Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द

\"\"म्याग्दी । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ । पहिरोले विद्युत्गृहमा क्षति पु¥याएपछि मालिका गाउँपालिका–१ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला र रूख ढलेर नहर भत्किएपछि सोही गाउँपालिका–४ ओखरबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दरवाङ–निस्कोट सडकबाट खसेको पहिरो विद्युत्गृहमा पसेर उपकरणमा क्षति पु¥याएपछि रुमखोला लघुजलविद्युत् परियोजना बन्द हुँदा निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङका सात सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । दाजुङखोला लघुजलविद्युत् परियोजनाको सय मिटर नहर भत्किएर विद्युत् उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, महभिर, इग्रेका तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । धौलागिरि गाउँपालिका–२ लमसुङमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएपछि बन्द भएको छ । आर्थिक अभाव र निरन्तर पहिरो खसिरहेकाले परियोजना मर्मत गर्न नसकिँदा लुलाङ, लमसुङ र खोरिया गाउँका ३५० घरधुरी उज्यालोका लागि टुकी बाल्न बाध्य भएका परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताए । यसैगरी, धौलागिरि गाउँपालिका–६ मराङमा रहेको ३० किलोवाट क्षमताको मराङखोला लघुजलविद्युत् परियोजना पनि बन्द भएको छ । मराङको कोट भन्ने ठाउँबाट खसेको पहिरोले मराङ ठूलोखोला थुनिएपछि आएको बाढीले मुहानमा रहेको सय मिटर नहर बगाएपछि परियोजना बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताए । सो परियोजना बन्द हुँदा तीन सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । सोही पहिरोले मराङ हुँदै धौलागिरि गाउँपालिका–५ मल्कवाङ जाने पैदलमार्ग बगाएपछि मल्कवाङ र कुइने गाउँ पैदलमार्गबाट सम्र्पक विच्छेद भएको छ । मल्कवाङका २५० र कुइनेका डेढ सय घरधुरी जंगल र भिरमा जोखिमपूर्ण तवरले डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी दलमान छन्त्यालले बताए । खच्चरसमेत जान नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । यस्तै, धौलागिरि गाउँपालिका–४ बगरा र सिम्कोस गाउँ जोड्ने म्याग्दी नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएपछि आवत जावत बन्द भएको छ । सिम्कोस गाउँका दश घरधुरीका बालबालिका पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE