Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

बाबुराम भट्टरार्इ-देवेन्द्र पाैडेल समूहः सम्बन्ध बिच्छेदको अन्तिम तयारी

\"\"काठमाडौं । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन्। ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन्। अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन्। शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन्। ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन्। अाजको अन्नपूर्णपोस्ट  दैनिकमा खबर छ-भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए। तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए। तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन्। उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र्र पौडेल, रामचन्द्र झा टाढिएका छन्। रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन्। भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक पार्टी बनाउने योजनामा तीन लक्ष्य राखेका थिए, -पहिलो, आफूले निर्माण गर्ने वैकल्पिक पार्टी कुनै पनि वाद/दर्शनमा आधारित नरहने। दोस्रो, विचारधारा पार्टीको भए पनि जातिवाद र क्षेत्रवादबाट मुक्त हुने र तेस्रो, आर्थिक समृद्धि र विकासलाई मूल ध्येय बनाउने। त्यसपछि नै उनले अगाडि सारेका यिनै तीन लक्ष्यमा जोडिन आइपुगे, विभिन्न प्रवृत्तिका शक्तिहरू। माओवादीभित्रै रहँदा अन्तरसंघर्षमा साथ दिँदै आएका अधिकांश नेतादेखि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिसम्म भट्टराईका नयाँ सारथिका रूपमा अगाडि देखिए। तर, पार्टीमा आएका विविध प्रवृत्तिका नेताको उचित व्यवस्थापनमा चुक्दा भट्टराई अहिले एक्लिन पुगेको विश्लेषण राजनीतिक वृत्तमा छ। सम्बन्धित् समाचार अब चाँडै नै बाबुराम र उपेन्द्रबीच एकताको सुत्रमा बाँधिदैं कहिल्यै पार्टीमा ‘फस्र्ट म्यान’ भई लिडरसिप नलिएका भट्टराईमा लिडरसिपमा हुनुपर्ने क्वालिटी नदेखिनु र आफ्नो गन्तव्यमा आफैं अलमलिनुले अहिले एक्लिँदै जाने परिस्थिति सिर्जना गरेको बताउँछन् प्राध्यापक कृष्ण खनाल। ‘पार्टी भनेको आज बनायो, भोलि नै टुम्पोमा पुग्ने भन्ने त हुँदैन तर बाबुरामजीको पर्सनल बिहेवियर, पर्सनल इन्टेस्ट सबै हेर्दा उहाँमा लिडरसिप गर्ने क्षमताको अभाव देखिन्छ। लिडरसिपका केही क्वालिटी हुन्छन्, त्यसमा उहाँको पुगेको देखिएन,’ खनालले भने, ‘आफूलाई सबैले समर्थन गर्छन् भनेर मान्छेहरूप्रति तत्कालै इम्प्रेसन बनाउने र सुरुदेखि नै आफूले चाल्न खाजेको यात्राका विषयमा कन्फ्युजन पालेर बस्दा उहाँलाई साथ दिनेहरू छुट्दै गए।’ पछिल्लो झगडाको बीउ वैचारिक-राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि ‘अति विश्वासपात्र’ मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाए। पार्टीको विचार, कार्यदिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधेका छन्। शुक्रबार भट्टराईले यस विषयमा प्रस्ट्याउन पौडेललगायत नेतालाई स्पष्टीकरण सोधेका हुन्। पौडेलले भने बिहीबार नै नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए। पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए। स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा अनपेक्षित आएपछि पौडेल समूह बृहत् राजनीतिक धु्रवीकरणको पक्षमा उभिएको थियो। यसलाई भट्टराईले सुरुमै नकारात्मक रूपमा लिइदिएपछि पौडेलले नयाँ कदम चाल्न लागेको उनको समूहमा अहिले रहेका एक नेताले अन्नपूर्णसँग भने। नयाँ शक्तिभित्र रहेका पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई अहिले लागेको छ-भट्टराईले विगतमा सँगै उनलाई साथ दिएका नेताहरूलाई भुल्दै गए।’ नेता कुमार पौडेलले भने, ‘भट्टराईले इतिहास बिर्सन खोज्नुभयो, कार्यकर्ताको दुःख-सुखमा रमाउने भन्दा नयाँ गर्ने नाममा मात्रै रमाइरहनुभयो, यसले पार्टीभित्र असन्तुष्टि ल्यायो,’ पौडेलले भने । नेता खिमलाल देवकोटा पनि पछिल्लो चरणमा भट्टराईले पूर्वमाओवादीबाट आएका नेता-कार्यकर्तालाई टाढै राखेर जान चाहँदा असन्तुष्टि चुलिएको बताउँछन् । ‘पूर्वमाओवादीबाट आएकाबाटै संगठन चलाउन खोज्ने, संगठन निर्माणमा प्रयोग पनि गर्ने तर यसरी जाँदा नयाँ शक्ति बन्दैन कि भन्ने त्रास पनि पाल्दै जान थालेपछि नेताले पार्टी छाड्दै जान थाले,’ देवकोटाले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE