Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

श्रम विधेयक २०७४ पारित, औद्योगिक वातावरण बन्ने विश्वास

[caption id=\"attachment_76155\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । व्यवस्थापिका–संसद्को शुक्रबार (आज)को बैठकले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले पेस गर्नुभएको उक्त विधेयकलाई आज पारित गरेको हो । श्रम ऐन, २०४८ लाई एकीकरण र संशोधन गर्न आएको विधेयक समय सापेक्ष र व्यावहारिक रहेको, सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको समान ज्यालाको व्यवस्था गरेको, सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको तथा सरकारले व्यवस्था गरेको अन्य सेवा तथा शर्तको व्यवस्था गरेको भन्दै विधेयक श्रमिकमैत्री रहेको सांसदहरुको भनाइ थियो । धेरै वर्षको प्रतिक्षापछि विधेयक आएको भन्दै उनीहरुले टे«ड युनियन, रोजगारदाता र सरकारका प्रतिनिधि बसेर ल्याइएको ऐन विगतको भन्दा प्रगतिशील रहेको विश्वास व्यक्त गरे । यो ऐन कार्यान्वयनमा आएपछि सुमधुर श्रम सम्बन्ध विकास हुने र औद्योगिक वातावरण बन्ने भन्दै उनीहरुले सामाजिक सुरक्षा ऐनसँग जोडिएकाले पनि ऐन प्रभावकारी रहेको धारणा राखे । यस्तै विधयेकले मजदुर र रोजगारदाताबीचको समबन्धको विषयमा प्रष्ट नभएको भन्दै केही सांसदले रोजगारदाताले चाहेको सम्बन्धमा बर्खास्त गर्न पाउने भन्ने व्यवस्था गलत रहेको भन्दै सच्याउनुपर्ने बताए । बैठकमा सांसदहरुले श्रमिकको अधिकार कटौती गरिएको, श्रमिकलाई अधिकार सम्पन्न गराउने तर्फ ध्यान नदिइएको भन्दै गुनासो गरेका थिए । निजामती कर्मचारीमा पार्टीपिच्छे युनियन खडा गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई खारेज गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा थियो । कानून कहिल्यै पूर्ण नहुने भन्दै केही सांसदले भने समयसापेक्ष सुधार गरेर जानुपर्ने र श्रमिकमैत्री बनाउनुपर्ने, कार्यान्वयनमा जाँदा केही समस्या आए सुधार गर्नेतर्फ जानुपर्ने बताए । यस्तै नयाँ विधेयकले श्रमसम्बन्धी विषयमा सरकारलाई परामर्श दिन श्रम सल्लाहकार समिति गठन गर्ने व्यवस्था गरिएको छ । सो समितिमा श्रम तथा रोजगार मन्त्री अध्यक्ष अर्थ, श्रम तथा रोजगार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, उद्योग, स्वास्थ्य मन्त्रालयका सचिव सदस्य, श्रम विभागका महानिर्देशक, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, व्यावसायिक सीप विकास तालिम केन्द्रका कार्यकारी निर्देशक सदस्य रहनेछन् । भने रोजगारदातामध्येबाट दुई महिलासहित पाँच यस्तै टे«ड युनियन महासंघ मध्येबाट मन्त्रालयले तोकेबमोजिम कम्तीमा दुई महिलासहित पाँचजना सदस्य र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । विधेयकमा सम्बन्धमा सांसदहरु पुस्कर आचार्य, रामनारायण बिडारी, मीना पुन, राधादेवी तिमिल्सिनाले आ–आफ्नो धारणा राख्नुभएको थियो । मन्त्री मन्सुरले सहज श्रमसम्बन्धी वातावरण बनाउन सरकारले यस ऐन ल्याएको भन्दै उनले नयाँ ऐनको कार्यान्वयनपछि श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्धको विकास हुने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE