Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

बाँके पुगेर जब गृहमन्त्री शर्मा अाफैं भावुक भए...

\"\"काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी प्रभावित जिल्लाहरुमा पुगेका छन् । आईतबार मन्त्रि शर्माले दुई दिनदेखी परेको अविरल बर्षाका कारण ठुलो क्षती भएको बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी तथा सप्तरी लगायतका जिल्लाहरुको अवस्था निरीक्षण गर्दै राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । बाँकेबाट बाढी प्रभावित बस्तिको निरीक्षण शुरु गर्दै मन्त्री शर्माले स्थानीय प्रशासन र सरोकारवाला निकायहरुलाई २४ सै घण्टा स्ट्याण्डबाई रहेर जनताको सेवामा लाग्न निर्देशन दिए । ‘हामीलाई एकाएक प्राकृतिक विपद आईलाग्यो’ नेपालगञ्जमा स्थानीय प्रशासकहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘एकाएक आएको विपत्ति सामना गर्न नागरीक समेतलाई साथमा लिएर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’ राज्यसँग न्युन मात्रामा स्रोत साधन भएको र ठुलो बिपत्ति आईलागेको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘हामीले पहिलो चरणमा उद्धारमा ध्यान दिनुपर्छ, प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याएर कोही पनि भोको नरहने गरी आवश्यक ब्यवस्था मिलाउनुस् ।’ पशुपंक्षी विकास मन्त्री सन्तबहादुर थारु, गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रमा पगेका मन्त्री शर्माले काम गर्दा आईपरेको सबैै जिम्मेवारी लिने उल्लेख गर्दै राहत र उद्धारमा आर्थिकलगायतका कुनै संकट आउने नदिने बताए । सरकार तपाईको हो, संकटको मिलेर सामना गरौं गृहमन्त्री शर्माले बाँकेको राप्तिसुनारी गाउँपालिका–७ स्थित फत्तेपुरमा प्रभावित स्थानियहरुसँग भेटघाट गर्दै प्राकृत्तिक विपत्तिले देशलाई ठुलो संकट पैदा गरेको उल्लेख गर्दैै सरकार प्रभावितको साथमा रहेको बताए । ‘सरकार तपाईहरुको हो, राज्यमा भएको आर्थिक श्रोत तपाईहरुकै हो, त्यसैले त्यसैले सरकारसँग भएको स्रोत तपाईहरुका लागि प्रयोग गरिने छ’ उनले भावुक हुँदै भने, ‘बाढीको विपत्तिमा हामी तपाईको साथमा छौं, यो राष्ट्रिय संकटलाई मिलेर सामना गरौं ।’ \"\" फत्तेपुरकी स्थानीय सुवर्ण कुमारी बर्माले मन्त्री शर्मासँग तत्काल बासको ब्यवस्था मिलाई दिन आग्रह गरिन् । बाँकेकी सावित्री बर्माले शक्तिशालीले मात्र राहत लिएको गुनासो गरेपछी मन्त्री शर्माले टोल–टोलमा समिति बनाएर राहत बाँड्ने मिलाउन स्थानीय अगुवाहलाई आग्रह गरेका छन् । ‘तपाईहरुले आफ्नो टोलमा समिति बनाएर आएको राहत सवैले पाउनेगरी बाँड्नुपर्छ, कसैले राहत पाउने कसैले नपाउने हुँदा भोकै रहने अवस्था आउँछ’ मन्त्री शर्माले भने, ‘तत्काल खाना र अस्थाई बसोबासको ब्यवस्था सरकारको पहिलो प्राथमिकता हो ।’ बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यका लािग समन्वय गर्न जिल्लामा एउटा टिम र केन्द्रमा अर्को टिम रहेको जानकारी दिँदै मन्त्री शर्माले स्थानीय स्तरमा उपलब्ध खाद्यान्न खरिद गरेर वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE