्तिकारीका आगाडि आफुलाइ साच्चिकै क्रान्तिकारी संगठन भएको थप प्रमाणित गर्ने अवसर अहिले छ । अहिले नियमित विद्यार्थी, विद्यार्थी माझ भएका विद्यार्थीलाई नेतृत्व सुम्पिने यो अवसर उसले उपयोग गर्न सके यसले समग्र नेपालको विद्यार्थी आन्दोलनमा नया उदाहरण प्रस्तुत गर्न सक्छ । तर यसका लागि तयार होला त क्रान्तिकारी ? यो भने निक़ै पेचिलो प्रश्न बनेको छ । यदि अहिले क्रान्तिकारीले आफूभित्र उमेर हद लागु गर्न सकेन भने उसले भोलि कुन नारा र नैतिकता बोकेर विद्यार्थीहरू माझ भोट माग्ला ? पूर्व अध्यक्ष रमेश मल्लकै शब्दमा- क्याम्पस नजानेले कसारी क्याम्पसको समस्या बुझला,विद्यार्थी नै नहुनेले कसरी विद्यार्थीका माझ संगठन निर्माण गर्ला ? यो प्रश्न माओवादी केन्द्रका लागि समेत उत्तिकै सत्य हो । आख़िर भोलि पार्टी सदस्य र नेतृत्वको एउटा मुख्य श्रोत यिनै विद्यार्थीहरू हुन । नारा समाजवादी सिक्षाको तर व्यबहार पूर्ण पूँजीवादी भएको नेतृत्व स्थापित भए यसले संगठनको भविष्य कस्तो होला ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending