Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

नयाँ शक्तिमा झन चुलियो विवादः देवेन्द्र पौडेलसहित १५ नेतालाई २४ घण्टे स्पष्टिकरण

\"\"काठमाडौं । पत्रकार सम्मेलन गरी पार्टी बिरुद्ध भ्रामक प्रचार गरेको आरोपमा नयाँ शक्ति पार्टी नेपालले देवेन्द्र पौडेललगायतका १५ जना नेतालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलसहितका १५ जना नेताहरुले पार्टी संयोजक बाबुराम भट्टराईको कार्यशैलीबाट आफूहरु निराश भएको भन्दै पूर्व माओवादीहरुबीच ध्रुविकरण गर्न आहृवान गरेका थिए । पार्टी बैठकमा कुनै फरक मत नराखेको तर, पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्यदिशाबारे भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले २४ घन्टे स्पष्टिकरण सोधेको छ । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भनेका छन्, ‘उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ ।’ पार्टी र असन्तुष्ट नेताहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता भए छलफल गर्न सकिने तर, पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने अवसरवादी सोचलाई सहन नसक्ने भट्टराईले बताएका छन् । डा. भट्टराइद्धारा जारी प्रेस विज्ञप्ति हेर्नुस:
प्रेस वक्तव्य 
 १. नयाँ शक्ति पार्टी, नेपाल, देशमा एक वैकल्पिक वैचारिक, राजनीतिक कार्यक्रमसहित स्थापित अग्रगामी पार्टी हो । वाम–लोकतान्त्रिक मार्गबाट ‘समुन्नत समाजवाद’ हासिल गर्ने यसको प्रष्ट राजनीतिक उद्देश्य छ । ‘५ स’ का रुपमा यसले आफ्नो सिद्धान्त र नीति तथा कार्यक्रमलाई स्पष्ट गरेकै छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको सन्दर्भमा पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय संघीय परिषदको तेस्रो बैठक (श्रावण ११–१३) सम्पन्न गरी यसले आफ्ना समसामयिक विचार, प्रस्ताव, कार्यनीति र कार्यदिशा प्रष्ट गरेकै हो । यी सबै विषयमा व्यापक लोकतान्त्रिक छलफल र बहस पनि भएकै हो ।
 
२. तर मिति २०७४/४/२६ गते काठमाडौंको एउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको छ । उहाँहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराउनुभएको थिएन । बरु पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो । तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु पर्‍यो ? गम्भीर प्रश्न उठेको छ ।
 
३. भरखरै सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको कुरा सही हो । त्यसो हुनुका खास कारणहरु थिए । देशका पुराना पार्टीहरुले निर्वाचन चिन्ह नदिनेदेखि लिएर अनेक प्रकारले षड्यन्त्र र घेरावन्दी गरेका थिए । त्यसका बाबजुद पार्टीले सम्पन्न दुबै चरणको निर्वाचनमा सहभागिता जनाई लोकतन्त्र र आवधिक निर्वाचनप्रतिको आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ । राजनीति भनेको एक माघले जाडो जाने विषय हैन । एउटा चुनावले मात्र राजनीतिका सबै जटिलताहरुको उत्तर दिँदैन । विषम परिस्थितिमा सामना गर्नु परेको एउटा चुनावले मात्र पार्टीको भविष्य निर्धारण पनि गर्दैन । यो कुरा प्रष्ट हुँदा हुँदै अप्ठ्यारो परिस्थितिमा सत्तीसालझैं झनै दृढ भएर उभिनुपर्ने अवस्थामा पार्टी पंक्ति र जनसमुदायमा भ्रम पर्ने गरी उहाँहरुबाट भएका क्रियाकलापबाट पार्टी अत्यन्त गम्भीर बनेको छ । उहाँहरुका यस्ता अवाञ्छित क्रियाकलापबाट प्रभावित नहुन र अविचलित रही पार्टी उद्देश्य, कार्यक्रम र भावनाको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्तिमा आव्हान गरिन्छ ।
 
४. पार्टी संस्थागत रुपमा नै अहिले पनि निरन्तर ध्रुवीकरणका पक्षमा छ । विभिन्न व्यक्ति/व्यक्तित्व, समूह र पार्टीहरुसँग नियमित संवाद तथा ध्रुवीकरणको प्रयास भइरहेकै छ । आगामी निर्वाचनको सामना कसरी गर्ने, कस्तो प्रकारको निर्वाचन समीकरण वा मोर्चाबन्दी गर्ने वा नगर्ने ? यसमा पनि पार्टीव्यापी रुपमा छलफल चलिरहेकै छ । यी सबै विषयमा गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार छ । यी विषयलाई अतिरञ्जित गरी कसैले कुनै अतिरिक्त चिन्ता लिइरहनु पर्ने अवस्था छैन । तर कसैसँग पार्टी एकता र ध्रुवीकरणका नाममा पार्टीले आफ्नो स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न सक्दैन । त्यो गर्नु वाञ्छित पनि हुँदैन ।
 
५. उपरोक्त कारणले गर्दा उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ । पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन । सबैखाले व्यवधान र षड्यन्त्रपूर्ण हर्कतलाई परास्त गर्दै नयाँ शक्ति पार्टी आफ्नो घोषित उद्देश्यमा अविचलित रुपमा अघि बढिरहनेछ ।
 
–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE