Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चार हजार मेगावाटका आयोजना खारेज हुँदै

\"\"काठमाडौं । चार हजार दुई सय ३२ मेगावाटबराबरको विद्युत्को लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिएका, तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको हो । लाइसेन्स लिएको आयोजनाले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन, विद्युत् खरिद–बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत् खरिद–बिक्री सम्झौतालगायत पेस गर्नुपर्छ । अाजको नयाँ पत्रिकामा खबर छ– तर, ती आयोजनाले त्यस्ता प्रक्रिया पूरा नगरेको विद्युत् विकास विभागको भनाइ छ । विभागले ती कम्पनीलाई सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर आयोजना अगाडि बढाउन र त्यसो नगरे खारेज हुने स्पष्ट पारेको छ । विभागले प्रक्रिया पूरा नगर्ने आयोजनालाई चिठी लेख्दै आयोजनाका काम तत्काल अघि बढाउन निर्देशन दिइसकेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् अनुमतिपत्र झोलामा राखेका कम्पनीको अनुमतिपत्र खारेज गर्न विभागलाई निर्देशन दिएका थिए । आइतबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री शाहीले अनुमतिपत्र लिने र काम नगर्ने कम्पनीलाई विभागले कारबाहीको दायरामा ल्याउन थालेको बताए । अनुमतिपत्र लिएका, तर विभागको सम्पर्कमा नरहेका सबै कम्पनीलाई कारबाहीको दायरामा ल्याइने विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए । उनले राज्यको स्रोत र साधन कुनै व्यक्ति वा कम्पनीलाई सुम्पेर आँखा चिम्लेर बस्न नसकिने बताए । ०६६ पछि उत्पादन अनुमतिपत्रका लागि निवेदन दिएका ती आयोजनाको लाइसेन्स खारेजीको प्रक्रिया सुरु भएको हो । त्यसमध्ये केही विस्तृत सम्भाव्यता अध्ययनका क्रममा रहेका छन् भने केही अन्य प्राविधिक अध्ययनका क्रममा छन् । धेरैजसो आयोजना ट्रान्समिसन लाइन कनेक्सनको एग्रिमेन्ट नगरेका कारण लाइसेन्स खारेजको प्रक्रिया सुरु गर्नुपरेको सिंहले बताए । त्यस्तै, विद्युत् उत्पादन अनुमतिपत्रको दरखास्त दिएका आयोजनाका लागि विद्युत् आयोजनाहरूको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७३ को दफा ६ र ८ बमोजिमका आवश्यक विवरणहरू उपलब्ध नगराएको विभागले जनाएको छ । नीतिगत रूपमा सुधार गरिएका कारण झोलामा खोला राख्ने प्रवृत्ति केही हदसम्म कम भए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको भन्दै मन्त्री शाहीले नियमको परिधिभित्र रहेर काम गर्नेको सरकारले संरक्षण गर्ने र काम नगर्नेको अनुमतिपत्र खारेज गर्ने बताए ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending