Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

अशोक राईको दाबीः २ नम्बर प्रदेशमा सबैभन्दा बढि सिट फोरमले जित्छ

\"\"महोत्तरी । संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले प्रदेश नं २ मा सबैको सक्रिय सहभागितामा स्थानीय तहको तेस्रो चरणको चुनाव हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि महोत्तरीको जलेश्वरमा आउनुभएका नेता राईले पत्रकार भेटघाटका क्रममा आज प्रदेश नं २ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका साथै मधेशवादी दलसहितको सक्रिय सहभागितामा चुनाव हुनमा जोड दिएका छन् । उनले मधेशवादी दल संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकका साथै राष्ट्रिय जनता पार्टी नेपालसहितको सहभागितामा चुनाव हुनेमा विश्वस्त रहन आग्रह गरे । नेता राईले तथा मधेश र मधेशीको हक अधिकारकै लागि भए पनि राजपा चुनावबाट बाहिर नरहने चर्चा गरे । उनले राजपाको अधिकतम माग पूरा गर्न सरकार तयार भएको र राजपाले आफूहरुसँग पनि चुनावमा जाने पक्का भएको भन्दै तेस्रो चरणको चुनावमा राजपा पनि सहभागी हुनेमा कुनै दुविधा नराख्न सुझाव दिए । पत्रकारहरुको एक प्रश्नको जवाफमा नेता राईले आफ्नो पार्टीले दोस्रो चरणको चुनावमा व्यापक प्रचारप्रसार गर्न नसक्दा अपेक्षा गरेको जति नतिजा नआएको बताउँदै तेस्रो चरणको चुनावका लागि आफ्ना कार्यकर्तालाई सक्रिय भएर चुनावी तयारीमा लाग्न सल्लाह दिए । उनले यसपटकको चुनावमा आफ्नो पार्टीले अधिकतम स्थान जित्ने दाबी गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE